Thursday, August 6th, 2020
खेलकुद

खेलकुद

– इंग्ल्यान्डले दोस्रो वान डेमा शनिबार आयरल्यान्डलाई चार विकेटले हरायो र सिरिजमा निर्णायक २–० को अग्रता पनि लिएको छ । तर यो जितका लागि इंग्ल्यान्डले संघर्ष भने गर्नु परेको थियो ।

– युभेन्ट्सले इटालीको सिरी ए मा शनिबार लगातार दोस्रो हार बेहोरेको छ । सिजनको आफ्नो अन्तिम लिग खेलमा क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्ट्स रोमासँग ३–१ ले पराजित भएको हो ।

– कप्तान पिएरे एमरिक अबामयाङको दुई गोलको मद्दतले आर्सनलले १० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गर्दै शनिबार एफएकप जितेको छ । आर्सनलले एफएकप जितेको यो कीर्तिमान १४ औं पल्ट हो ।

– नेपाली खेलाडीले अनलाइन चेस ओलम्पियाडमा राम्रो सुरुआत गरेका छन् । शुक्रबार पहिलो चरणको खेलमा तान्जानियामाथि ४–२ को जित हासिल गरेका छन् । दोस्रो चरणको खेलमा बहराइनविरुद्ध पनि त्यही जितलाई दोहोर्याएका छन् ।

– नेपाली कांग्रेसले शुक्रबार १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण पदक जितेका नेपाली खेलाडीलाई सम्मान गरेको छ । कांग्रेसको केन्द्रीय खेलकुद विभागले मंसिर १५ देखि २४ सम्म नेपालमै आयोजना भएको सागमा ५१ स्वर्ण जित्ने ७६ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले खेलाडीलाई सम्मान गरे । एक स्वर्ण जित्नेले १० हजार, २ स्वर्ण जित्नेले १५ हजार र ४ स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए । पुरस्कार समारोहमा गौरिकासहित आधाजसो खेलाडी उपस्थित थिएनन् ।

– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा ६ सदस्य मनोनीत भएका छन्। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेल विज्ञ, प्रशिक्षक, प्राविधिक र एन्टिडोपिङ विज्ञका रूपमा ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन्।

– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ ।
गएराति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि जितेको हो । लिग कपको फाइनल खेल गोलरहित बराबरीमा सकिएको थियो । सुरुवातको १० वटा पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com