Thursday, August 6th, 2020
सफलताका १० सूत्रहरू

सफलताका १० सूत्रहरू

सफल हुनु चानचुने कुरा होइन । यसका लागि धेरै संघर्ष गर्नुका साथै मेहनत पनि गर्नुपर्छ । त्यसैले त सफल हुनका लागि थुप्रै टिप्सहरु दिने गरिन्छ । यस्तै सफलताका १० सुत्रहरुका बारेमा केही जानी राखौ ।

१. खतरासँग नडराउनुहोस्

यदि तापाई आफ्नो काममा सफलता चाहानुुहुन्छ भने अलिकति खतरा मोल्नु आवश्यक हुन्छ । कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस् र त्यसमा दत्त चित्त भएर लाग्नुहोस् । जसले तपाईलाई राम्रो परिणाम दिने सम्भावना धेरै हुन्छ । तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोस् कि जहाँ बाट तपाईँ बाहिर आउन सम्भवै छैन वा धेरै मुस्किल छ ।

२. सँधै उचाईमा पुग्ने इच्छा पाल्नुहोस्

उदेश्य के लिनु उडी छुनु चन्द्र एक भने झैँ सधैँ उचाइमा पुग्ने आकांक्षा राख्नुहोस् र सकेसम्म आफूलाई उचाइमा पुर्याउने कोसिस गर्नुहोस् साथै आफ्नो चाहना अनुरूपको र त्यही स्तरको काम गर्दै जानुहोस् ।

३. सुखी रहने कोशिस गर्नुहोस्

आफूले चाहेको चिज नपाएमा पनि आफूलाई दुखी वा केही गर्न नसक्ने मानिसको रूपमा कहिल्यै नउभ्याउनुहोस् । आफूले गरेको मेहनत र पाएको फलमा सधैँ सन्तुष्ट हुन सिक्नुहोस् , तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस् ।

४. लक्ष्य निर्धारण गर्नुहोस्

म के गर्दै छु र के गर्न चाहन्छु भन्ने कुरामा तपाईँ सधैँ स्पष्ट हुनुहोस् । आफूले गर्न लागेको काम कसरी गर्नुपर्छ, कति समय लाग्छ आदि कुराको स्पष्ट जानकारी र विवरण तयार पारेर मात्र काम सुरु गर्नुहोस् ।

५. आफ्ना लक्ष्क्ष्यमा ढउण रहनुहोस्

आफूले के गर्न चाहेको हो त्यो कुरामा आफू बलियो रूपमा प्रस्तुत भएमा मात्र कुनै पनि काम सम्पन्न हुन्छ । त्यसैले जे गर्न चाहानुभएको छ त्यो कुरामा अडिग रहनुहोस् र जे जस्तो दुख आइपरे पनि त्यसलाई सम्पन्न गर्न सक्छु भन्ने मानसिकता बनाउनुहोस् ।

६. स्वास्थ्य प्रति ध्यान दिनुहोस्

हाम्रो शरीर स्वस्थ छ भने मात्र हामीले सोचे जस्तो तरीकाले काम गर्न सक्छौ । त्यसैले सबै भन्दा पहिले आफ्नो शरीर र स्वास्थ्य प्रति विशेष ध्यान दिनुहोस् । यसको लागी नियमित व्यायाम गर्ने स्वस्थ खानपानमा ध्यान दिनुुहोस् ।

७. सँधै सिक्ने प्रयास गर्नुहोस्

आफूले नजानेका कुरा सिक्न कहिल्यै लाज र नमान्नुहोस् । जति आफूमा त्यो काम प्रति ज्ञान बढेर जान्छ त्यति नै काम गर्न र लक्ष्य पाउन सहज हुन्छ । त्यसैले आफूलाई जहिले पनि ज्ञानको भोको मानिसको रूपमा प्रस्तुत गर्नुहोस् ।

८. एकताबद्ध हुन सिक्नुहोस्

कुनै कामहरू यस्ता पनि हुन्छन् ,जुन एक्लै गर्नु भन्दा साथी वा परिवार सँग मिलेर सफलता पूर्वक सम्पन्न गर्न सकिन्छ । त्यसैले जहिले पनि एकतामा विश्वास गर्नुहोस् । एकताको बल सधैँ
बलियो हुन्छ ।

९. आराम गर्नुहोस्

सधैँ काममा मात्र ध्यान नदिनुहोस् । कहिलेकाहीँ आराम वा मनोरञ्जनात्मक चिजहरूमा पनि आफ्नो उपस्थिति जनाउनुहोस् जसले गर्दा तपाईँको मश्तिष्कमा बोझ नपरोस् र तपाई सधैँ आफूलाई फुर्तिलो महसुस गर्नसक्नुहोस् ।

१०. असम्भव केही पनि छैन

संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस् । तपाईँ आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनि पुरा गर्न सक्नुहुन्छ । अरूलाई असम्भव लागेका कुराहरू तपाईले पनि गर्न सक्नुहुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com