Thursday, August 6th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका कंगना रनावत निरन्तर मिडियामा छाइरहेकी छिन् । कंगनाले सुशान्तले आत्महत्या गरेको नभई उनको योजनावद्ध रुपमा हत्या गरिएको आरोप लगाउँदै आएकी छिन् । यसैविच, भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कसैसँग प्रमाण भएको खण्डमा ल्याएर दिन आग्रह गरेका थिए । यो मुद्दा छानविनका लागि मुम्बई प्रहरी असक्षम नभएको उनको तर्क थियो । मुख्यमन्त्रीको यो भनाइपछि कंगना उनीमाथि भड्किएकी छिन् । कंगनाको टिमले शनिबार ३ ट्विट गरेको छ । नायिका कंगना रनावतले आफ्नो घरको वरिपरी ३ पटक गोली पड्किएको पनि उल्लेख गरेकी छिन् । आफूलाई धम्की दिनका लागि कसैले गोली पड्काएको हुन सक्ने उनको आशंका छ ।

– गायक प्रकाश सपुतले ‘बदला बरिलै’ बोलको गीत सार्वजनिक गरेका छन् । देवी घर्तीको आवाजमा समावेश यो गीतमा प्रकाशको शब्द तथा संगीत छ । यो गीतले विशेषगरि, समाजमा बढ्दो बलात्कारको घटनाविरुद्ध आवाज बोलेको छ । तर, गीतका शब्द, देवीको स्वर र यसको संगीत निकै नै मर्मस्पर्शी छ । यसले, प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा नयाँ उचाई प्रदान गर्ने निश्चित छ । नायिका केकी अधिकारीले ३ घन्टाको चलचित्रमा चित्रित गर्ने आफ्नो अभिनयलाई १५ मिनेटको भिडियोमा नै सशक्त पाराले प्रस्तुत गरेकी छिन् । ध्रुव कोइरालाको नेगिटिभ अभिनयले पनि दर्शकको मन जित्छ ।

– दिपा लामा र तेम्बा शेर्पाको आवाजमा समावेश ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा नायक दयाहाङ राईको साथमा मोडल निरञ्जली लामा, क्षितिज सुवेदीको अभिनय छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन छ । ध्रुवराज पराजुलीको सम्पादन रहेको यो भिडियोमा मिलन चाम्सको निर्देशन छ ।

– कोरोना महामारीका कारण फिल्म क्षेत्र प्रभावित भइरहेको बेला ठूलो पर्दाका नायिकाहरू टेलिफिल्मतिर आकर्षित हुन थालेका छन् । नायिका हर्षिका श्रेष्ठ नयाँ टेलिफिल्म सम्बन्धमा देखिन लागेकी छन् । फिल्मलाई सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरिरहेका छन् । यतिबेला सम्बन्ध छायाङ्कनको क्रममा छ । टेलिफिल्म पारिवारिक कथावस्तुमा आधारित रहेको निर्देशक आचार्यले बताए । जसमा हर्षिकाका अलावा शिशिर राणा, सपना श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुङ्गानाको अभियन रहेको छ ।

– कुसुम गुरुङ र भविन ढुंगानाको स्वर रहेको ‘माकुरी माया’ सार्वजनिक भएको छ । पूर्वेली लोक भाकाको गीतमा संगीत पारस मुकारुङको रहेको छ भने शब्द कवि उपेन्द्र सुब्बाको रहेको छ । कुसुम गुरुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ठेट शब्दहरू रहेको गीतको म्युजिक भिडियोको कोरियोग्राफ तथा निर्देशन आशिष राईले गरेका छन् । फिल्म मेकिङका विद्यार्थीसमेत रहेका राईको निर्देशन रहेको म्युजिक भिडियोमा इमेज लोकस्टारबाट आएका निकेश राई र मोडल बिमला खजुमको अभिनय रहेको छ ।

– आगामी मंगलबार गाईजात्रा दिवस छ। अरू वर्ष भए गाईजात्राको दुई साता पहिल्यै नेपाल प्रज्ञा प्रतिष्ठान अनि राष्ट्रिय नाचघरका हलमा टिकट काटेरै गाईजात्राको सो हेर्नेहरूको लर्को हुन्थ्यो। तर यस वर्ष कोरोना महामारीले लकडाउनका कारण गाईजात्रा युट्युबमा सीमित भएको छ। गाईजात्रा नजिकिँदै गर्दा हास्यव्यंग्यले भरिएका भिडियो सार्वजनिक भइरहेका छन्। यस्तैमा उत्सव केसी र दमन रूपाखेतीको गाईजात्रे झटारो ‘वार कि पार’ सार्वजनिक भएको छ। भिडियोसहित सार्वजनिक झटारोमा राजनेताहरूलाई गाली गरी सुनिदिने मौका दिएको, अबको जिम्मेवारी युवाहरूलाई दिन सुझावलगायतका विषय समेटिएको छ।

– मुम्बइमा रहेकी नायिका निरुता सिंहले नायक भूवन केसी आफ्ना लागि रियल हिरो भएको बताएकी छिन् । निरुताले आफूले सपनाको महानायकसँग डेब्यू चलचित्रमा नै काम गर्न पाउँछु भनेर कहिले नसोचेको पनि उल्लेख गरेकी छिन् । नायिका निरुता सिंहले भूवनले आफू नयाँ कलाकार हुँदा निकै सहयोग गरेको भन्दै उनको प्रशंसा गरेकी छिन् । नायिका सिंहले चलचित्र ‘दक्षिणा’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्, जसमा नायक भूवन केसी थिए । पछिल्लो समयमा नायिका सिंहले नायक केसीले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा अभिनय गरेकी थिइन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com