Sunday, September 20th, 2020
स्वस्थ तथा पौष्टीक गुणले युक्त मुंग दाल

स्वस्थ तथा पौष्टीक गुणले युक्त मुंग दाल

हरेक दालमा आफ्नै पौष्टिक गुण हुन्छ । त्यसो त हरेक दालमा प्रोटीन प्रशस्त मात्रामा पाईन्छ । सबै दालहरु मध्ये मुंग दालको दाललाई स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक मानिन्छ । मुंग दालमा सबै भन्दा कम कोलस्ट्रोल र कम फाइबर पाइन्छ । यो दाल सजिलै पच्छ । यस दालमा कार्बोहाइड्रेट, विभिन्न किसिमका भिटामीन फस्फोरस र खनिज तत्व पाइन्छ, जसले विभिन्न रोगहरुबाट टाढा राख्छ । यो दाल छाला र कपालका लागि पनि फाइदाजनक हुन्छ । कम क्यालोरी तथा उच्च पोषक तत्व भएकाले मुंग दाल शाकाहारी व्यक्तिहरुका लागि उपयुक्त खाद्यपदार्थ हो । यसका अन्य फाइदाहरु यसप्रकार छन् ।

रक्तचाप नियंत्रण गर्छ

मुंगको दालले बोसो नियन्त्रण गर्छ । यसमा म्याग्नेसियम पाइने भएकाले रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ । यसले रगतमा म्याग्नेसियमको स्तरलाई ठिक राख्छ ।

कोलस्ट्रोल रोक्न मद्धत गर्छ

हिजोआज मुटुको रोग सामान्य बन्दै गई रहेको छ । खराब जीवनशैलीका कारण हृदय सँग सम्बन्धित रोग हरेक व्यक्तिमा देखा पर्न थालेको छ । मुंग दाल सेवन गर्दा शरीरको मेटाबोलिज्म दरमा वृद्धि हुन्छ र पाचन सम्बन्धी समस्या कम हुन्छ । यसले कोलस्ट्रोल कम गर्न मद्धत गर्छ । मुंग दाल सेवन गर्दा मुटुको धमनी र कोशिकामा जम्मा भएको कोलस्ट्रोल कम हुन्छ र रक्तसंचार सही तरीकाले हुन्छ ।

पौष्टीक तत्वले भरिपूर्ण

मुंगको दालमा कपर, जिन्क, फोलेट, म्याग्नीज, पोटाशियम, म्याग्नेसियम आदि भिटामीन पाइन्छ । यसमा प्रोटीन, रेजिस्टेन्ट स्टार्च र डाइट्री फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ । एक कप उसिनेको मुंग दालमा २१२ क्यालोरी, १४ ग्राम प्रोटीन, १५ ग्राम फाइबर, १ ग्राम फ्याट, ४ ग्राम शुगर, ३२१ माइक्रोग्राम फोलेट, ९७ मिलीग्राम क्याल्शियम, ७ मिलीग्राम जिंक, ५५ मिलीग्राम क्याल्शियम हुन्छ । यस बाहेक भिटामीन बी १ वा थियामीन, भिटामीन बी ५ र भिटामीन ६ पनि पाइन्छ ।

क्यान्सरबाट बचाउछ

मुंग दालमा एमिनो एसिड जस्तै पोलीफेनल्स, ओलिगोसेकेराइड्स आदि पनि पाइन्छ । त्यसैले यसको सेवन गर्दा क्यान्सर जस्ता गम्भिर रोगबाट बच्न सकिन्छ । यी सबै तत्वले शरीरमा एन्टी अक्सिडेन्टले जस्तै काम गर्छ । यसबाट सेल म्युटेसनको प्रक्रिया हुन पाउदैन र डिएनए ड्यामेज हुँदैन । यसमा पाइने फ्लेवनोइड्सले शरीरलाई फ्रि रेडिकल्सबाट बचाउछ ।

मधुमेहबाट बचाउछ

विभिन्न अध्ययनहरुबाट पत्ता लागेको छ कि मुंग दालको सेवनबाट टाइप टु डाइबिटिजको खतरा केही हद सम्म कम हुन्छ । यसको सेवनले प्लाज्मा सी पेप्टाइड, ब्लड, ग्लूकोज र कोलस्ट्रोल कम हुन्छ । यसबाहेक यसले इन्सुलिनको मात्रामा वृद्धि गर्छ ।

लिवरसँग सम्बन्धित रोगबाट बचाउछ

मुंगमा पाइने प्रोटिनले हड्डी र मांसपेशीलाई पोषण दिनुका साथै यसले लिवरलाई पनि विभिन्न रोगहरुबाट बचाउछ । शाकाहारी व्यक्तिका लागि प्रोटीन सस्तो र राम्रो स्रोत हो । यो दाल सेवन गर्दा लिवर ड्यामेज हुने आशंका कम हुन्छ ।

पचाउन सजिलो

मुंग दालमा पाइने प्रोटीन सजिलै टुक्रिन्छ जसबाट पाचन क्रियामा धेरै बल पर्दैन । त्यसैले पेट सम्बन्धी समस्या हुँदा तथा रोगीलाई मुंग दाल सेवन गराउनु उपयुक्त हुन्छ ।

रगत सफा गर्छ

मुंगको दाल रगत सफा गर्न मद्धत गर्छ । यसले छाला तथा कपालमा पनि निखार ल्याउन मद्धत गर्छ । यदि तपाईको कपाल झर्छ भने उमारेको मुंग दाल एक बटुका बिहान सेवन गर्नुहोस् । यसबाट कपालले पोषण प्राप्त गर्नुका साथै अनुहारमा पनि निखार आउनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com