Sunday, September 20th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– दूरसञ्चार सेवा प्रदायक एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । गत सोमबार एनसेललाई कम्पनी रजिष्ट्ररको कार्यालयले नाम परिवर्तन गरेर पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति दिएको हो । अब ‘एनसेल प्रालि’ को नममा सेवा दिँदै आएको अब ‘एनसेल आजियाटा लिमिटेड’को रुपमा रहनेछ । यो सँगै अब एनसेलले सर्वसाधारणलाई सेयर जारी गर्ने बाटो खुलेको छ । लाभकर विवाद सल्टाएको एनसेल अब आईपीओ जारी गर्ने योजनामा छ ।

– वैदेशिक सहायतामा सञ्चालित कृषिका कार्यक्रम प्रभावहीन पाइएको छ । वैदेशिक सहायताबाट नेपालमा आठ कार्यक्रम सञ्चालनमा छन् । तिनमा ७५ प्रतिशत आयोजना सन्तोषजनक नरहेको सरकारी तथ्यांकले देखाएको छ ।

– सामसङले आफ्नो उत्पादन ग्यालेक्सी ‘एस २० प्लस’ र ‘एस २०’ मा क्यासब्याकको अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले ग्यालेक्सी ‘एस २० प्लस’ र ‘एस २०’ खरिदमा तत्काल क्यासब्याक प्राप्त गर्नेछन् । योजनाअनुसार एस २० प्लसमा २२ हजार रुपैयाँ र एस २० मा १९ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफरअन्तर्गत ग्राहकले अब १ लाख ४ हजार ९ सय ९९ रुपैयाँमा एस २० प्लस र ९४ हजार रुपैयाँमा एस २० खरिद गर्न सक्छन् । यसअघि ग्यालेक्सी एस २० प्लसको मूल्य १ लाख २६ हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी एस २० को मूल्य १ लाख १३ हजार ९ सय ९९ रुपैयाँ थियो । यो योजना अगस्ट १ देखि सीमित अवधिका लागि लागू रहने कम्पनीले जनाएको छ ।

– बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो ।

– भारतमा ६ महिनाभन्दा बढी समय रोजगारी गर्ने नेपालीसहित विश्वभर वैदेशिक रोजगारीमा ३२ लाख १० हजार ८ सय ४८ जना नेपाली नागरिक रहेको सरकारी तथ्यांकले देखाएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीको यकिन तथ्यांक सरकारसँग थिएन । विश्वभर ११३ वटा मुलुकमा सरकारी निकायमार्फत गरिएको औपचारिक सर्वेक्षणबाट यो तथ्यांक प्राप्त भएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

– नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष ८२.२९ प्रतिशत भौतिक प्रगति गरेको छ। प्राधिकरणअन्तर्गत सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले आव २०७६/७७ मा यस्तो प्रगति हासिल गरेका हुन्। यस्तै प्राधिकरणले ८१.२३ प्रतिशत वित्ताीय प्रगति हासिल गरेको छ।

– सरकारले हेजिङसम्बन्धी नियमावली ६ महिनामै पुनः संशोधनको तयारी गरेको छ। पहिलो संशोधन भएको ६ महिना नबित्दै फेरि संशोधन गर्न लागिएको हो। संशोधनमार्फत वैदेशिक लगानीका परियोजनाका लागि हेजिङ सुविधा दिने जिम्मेवारीबाट राष्ट्र बैंकलाई पन्छाइने छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com