Tuesday, September 22nd, 2020
संसारको सबैभन्दा ठुलो रिटेल कम्पनी ‘वालमार्ट’

संसारको सबैभन्दा ठुलो रिटेल कम्पनी ‘वालमार्ट’

सफल व्यक्तिहरू कुनै नयाँ काम गर्दैनन् , उनीहरू पुरानै कामलाई नयाँ तरिकाले गर्छन् । यो उक्ति सुन्दा सा¥है राम्रो लाग्छ । यसको सबैभन्दा राम्रो उदाहरण हुन् वालमार्टका फाउन्डर सैम वाल्टन । उनले संसारको किनमेलको तरिका नै परिवर्तन गरी दिए । संसारको सबैभन्दा ठुलो रिटेल कम्पनी वालमार्टलाई आजको गन्तव्य सम्म पु¥याउने वाल्टनले आफ्नो करियरको सुरुवात् सेल्स ट्रेनीबाट गरेका थिए । हाल उनको कम्पनीको मूल्य लगभग ५०० अरब डलर छ र यसले संसारका २८ वटा देशहरूमा १२ हजार वटा रिटेल स्टोर खोली सकेको छ ।

सैम वाल्टनको परिचय

सन् १९१८ मा सैम वाल्टनको जन्म एउटा मध्यमवर्गीय परिवारमा अमेरिकाको ओक्लाहामामा भएको थियो । कलेज पढ्दै गर्दा नै उनको सम्बन्ध रिटेल सेक्टरसँग गासिएको थियो । जे सी पेन्नी नामको कम्पनीबाट उनले आफ्नो करिअर सेल्स ट्रेनीको रूपमा सुरु गरेका थिए । यस क्रममा वाल्टनले आफ्नो पुरा ध्यान ग्राहकको सेवामा दिए र यही कुरा पछि उनले वालमार्टमा लागू गरे । उनको मूल मन्त्र ग्राहकको सेवा तथा कम मुनाफाका साथ बिक्री थियो । सन् १९४२ मा उनी सेल्स ट्रेनीको जागिर छोडेर ३ वर्षका लागि सेनामा भर्ना भए । सेनाबाट कमाएको ५ हजार डलर र आफन्तसँग सरसापट लिई वाल्टनले न्युपोर्ट अर्कान्सेसमा बेन फ्रेंकलिन स्टोरको फ्रेन्चाइजी लिए । त्यहाँ पनि उनको मूल मन्त्र अन्य स्टोरको भन्दा कम मूल्यमा बढी सेवा दिई स्टोर चलाउनु थियो । अरूले वाल्टनको यो सेवामा खासै फाइदा देखेनन् । तर बिस्तारै वाल्टनको मुनाफा बढ्दै गयो र उनले वरिपरिका अन्य स्टेटमा रहेको बेन फ्रेंकलिनको फ्रेन्चाइजी पनि किने । तर पछि उनले आफ्नै स्टोर खोल्ने निर्णय गरे ।

वलमार्टको सुरुवात्

सन् १९५० मा एउटा शान्त र बेग्लै स्थानको खोजीमा वाल्टन न्यूपोर्टबाट बेंटोनविल पुगे । त्यहाँ उनले ९९ वर्षका लागि जग्गा भाडामा लिए र सैम एण्ड सैम १० नामले स्टोर खोले । सन् १९६० सम्ममा उनले एक पछि अर्को गर्दै १५ वटा पसल खोले । त्यसपछि त त्यहाँ एकै पटक थुप्रै कम्पनीले आफ्नो स्टोर खोले । सन् १९६२ मा रोजर्स, अर्कान्सेसमा वाल्टनले पहिलो वालमार्ट किने । त्यस बेला उनको उमेर ४४ वर्ष थियो । सन् १९६७ सम्ममा वाल्टनले २४ वटा स्टोर खोले । तर अब संसारको रिटेल सेक्टरमा राज गर्नका लागि उनले केही नयाँ गर्नुपर्ने आवश्यकता थियो । सन् १९७० मा कम्पनी पब्लिक लिमिटेड कम्पनी बन्यो र १९७२ मा न्युयोर्क स्टक एक्सचेन्ज को सूचीमा प¥यो । कम्पनीले आफ्नो पुरानो विचार कायमै राख्यो । कम मूल्यमा सप्लायर्स सँग बढी सामान किन्ने र त्यो कम मुनाफामा बेच्ने साथै वर्षै पिच्छे नयाँ स्टोर खोल्ने । कम्पनीको यसै विचारका कारण अरू रिटेल कम्पनीहरू सानो भए ।

९० को दशकमा वालमार्टले आफ्नो स्टोर अन्य देशहरूमा पनि खोल्न सुरु ग¥यो । सन् १९९१ म कम्पनीले एउटा मेक्सिकन रिटेल कम्पनीको मद्धतले अमेरिका बाहिर पाइला टेक्यो । हाल संसारका २८ वटा देशहरूमा कम्पनीको स्टोर चलिरहेको छ । उनको योगदानको कदर गर्दै सन् १९९२ मा अमेरिकी राष्ट्रपति बुसले उनलाई ‘मेडल अफ फ्रिडम’ पुरस्कारले सम्मानित गरेका थिए । त्यसको ६ महिना पछि ७४ वर्षको उमेरमा उनको निधन भयो । हुनत वाल्टनले रिटेल सेक्टरको सुरुवात गरेका थिएनन् । तर त्यसको तरिकामा परिवर्तन गरेर फाइदाजनक बनाएका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com