Tuesday, September 22nd, 2020
अतीत नबिर्सिनुहोस् (प्रेरक कथा)

अतीत नबिर्सिनुहोस् (प्रेरक कथा)

बिल गेट्स संसारका सर्वश्रेष्ठ धनी व्यक्तिहरूमा पर्छन् । एक पटक उनी एउटा होटलमा खाना खान गए । खाना खाई सके पछि उनले बिल मगाए । उनले बिल तिर्दा वाटरलाई १० डलर टिप्स दिए किनकि उनलाई होटलको सेवा मन प¥यो । जब उनी होटेलबाट बाहिर निस्किँदै थिए, वेटरले उनलाई अनौठो तरीकाले हेरिरहेको थियो । त्यो देखेर बिल गेट्सलाई अचम्म लाग्यो । उनले वेटरलाई नजिकै बोलाएर सोधे ‘तिमी किन मलाई यसरी हेरी रहेका छौ ?’ वेटरले भन्यो, ‘सर केही दिन अगाडि तपाईकी छोरी पनि यस होटेलमा खाना खान आएकी थिइन् । उनले मलाई १०० डलर टिप्स दिएकी थिइन् । तर तपाईले यस संसारको सबैभन्दा धनी व्यक्ति भएर पनि १० डलर मात्र टिप्स दिनु भयो ।’

वेटरको कुरा सुनेर बिल गेट्स हाँस्न थाले । उनले वेटरसँग भने, ‘उ संसारकी सबै भन्दा धनी व्यक्तिको छोरी हो, तर म एउटा गरिब व्यक्तिको छोरा हो । मलाई मेरो अतीत राम्रो सँग याद छ किनकि यो नै मेरो मार्ग दर्शक हो र म यो कहिल्यै बिर्सिन्न ।’

शिक्षाः जीवनमा तपाई जति सुकै सफल भए पनि तपाई पहिला कहाँ हुनुहुन्थ्यो भन्ने कुरा नबिर्सिनुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com