Sunday, September 20th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बलिउड अभिनेत्री कंगना रनौतको कार्यालय डोजर चलाएर भत्काइएको छ । महाराष्ट्र सरकारसँग कंगनाको विवाद चलिरहँदा यस्तो घटना भएको हो । कंगनाले उक्त भवन अवैध रुपमा बनाएको कारण देखाउँदै बृहन्मुम्बई महानगरपालिकाले डोजर प्रयोग गरी कार्यालय भत्काइदिएको हो । महानगरले यसअघि नै २४ घन्टे अल्टिमेटमसहित बीएमसीले नोटिस टाँसेको थियो । कंगना भने मुम्बइ पुग्नुअघि नै उनको कार्यालय भत्काइएको हो । कंगनाले यस घटनाको विरोध गर्दै ट्वीटरमा समेत लेखेकी छन् ।

– नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुने पक्का भएको केही महिना भैसक्यो । तर, चलचित्र रिलिज कहिले हुन्छ भन्ने पक्का गरिएको थिएन । तर, अब भने यसको निर्माणपक्षले चलचित्रको रिलिज मिति फाइनल गरेको छ । नायक अक्षय कुमारले ट्विट गर्दै चलचित्रलाई नोभेम्बर ९ मा रिलिज गर्ने जानकारी दिएका छन् । साथै, चलचित्रको टिजर पनि सार्वजनिक गरिएको छ ।

– सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ। सोमबार भर्चुअल प्रेस मिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गरेको हो। सार्वजनिक लाइनअपअनुसार यो फिल्म बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको हो।

– गायक सुनिल थापा मगरको ‘तिमी भित्र’बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार डी।पी। खनालको शब्द र विनय कार्कीको संगीत रहेको गीतमा गायिका सोभा तामाङको स्वर रहेको छ। सुनिलकै अभिनय रहेको भिडियोमा सुस्मिता खड्काले साथ दिएकी छिन्।

– बीजेपी सांसद तथा बलिउड नायिका हेमा मालिनीले केही दिन अगाडि लोकसभामा कलाकार तथा सांसद जया बच्चनले दिएको अभिव्यक्तिको समर्थन गरेकी छिन् । केही समयदेखि बलिउडको छवि धुमिलो बनाउनका लागि केही कलाकार नै लागिपरेको भन्दै जयाले बलिउड यस्तो नभएको बताएकी थिइन् । सो कुराको समर्थन गर्दै हेमाले बलिउडलाई लिएर जे जस्ता कुराहरु भैरहेका छन्, यो सबै आश्चर्यलाग्दो भएको र बलिउड सुन्दर ठाउँ भएको बताएकी छिन् ।

– गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने भएको छ । फिल्मलाई म्याडोनाले नै निर्देशन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हालै युनिभर्सल पिक्चर्सले म्याडोनाको निर्देशनमा ुपप स्टारुमाथि फिल्म घोषणा गरेको थियो । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । चलचित्रमा न्युयोर्कको सुकुम्बासी बस्तीदेखि ‘ग्लोबल स्टारडम’ सम्मको यात्रा समेटिने बताइएको छ ।

– नायक प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुन बाँकी छ । उनै, प्रदिपले अर्को चलचित्र ‘हुतुतु’मा पनि काम गर्दैछन् । तर, उनले ‘हुतुतु’ भन्दा अगाडि काम गर्ने गरि एक नयाँ चलचित्र साइन गरेका छन् । निर्देशक दिनेश राउतले निर्देशन गर्ने सामाजिक कथाको एक चलचित्रमा काम गर्ने तयारी प्रदिपको छ । यो चलचित्रका लागि प्रदिपले २० लाख पारिश्रमिक वुझेका छन् । तर, निर्माणपक्षले यो बिषयमा केही पनि बताएको छैन ।

– नायिका कियरा अडवानी अभिनित चलचित्र ‘इन्दु कि जवानी’ अक्टुबरमा रिलिज गर्ने घोषणा यसका निर्माताले गरेका छन् । आउँदो महिना हलमै चलचित्र रिलिज गर्ने घोषणा निर्माताले गरेसँगै बलिउडको माहोल तातिएको छ । चलचित्र नै नभएको अवस्था र लामो समयदेखि हलमा जान नपाएका दर्शकको उत्सुकतालाई ध्यानमा राख्दै कियरा अभिनित चलचित्रका निर्माताले फाइदा उठाउन खोजेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com