Sunday, September 20th, 2020
माग्ने (प्रेरक कथा)

माग्ने (प्रेरक कथा)

एउटा गाउँमा एकजना धनी महिला बस्थिन् । एकदिन एक महिला माग्दै ती धनी महिलाको घरमा आइन् र भिक्षा माग्दै दिदि मलाई केहि पैसा दिनुहोस्, म सँग खानेकुरा केहि पनि छैन र मेरा बच्चाहरु पनि भोकै छन् भनि मागिन् । त्यो सुनेर ती धनी महिलाले भनिन् मेरो घरमा जुठो भाँडा छ, त्यो माझी देउ अनि म तिमीलाई खानेकुरा दिन्छु ।’ त्यस पछि ति माग्ने महिलाले भाँडा माझिन् र खानेकुरा लिएर गइन् । अर्को दिन फेरि ती माग्ने महिला आइन् र भनिन् ‘दिदि म सँग लगाउने लुगा छैन, केहि दिनुहोस् न । त्यसपछि ति धनी महिलाले भनिन् भित्र केहि मैला लुगाहरु छन् त्यो धोइदेउ अनि म तिमीलाई कपडा दिन्छु, ती माग्ने महिलाले लुगा धोइ दिएर लगाउने लुगा लिएर गइन् । त्यस पछिका दिनहरुमा ती माग्ने महिला दिनहुँ धनी महिलाकोमा जान्थीन् र केहि काम गरेपछि मात्र केहि पाउँथीन् । एकदिन ति माग्ने महिलाले सोधीन् दिदी तपाईको घरमा थुप्रै नोकरहरु छन् । तर पनि किन तपाई मलाई काम लगाउनु हुन्छ । त्यसपछि धनी महिलाले भनिन् ।

मैले तिमीलाई काम लगाउनुको अर्थ तिमीलाई तिम्रो मेहनतको कमाई मिलोस् भिक्षा होइन, त्यसैले तिमीलाई काम लगाएको हो । त्यो कुरा सुनेर ती माग्ने महिलाको विचार परिवर्तन भयो । त्यसपछिका दिनहरुमा उनले माग्न छोडी मेहनत गर्न थालिन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com