Sunday, September 20th, 2020
साधारण विचारबाट करोडपति बन्न सफल ‘केंन्ड्रा स्कट’

साधारण विचारबाट करोडपति बन्न सफल ‘केंन्ड्रा स्कट’

कहिलेकाही एउटा सानो विचारले पनि हामीलाई कहाँ बाट कहाँ लैजाने सामथ्र्य राख्छ । यस्तै आज हामी एक साधारण महिलाका बारेमा बताउन गई रहेका छौ गर्भावस्थाको अन्तिम दिनहरूमा केंन्ड्रा स्कटलाई आराम गर्न भनिएको थियो । त्यसैबेला उनलाई कुनै व्यवसाय गर्ने विचार आयो । शिशुको जन्म हुनु भन्दा अघि उनले कोठामा आराम गर्न‘का साथै ज्वेलरी डिजाइन गर्न सुरु गरिन् । त्यति बेला उनी २८ वर्षकी थिइन् र उनको हातमा मात्र ५०० डलर थियो । छोरा जन्मे पछि उनले डिजाइन तयार गरिन् र बच्चालाई बेल्टले ढाडमा बाँधेर नमुना लिएर घर बाहिर बेच्न निस्किइन् । उनी घर घर पुगिन् र पहिलो दिन नै सबै सामान बेचिन् । त्यहीबाट उनको व्यसायको सुरुवात भयो ।

आज उनको नाममा केंन्ड्रा स्कट डिजाइन नामको कम्पनी छ, जुन एक अरब डलरको भइसकेको छ भने उनको निजी सम्पत्ति लगभग ५०० डलर भइसकेको छ । सन् २०१७ मा फोब्र्स म्याग्जीनले उनलाई सबैभन्दा धनी महिलाहरूको सुचीमा गायिका टेलर स्विफ्ट र बियोन्से भन्दा माथि ३६ औ नम्बरमा राखेको थियो ।

स्कटको जन्म विस्कान्सनमा भएको थियो । उनले युनिवर्सिटीको पढाई बिचमै छोडेकी थिइन् । त्यसको लगभग एक दशक पछि उनले आफ्नो व्यवसाय फिजाइन् । उनको मनमा गहना बेच्ने विचार त्यति बेला आयो, जब उनले पाइन् कि बजारमा राम्रा गहनाहरूको मूल्यमा ठुलो अन्तर छ । बजारमा या त धेरै महँगो गहना पाइन्थ्यो या त धेरै घटिया गहना पाइन्थ्यो । उनले बिचको गहना बेच्ने निर्णय गरिन् । यसका लागि उनले मणि वा स्टोनको राम्रो गुणस्तरको गहना बनाउने प्रयास गरिन् । यस्तो हुँदा महिलाहरूले केही सस्तोमा गुणस्तरीय गहना किन्न पाए । केंड्राका अनुसार महिला जति सुकै धनी भए पनि केही फरक पर्दैन किनकि सबै महिलाहरू सुन्दर देखिन चाहन्छन् ।

सुरुवात्मा उनले गहना थोक मूल्यमा मात्र बेचिन् । उनले आफ्नै पसल खोज्नुको सट्टा अन्य पसलहरूमा सप्लाई गरिन् । उनको व्यवसाय बिस्तारै बढ्यो तर कहिल्यै रोकिएन । केंड्राका अनुसार उनको टिममा राम्रा व्यक्तिहरूको आगमनले गर्दा पनि उनलाई निकै साहस आयो । उनको पुरा ध्यान अनुभवी मानिसहरूको टिम बनाउनमा थियो । यस बिचमा दोस्रो सन्तानको जन्म पछि उनको डिभोर्स भयो ।

सन् २०१० मा उनको कम्पनी खुद्रा कम्पनीमा परिणत भयो । उनले आफ्नो पहिलो शाखा ओस्टिनमा खोलिन् । उनको स्टोर अरूको भन्दा फरक थियो । आज उनको व्यवसाय अमेरिका भरि फैलिएको छ । उनको हाल ८० वटा खुद्रा स्टोर छ साथै एउटा वेबसाइट पनि छ, जसले विश्व भरि गहना पु¥याउछ । उनको कम्पनीमा हाल २००० कर्मचारी छन् , जसमध्ये ९६ प्रतिशत महिला छन् । हाल उनको कम्पनी स्टक मार्केटमा पनि सूचिबद्ध छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com