Saturday, January 23rd, 2021
खेलकुद

खेलकुद

– लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार एथलेटिक बिलबाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । यससँगै टोली अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

– इटालीको सिरी एमा शीर्ष स्थानमा रहेको एसी मिलानले बुधबार सिजनको पहिलो लिग हार बेहोरेको छ । युभेन्टसले उसलाई सानसिरोमा ३–१ ले हराएको हो ।

– राष्ट्रिय खेलकुद परिषद्को नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० ले नयाँ प्रतिभावान् खेलाडी घोषणा कार्यक्रमअन्तर्गत भलिबलमा २४ खेलाडी छनोट गरेको छ । तिनमा १२–१२ पुरुष र महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् । प्रतिभा र उचाइका आधारमा ५२ खेलाडीमध्येबाट २४ जना छनोट गरिएको भट्टले जानकारी दिए ।

– म्यानचेस्टर सिटीले बुधबार लगातार चौथो पल्ट लिगकपको फाइनल यात्रा तय गरेको छ । उसले म्यानचेस्टर युनाइटेडलाई सजिलै २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

– नेपाल भलिबल संघ (एनभीए)ले दर्ता नगरी संचालन भइरहेका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउन पहल थालेको गरेको छ । नेपालका अधिकांश भलिबल क्लब दर्ता नगरी संचालन भइरहेको पाइएपछि एनभीएले क्लबलाई कानुनी दायरामा ल्याउनका लागि छलफल सुरु गरेको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*