Saturday, January 23rd, 2021
एकताको महत्व (प्रेरक कथा)

एकताको महत्व (प्रेरक कथा)

एकजना गुरुका चेलाहरु जतिखेर पनि आपसमा झगडा गरिरहन्थे । उनीहरु सँधै एक अर्कालाई होच्याउने काम गर्थे । एकदिन गुरुले तीनलाई बोलाए र एउटा कथा सुनाए । ‘एकपटक जंगलमा भैसी र घोडाको झगडा प¥यो, भैसीले सींगले हानेर घोडालाई घाइते बनायो । जब घोडाले महसुस ग¥यो कि उसले भैसीलाई जित्न सक्दैन । त्यसपछि उ त्यहाँ बाट भाग्यो र मान्छे कहाँ पूग्यो ।

घोडाले मान्छेलाई मद्दत माग्यो । मान्छेले भन्यो ‘भैसीको ठूलो ठूलो सिंग हुन्छ , त्यो निकै बलियो छ । म कसरी भैसीलाई जित्न सक्छु ?’ घोडाले भन्यो ‘तँपाई मेरो ढाडमा बस्नुहोस् अनि एउटा ठूलो लठ्ठी बोक्नुहोस् । म दौडिदै गर्छु र तँपाईले भैसीलाई लठ्ठीले कुट्नुहोस् र त्यसलाई बाँध्नुहोस् ।’ मान्छेले भन्यो ‘मैले भैसीलाई बाँधेर के गर्नु ?’ घोडाले भन्यो ‘भैसीले मीठो दूध दिन्छ । तँपाईले त्यसको दूध दुहेर पीउन सक्नु हुन्छ ।’ मान्छेले घोडाको कुरा मान्यो । मान्छेले घोडाको ढाडमा बसी भैसीलाई कुटेर घाइते बनायो र भैसीलाई बाँधेर राख्यो । घोडाले काम सकिएको देखी मान्छे सँग भन्यो ‘अब म पनि जान्छु, मेरो ढाडबाट ओर्लिनुहोस् ।’ घोडाको कुरा सुनेर मान्छे बेस्सरी हाँस्यो र भन्यो ‘म तिमीलाई पनि बाँधेर राख्छु, मलाई थाहा थिएन तिमी मेरो लागि यति उपयोगी छौ । म भैसीको दुध पीउनेछु र तिमी माथि चढेर यात्रा गर्नेछु ।’ घोडाले निकै रोई कराई ग¥यो तर मान्छेले उसको कुरा सुनेन । त्यसपछि घोडाले पछुताउनु बाहेक केही उपाय लगाउन सकेन । कथा सकिए पछि गुरुले भने ‘तिमीहरु दुवैजना यसैगरी एक अर्काको विरुद्धमा षडयन्त्र गरी रहयौ भने एकदिन कुनै तेस्रो आएर तिमीहरुको फाइदा उठाउनेछ । त्यसैले घोडाले भैसी सँग जुन व्यवाहार ग¥यो, त्यस्तै परिणाम तिमीहरुले भोग्न सक्नेछौ । त्यसदिन देखी चेलाहरुले एकताको महत्व बुझी मिलेर बस्न थाले ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*