Saturday, January 23rd, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ । सोमबार बसेको कम्पनीको बैठकले दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक ले बताए ।

– आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले आइतबार ओरालो लागेको सुनको मूल्य सोमबार पुनः ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य लागि प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि प्रतितोदा ४० रुपैयाँले घटेको छ । चाँदीको भाउ सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम गरिएको छ ।

– महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षालाई परादर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव दिएको छ ।

– नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारबाहीको चेतावनी दिएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार गत कात्तिक ७ देखि नेपालमा क्लिन फिड नीति लागू भएको हो । यो नीति कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँदैनन् ।

– कमिसन नबढाएको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क असुल गर्ने निर्णय गरेको छ । कमिसन बडढाउन आयल निगमलाई पटक(पटक आग्रह गरिएपनि कमिसन वृद्धिको निर्णय नगरिएपछि माघ एक गतेबाट लागू हुने गरी उपभोक्ताबाटै प्रतिलिटर ५० पैसाका दरले अतिरिक्त रकम असुल गर्ने निर्णय गरिएको एशोसिएसनले जनाएको छ ।

– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा रहेको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । आयोजनाको प्याकेज-२ अन्तर्गत सिनो हाइड्रो कम्पनीले निर्माण गरिरहेको विद्युतगृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारीे छ ।

– नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनले माणिकरत्न शाक्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । महासंघको विधानमा ५५ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएअनुरूप सबै पदमा निर्विरोध भएका हुन् ।

– नक्कली भ्याट बील बनाई राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले १५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग एक अर्ब ३४ करोड रुपैयाँ बिगो र कैद सजाय मागदाबी पनि गरेको छ ।

– बजेट असन्तुलनका कारण आर्थिक संकटको अवस्थामा पुगेको प्रदेश १ सरकारले मातहतका कार्यालयलाई खर्च कटौती गर्न परिपत्र गरेको छ । कोरोना महामारीका कारण राजस्व संकलन र बाँडफाँट न्यून भएपछि प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च कटौती गर्न परिपत्र गरेको हो । परिपत्रमा मातहतका कार्यालयलाई चियापान र अतिथि सत्कार शीर्षकमा छुट्याएको बजेट पनि खर्च नगर्न भनिएको छ । कात्तिक २ गतेको परिपत्रमा भ्रमण भत्ता, बैठक भत्ता, तालिम भत्ता, कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर, सफ्टवेरलगायत शीर्षकमा छुट्याएको प्रशासनिक खर्च नगर्न भनिएको छ ।

– सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ४१.२४ अंकले बढेर २ हजार २ सय ३५.७२ विन्दुमा उक्लेको छ । यो हालसम्मको उच्च हो । यही पुस २० मा नेप्से परिसूचक यसअघिको उच्च २ हजार १ सय ८१.५३ विन्दुमा थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*