Saturday, January 23rd, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

– काठमाण्डौमा भूकम्पको परकम्प गएको छ । काठमाण्डौको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

– लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको दुई स्थानबाट चार जनालाई पक्राउ गरेको छ । उर्लाबारी र विराटनगरबाट चारजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ब्राउन सुगर र जोख्नका लागि ल्याइएको तराजु पनि बरामद भएको छ ।

– सप्तरीमा भैँसी चोरेर फरार भएका एकजना व्यक्ति २४ वर्षपछि पक्राउ रेका छन् । कंचनरुप नगरपालिका-४ पिप्रापूर्वका ५० व्षीय लक्ष्मण सरदार २४ वर्षपछि पक्राउ परेका हुन् । सरदारले २०५३ साल माघ २९ गते स्थानीय भरतलाल बहरखेरको भैँसी चोरेका थिए । र, अदालतले त्यस मुद्दामा २०७१ साल असार ५ गते एक महिना कैद र ३७ हजार रुपैयाँ जरिमाना तिर्ने फैसला सुनाएको थियो ।

– मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका–८ की बीपीसा ओझाकी छोरी ७ वर्षीया अदीति ओझाको मृत्यु भएको हो।

– कैलालीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका( १० तुलसीपुरका १६ वर्षीय अशोक धामी रहेका छन् । घोडाघोडी नगरपालिका-११ भलुवामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

– कैलालीमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उप(महानगरपालिकाको ३ मिलन चोकका ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

– बाँकेमा उपचारका लागि दाङ र सुर्खेतबाट आएका दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही–२ का ३९ वर्षीय पुरुष र सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*