Saturday, January 23rd, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– पृथ्वी जन्यतीको अवसर पारेर राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक गरिएको छ । गीतमा संकृतविद् सत्यमोहन जोशी, बरिष्ठ कलाकार नीर शाहदेखि नायक आकाश श्रेष्ठसम्मको अभिनय छ । यो गीतमा देविका बन्दना र राजन इशानको स्वर, आनन्द अधिकारीको शब्द, राजनकै संगीत छ । यो गीतको भिडियोको निर्देशन रोशनी केसीले गरेकी हुन् । रोशनीले ४ दिन लगाएर लोकतन्त्रपार्क, पाटन, पशुपति क्षेत्र लगायतका स्थानमा यो भिडियोको छायांकन गरेकी छिन् ।

– म्युजिक कम्पनी र स्रस्टा सर्जकबीच बेलाबेलामा कानुनी झमेला हुने गरेको छ। केही समयअघि पनि म्युजिक नेपाल लगायतका केही म्युजिक कम्पनीले गितकार, संगीतकार र गायकको प्रतिलिपी अघिकार हनन गरेको भन्ने लामै बहस चल्यो। यसपटक गायक प्रमोद खरेल निशानामा परेका छन्। विन्दवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीले आफ्नो चरित्रहत्या गरेको र आफ्नो सिर्जनामाथिको अधिकारलाई कुण्ठित गरेको बताएका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले आफूले आफ्नो सिर्जना अधिकार प्राप्तिको लागि कानुनी उपचारमा जाने जानकारी दिएका छन्।

– नायिका जाहन्वी कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘जैरी नम्बर १’को छायांकन सुरु भएको छ । तर, छायांकन सुरु हुनु अगाडि चलचित्रको यूनिटले किसानहरुको विरोधको सामना गर्नुपरेको छ । बलिउड कलाकारहरुले किसानको पक्षमा नबोलेको भन्दै किसानहरुले चलचित्र छायांकन गर्न नदिने अडान लिएका थिए । नायिका जाहन्वी कपुर पनि चलचित्रको छायांकनका लागि पंजाव पुगेकी थिइन् । उनले सामाजिक संजालमा किसानको पक्षमा स्टाटस लेखेपछि मात्र छायांकन सुरु भएको हो ।

– मिस्टर एन्ड मिस रौनियार–२०२१ तथा मिस थारू २०२१ को तयारी सुरु गर्दै आवेदन खुला गरिएको छ। रौनियार र गुप्ता समुदायका युवक–युवतीले यो प्रतियोगितामा भाग लिन पाउने र उनीहरूको उमेर १६ देखि २८ वर्षको हुनुपर्ने आयोजकले जनाएको छ। यो प्रतियोगितामा काठमाडौंबाट भाग लिन चाहनेले १७ माघसम्म फारम भरिसक्नु पर्नेछ। काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्था एमी इन्टरटेनमेन्टले प्रतियोगिताको तयारीमा जुटेको जनाएको छ।

– नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डेढ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् । साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु भएको छ । प्रेमकथामा आधारित रहने यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा पौडेलकै कथा, गीत र लगानी छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मीको साथमा नायक पुष्प खड्का, सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा लगायतको मुख्य भूमिका छ ।

– ‘छन्दमा लेख्यो भने गीत हुन जान्छ, छन्द तोड्दियो भने कविता तर कविता भन्नु गीत हो’, गीत र कवितामाथि गहन विश्लेषण गर्ने भैरवनाथ रिमाल ‘कदम’ शनिबार यस संसारबाट बिदा भएका छन्। कानमा समस्या आएपछि जनसम्पर्क घटाउँदै लगेका उनलाई दसैंपछि अस्पताल भर्ना गरी चार दिन उपचार गरेर घर ल्याइएको थियो।

– नायक ऋतिक रोशनले चलचित्र ‘वार’ पछि नयाँ चलचित्र साइन गरेका छैनन् । गतबर्षको सर्वाधिक कमाई गर्न सफल चलचित्र ‘वार’का नायक रोशनलाई दर्शकले फेरि पनि एक्सन अवतारमै हेर्न चाहिरहेका छन् । तर, अब भने दर्शकको चाहना पुरा हुने भएको छ । चलचित्र ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको साथमा चलचित्र ‘फाइटर’ बनाउने पक्का भएको छ । यो चलचित्रमा नायक ऋतिक रोशनसँग नायिका दीपिका पादुकोणले काम गर्ने पनि पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

– बलिउड नायिका कंगना रनावतले नायिका तापसी पन्नुको एक फोटोलाई आफ्नो कपी भन्दै आरोप लगाएकी छिन् । हुनत, नायिका रनावतले तापसीको बिषयमा टिप्पणी गरेको यो पहिलो पटक होइन । लकडाउनको समयमा पनि तापसी र कंगनाविच सामाजिक संजालमा वाकयुद्ध नै चलेको थियो । कंगनाले तापसीले पोष्ट गरेको एउटा तस्वीरलाई आफ्नो कपी मात्र भनेकी छैनन्, आफ्नो तुलना बलिउडका नायक अमिताभ बच्चनसँग पनि गरेकी छिन् ।

– इटहरीलाई कर्मथलो बनाएका संगीतकर्मी राम धामीको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ निधन भएको हो । ५५ बर्षिय धामी कोेरोना संक्रमण भएर अस्पताल भर्ना भएका थिए । पछि निमोनियासमेत देखिएपछि आईसीयुमा राखेर उपचार गरिएको थियो।

– नायक भूवन केसीले निर्माता माधव वाग्लेसँग सहमतीमै चलचित्र ‘पारस’को स्वामित्व आफूले लिएको बताएका छन् । अब, यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्नेछ । भूवनले चलचित्रको छायांकन फागुणबाट सुरु हुने बताए । चलचित्र बजारमा यो चलचित्रका कलाकारको बिषयमा पनि विभिन्न चर्चाहरु भैरहेका छन् । तर, निर्माता भूवन केसीले अहिलेसम्म नायक अनमोल केसी र लेखक प्रदिप भारद्धाज बाहेक अरु कोही पनि फाइनल नभएको बताए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*