Saturday, January 23rd, 2021
जीवन होस् वा गाडी ब्रेक आवश्यक छ (प्रेरक कथा)

जीवन होस् वा गाडी ब्रेक आवश्यक छ (प्रेरक कथा)

कार होस् वा बाइक हरेक गाडीमा ब्रेक अवश्य हुन्छ । यदि तपाईलाई कसैले गाडीमा ब्रेक किन हुन्छ भनेर सोध्यो भने तपाईको उत्तर के हुनेछ ?

– गाडीको स्पीड स्लो गर्न

– गाडी रोक्न

– गाडी ठोक्किनबाट बचाउन आदि ।

तर माथिका उत्तर मध्य सबैभन्दा उत्कृष्ट उत्तर हो, ‘ब्रेकले हामीलाई अझ स्पीड गाडी कुदाउनमा मद्दत गर्छ ।’ यो जवाफ सुनेर तपाईँ छक्क पर्नु हुन्छ होला, तर गहिरिएर सोच्नुहोस् । यसमा धेरै ठुलो कुरा लुकेको छ । एक छिनका लागि सोच्नुहोस् यदि तपाईँको गाडीमा ब्रेक छैन भने कतिको स्पीड कुदाउनु हुन्छ ? शायद ब्रेक नभएको गाडी तपाई छुनु पनि हुन्न होला किनकि ब्रेक नभएको गाडी कहाँ गएर ठोक्किने हो थाहै हुँदैन ।

वास्तवमा ब्रेक छ भने मात्र हामी गाडी निश्चित भएर कुदाउँछौ र ढुक्क भएर स्पीड बढाउँछौ तथा आफ्नो गन्तव्यमा पुग्छौ । ब्रेक विना हाम्रो हिम्मत र आत्मविश्वास नै आउँदैन । ठिक यसै गरी हाम्रो जीवनमा पनि विभिन्न ब्रेकहरू हुन्छन् । हाम्रा आमा बुवा, शिक्षक, जीवनसाथी, भाइबहिनीले प्रायः हामीसँग लक्ष्य, दिशा र प्रगतिसँग सम्बन्धित प्रश्नहरू सोध्छन् र हाम्रो जीवनमा रोकटोक गर्ने प्रयास गर्छन् । हामीलाई तिनीहरूले यसो गरेको मन पर्दैन । हामीलाई लाग्छ, उनीहरू हाम्रो जीवनको ब्रेक हुन् । तर वास्तवमा उनीहरू नै तपाईँको सफलताको कारण हुन् । उनीहरूले तपाईको जीवनमा व्यवधान उत्पन्न नगर्ने हो भने तपाईले प्रोत्साहन नै पाउनु हुन्न । तपाईँको अति आत्मविश्वासले तपाईको क्षति मात्र गर्ने थियो । उनीहरूको रोकटोक नहुने हो भने तपाईले आफैसँग प्रश्न नै गर्नु हुन्थेन । त्यसैले जीवनको ब्रेक सँग नडराउनुहोस् र यसलाई आफ्नो पावर बनाउनुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*