Saturday, January 23rd, 2021
खेलकुद

खेलकुद

– प्रिमियर लिगका दुई चर्चित क्ब लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् । फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

– ऋषिङ गाउँपालिकाले पृथ्वीजयन्तीका अवसरमा आयोजित प्रथम ऋषिङ म्याराथन–२०७७ को उपाधि जुम्लाका राजन रोकायाले जितेका छन् । त्रिभुवन आर्मी क्लबका रोकायाले ऋषिङ–८ मा अवस्थित दुबुङकोट भ्युटावरसम्मको ४० किलोमिटर दूरी अन्तर्गतको खुल्ला दौड प्रतियोगिता २ घण्टा ५१ मिनेट २६ सेकेन्डमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा सोमबार समूह ‘ए’बाट नवलपरासी र समूह ‘बी’बाट बाँके विजयी भएका छन् । नवलपरासीले पाल्पालाई र बाँकेले बर्दियालाई पराजित गरेको हो ।

– नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७औं संस्करण आज हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ आज ललितपुरस्थित कराँते हलमा आयोजना हुँदैछ ।पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

– भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५ औँ संस्करण आउँदो फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले दुई लाख तथा द्वितीय एक लाख रुपैयाँ, तृतीयले ७५ हजार र सान्त्वनाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*