Sunday, March 7th, 2021
खेलकुद

खेलकुद

– इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई ३-० ले पराजित गरेको छ । लाउटारो मार्टिनेजको दुई तथा रोमेलु लुकाकुको एक गोल मद्दतमा इन्टरले मिलान डर्बी खेल सहजै जितेको हो । जितपछि इन्टरले मिलानसंग ४ अंकको अग्रता समेत बनाएको छ ।

– म्यानचेस्टर सिटीले आइतबार लगातार १८औं जित निकालेको छ । इंग्लिस प्रिमियर लिगमा आर्सनललाई १–० ले पराजित गर्दै सिटीले लगातार १८औं जित हात पारेको हो ।

– लियोनल मेसीले बार्सिलोनाका लागि आइतबार कीर्तिमान ५ सय छैटौं खेल खेलेका छन् । यससँगै उनी बार्सिलोनाका लागि लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमानी खेलाडी पनि भएका छन् । यसक्रममा उनले बार्सिलोनाका लागि ज्याभी हर्नान्डेजको नाममा रहेको ५ सय ५ खेलको कीर्तिमानलाई उछिनेका छन् । तर बार्सिलाना भने खेलमा १–१ को बराबरीमा रोकियो ।

– फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै मोनाकोसंग पराजित भएको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग २-० ले पराजित भएको हो । पीएसजीलाई उसैको मैदानमा हराउन मोनाकोका लागि सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।

– जर्मन फुटबल क्लब स्पिलफेराइनिगुन्ग भिल्डेनरोथ इफाउले वाग्मती युवा क्लब, सर्लाहीका महिला खेलाडीहरूका लागि खेल सामाग्री सहयोग गरेको छ । खेलाडीलाई जर्सी, मोजा, बल र ब्याग प्रदान गरिएको छ । यस्तै सहयोग र चन्दा संकलनबाटै खेलाडीहरूलाई नियमित प्रशिक्षण दिएर प्रतियोगिता खेल्ने व्यवस्था गरिरहेको बताइएको छ ।

– म्यानचेष्टर युनाइटेड पुनस् प्रिमियर लिगको दोस्रो स्थानमै पर्किएको छ । आइतबार राति भएको खेलमा नयूकासल युनाइटेडलाई ३-१ ले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लेको हो । त्यसअघि लेस्टर सिटी एस्टन भिल्लालाई २-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो ।

– विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले आइतबार कीर्तिमान नवौंपल्ट अस्ट्रेलियन ओपन जितेका छन् । यसका लागि उनले रुसी खेलाडी डानिल मेडभेडेभको चुनौतीलाई मेलबर्न पार्कमा समाप्त पारे ।

– रौतहटको चन्द्रपुर–४ स्थित तुलसीलाल स्मृति खेल मैदानमा आइतबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदकसहित सुदूरपश्चिम प्रदेश टिमले उपाधि हात पारेको छ । ३ स्वर्णसहित प्रदेश २ द्वितिय र एक स्वर्णसहित प्रदेश १ तृतिय हुन सफल भएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*