Sunday, March 7th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– चितवनको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारमा विद्युतका पोल सार्ने काम मुख्य चुनौती बनेको आयोजनाले जनाएको छ । पोल सार्ने कामले सडक विस्तारमा ढिलाइ हुने चिन्ता थपिएको आयोजनाको भनाइ छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सरकारले कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा ९२०५२ सालमा० गरेको २५ वर्षपछि काम अघि बढेको हो। निर्माण प्रक्रिया भने स्थानीय तह निर्वाचनपछि अघि बढाइएको थियो।

– चालु आर्थिक वर्षको ६ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोडमा आधारित कारोबार करिब ९० प्रतिशत बढेको छ । खासगरी साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर कोडमार्फतको कारोबार पछिल्लो समय उल्लेख्य बढेको हो । नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकले यो वर्ष क्यूआर कोडमा आधारित कारोबारलाई पहिलो प्राथमिकतामा राखेको छ ।

– चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुखले जानकारी दिए ।

– मोबाइल प्रविधिको पछिल्लो पुस्ता फाइभजी परीक्षणका लागि नेपाल टेलिकमले गृहकार्य थालेको छ । सरकारबाट फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी निक्र्योल हुनासाथ परीक्षणमा जाने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल टेलिकमका सहायक प्रवक्ताले जानकारी दिए । फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।

– कोरोना बिमामा परेका दाबीमध्ये करिब ४१ हजार २ सय २६ ले भुक्तानी पाएका छन् । ती दाबीउपर ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको नियामक निकाय बिमा समितिले जनाएको छ । कागजात पुगेका कुल दाबीको करिब साढे ५३ प्रतिशत हो । त्यसयता पनि बिमा भुक्तानी भएको छ । यसकारण दाबी भुक्तानी संख्या अझै बढ्ने बिमा कम्पनीहरूको दाबी छ ।

– पर्यटन व्यवसायीहरुले सबै किसिमका पर्यटन गतिविधिलाई निर्वाध रुपमा सूचारु गर्न दिन सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुका सबै छातासंगठनहरुले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सेफ्टि पोर्टोकलको आधारमा सेवा दिनेगरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन् ।

– डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल बुझाउन बाँकी उद्योगीलाई नेपाल विद्युत् प्राधिकरणले किस्तामा तिर्ने सुविधा दिने भएको छ । माघ ११ मा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले डेडिकेटेड र ट्रंकबापतको महसुल असुल्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा साउनदेखि उद्योगीबाट किस्ताबन्दीमा महसुल असुल्ने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशकले जानकारी दिए ।

– भालुपहाडको घुम्ती कटानको जिम्मेवारी पाएको ठेकेदार कम्पनीको ढिलाइका कारण सिद्धार्थ राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रु प्रभावित बनेका छन्। यहाँबाट गुड्ने सयौं सवारीसाधन र यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्। यस्तो समस्या ६ महिनायताको हो।

– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषकको खेतबारीमै सरकार जोडिने बताएकी छन्। गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजनिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले कृषकलाई व्यवसायीकरणमा आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरु ल्याउने बताइन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*