Wednesday, March 3rd, 2021
स्टन्टको पर्याय ‘ज्याकी च्यान’

स्टन्टको पर्याय ‘ज्याकी च्यान’

ज्याकी च्यान विश्वका सबैभन्दा बढी कमाउने दोस्रो अभिनेताको रूपमा रहेका छन् । हरेक वर्ष लगभग ५२०० करोड भन्दा बढी कमाउने अभिनेता ज्याकी च्यानलाई उनको खतरनाक स्टंट तथा हास्यप्रधान फिल्मका लागि चिनिन्छ । संसारभरिमा प्रसिद्ध ज्याकी च्यानको नाममा कैयौ कार कम्पनीहरूले विशेष संस्करण ल्याई सकेका छन् । यसबाहेक उनको नाममा एउटा विशेष ब्राण्डको घडी पनि निकाली सकिएको छ । यति हुँदा हुँदै पनि ज्याकीलाई संसारको कुनै पनि बिमा कम्पनीले बिमा गरी दिदैनन् । कुनैबेला घर निर्माण सम्बन्धी कामदार रहेका ज्याकी आज अरबौ सम्पतीका मालिक छन् । उनी सँग दुईवटा प्राइवेट जेट समेत आधा दर्जन भन्दा बढी लग्जरी कारहरु छन् ।

ज्याकी च्यानको जन्म एक गरिब परिवारमा भएको थियो । उनको परिवार यति गरिब थियो कि उनको परिवार यति गरिब थियो कि उनको अभिभावकले उनलाई पाल्न नसकेर एक जना डाक्टरलाई बेच्न चाहेका थिए । तर ती डाक्टरले ज्याकीको आमाबुबाको मद्धत गरे र बेच्न दिएनन् । कुनैबेला सडकमा रात बिताएका ज्याकीले स्टन्टमेनको रूपमा करियरको सुरुवात् गरेका थिए । आज उनको सिंगापुर, हङकङ, अष्टे«लिया र अमेरिका सहित विभिन्न देशहरूमा आफ्नै घर छ ।

ज्याकीको जन्म सन् १९५४ अप्रिल ७ मा हङकङमा चीनीया गृहयुद्धका बिच भएको थियो । उनका आमाबुबा हङकङको फ्रेन्च काउन्सीलका लागि काम गर्थे । सन् १९६० मा उनका बुबा अमेरिकी दुतावासमा मुख्य भान्सेको रुपमा काम गर्न अस्ट्रेलियाको क्यानबेरामा बसाइ सरे र त्यहाँ उनले ज्याकीलाई चाइना ड्रामा एकेडमी नामको एक पेकिंङ ओपेरा स्कुलमा पठाए । आठ वर्षको उमेरमा ज्याकीले केही साथीहरू लिटल फोर्च‘न्स सँग बिग एन्ड लिटल वांग टिन बार फिल्ममा अभिनय गरे । ज्याक नामका एक सहनिर्माताले उनको काम देखेर उनलाई लिटल ज्याक उपनाम दिए । त्यहीबाट उनको नाम ज्याकी रहन पुग्यो । उनले सबै भन्दा बढी फिल्महरुमा अभिनय गरेका छन् । उनको पहिलो हलिउड फिल्म क्रीक ब्रावल थियो ।

ज्याकीले एक ताइवानी अभिनेत्री सँग बिहे गरे र उनको एक छोरा जायस च्यान गायक साथै अभिनेता पनि हुन् । ज्याकीको बाल्यकाल निकै गरिबीमा बित्यो । ज्याकीकी आमा च्यान कोङ सैङ अरूको घरमा सरसफाई गर्ने काम गर्थिन् । ज्याकी जब अलि ठुलो भए तब उनी बु्रसलीको फिल्ममा स्टन्टमेन भएर काम गर्न थाले । हिरो बन्ने आसमा उनी चाइनिज फिल्म इण्डस्ट्रीमा आए तर उनले असफल हुनु प¥यो । त्यसपछि उनी अस्ट्रेलिया गए । त्यहाँ उनले घर निर्माण सम्बन्धी काममा कामदारको रूपमा काम गरे । अस्ट्रेलियामा बस्ने क्रममा उनलाई एउटा चाईनिज निर्माताको फोन आयो । जसले उनलाई स्नेक इन द इगल्स स्याडो फिल्ममा लिड रोल दिए । यसरी सुरु भएको उनको फिल्मी करियर आज सम्म पनि चलिरहेको छ ।

जस्टीन बिबर, लुलिया रोबर्टस र जोन अब्राहम जस्ता विभिन्न सेलिब्रेटीले आफ्नो शरीरको अङ्गको बिमा गराएका छन् तर यती ठुलो हलिउड इन्डस्ट्रीका अभिनेता ज्याकीलाई भने कुनै पनि बिमा कम्पनीले बिमा गर्न मान्दैनन् । त्यसैले यसका लागि ज्याकीले स्टन्ट्समेन एशोसिएसन बनाएका छन् । उक्त एशोसिएसनले मानिसहरूलाई स्टन्ट सिकाउनुका साथै उनी सँग काम
गर्ने सबै स्टन्टमेनको सुरक्षाका लागि खर्च पनि गर्छ । ज्याकीका अनुसार उनको स्टन्टलाई सफल बनाउन उनको टिमको निकै ठुलो हात हुन्छ र उनीहरूको सुरक्षा र बिमाको सबै खर्च ज्याकीले नै बेहोर्छन् ।

ज्याकीको सायदै कुनै अङ्ग त्यस्तो होला, जहाँ चोट लागेको छैन । स्टन्टमेनको रूपमा करियर सुरु गरेका उनको कुनै पनि फिल्म स्टन्ट बिनाको हुँदैन । एक अभिनेताका रूपमा उनले सबैभन्दा बढी स्टन्ट गर्ने रेकर्ड गिनिज वल्र्ड रेकर्डमा लेखाई सकेका छन् । यति मात्र होइन, उनले एउटै फिल्मका लागि एक्लै १२ वटा भूमिका निर्वाह गरी अर्को रेकर्ड पनि राखेका छन् । उनले चाइनिज जोडिएक फिल्ममा निर्माता, निर्देशक, लेखक, द्धन्द्ध निर्देशक, अभिनेता समेत विभिन्न महत्वपूर्ण भूमिका बहन गरेका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*