– केन्यामा ऊँट माथि किताबको लाइब्रेरी बोकाएर हिडाइन्छ, जुन त्यहाँ निकै लोकप्रिय छ । मानिसहरु आफूलाई मन पर्ने किताब ऊँटको ढाड माथि राखिएको बक्सबाट झिकेर पढ्ने गर्छन् ।
– विश्वको पहिलो पानी जहाज एक जना डच वैज्ञानिकले सन् १६०२ मा बनाएका थिए ।
– केटाकेटीहरुको लोकप्रिय कार्ट‘न टम एण्ड जेरीले सात पटक ओस्कार अवार्ड जिती सकेको छ ।
– बंग्लादेशमा ९८ प्रतिशत मानिसहरू बंगाली बोल्छन् र बाकी २ प्रतिशत अङ्ग्रेजी बोल्छन् ।
– ३० प्रतिशत पिउन योग्य स्वच्छ पानी जमिन मुनि रहेको छ ।
– विश्वमा सबैभन्दा बढी केराको खेती भारतमा गरिन्छ ।
– एउटा स्याउमा १३० क्यालोरी ऊर्जा हुन्छ ।
– हातीको दाँतलाई सेतो सुन भनिन्छ ।
– हातीको आँखा सानो भएकोले यसको ज्योति पनि कम हुन्छ । त्यसैले यसले सुँड त्यसै अनुसार प्रयोग गर्छ, जसरी अन्धोको हातको लठ्ठी प्रयोग गरिन्छ ।
– हाती र कुकुर यस्ता जीव हुन् , जसले इसाराको भाषा सजिलै बुझ्छन् ।
– संसारको प्रसिद्ध र महँगो कफी ब्राण्ड हातीको लिदीबाट बनाइन्छ ।
– प्रत्येक दिन सय भन्दा बढी हाती यसको दाँतका लागि मार्ने गरिन्छ ।