Wednesday, March 3rd, 2021
हड्डीलाई नोक्सान पुर्याउने कारणहरु

हड्डीलाई नोक्सान पुर्याउने कारणहरु

स्वस्थ रहनका लागि हड्डी बलियो हुनु आवश्यक हुन्छ । बढ्दो उमेरमा हड्डीलाई स्वस्थ राखी रहनका लागि खानपानका साथै जीवनशैली पनि स्वस्थ हुनु पर्छ । केही व्यक्तिहरू जानेर वा अनजान मै आफै हड्डीलाई नोक्सान पु¥याई रहेका हुन्छन् । आज हामी केही यस्ता आदतहरुका बारेमा बताउन गइरहेका छौ, जुन हड्डी खिइने मुख्य कारण हुन्छ ।

– बढी नुन वा नुनिलो खानेकुरा खानाले शरीरबाट क्याल्शियम पिशाब द्धारा बाहिर निस्किन पुग्छ । यसबाट हड्डी कमजोर हुन्छ ।

– बढी मात्रामा कफि पिउनुले पनि हड्डी कमजोर बनाउछ । कफिमा कैफिनको मात्रा बढी हुन्छ, जसले हड्डीमा भएको क्याल्शियमको मात्रा घटाउछ ।

– सिगरेट बढी मात्रामा पिउदा पनि हड्डीको टिश्युलाई नोक्सान पु¥याउछ र नयाँ टिश्यु चाडै बनिन पाउदैन ।

– बढी मात्रामा रक्सी सेवन गर्दा शरीरमा क्याल्शियम अवशोषण गर्ने क्षमता कम हुन्छ । यसबाट हड्डीमा क्याल्शियमको कमी हुन पुग्छ । जसबाट हड्डी कमजोर हुन पुग्छ ।

– धेरै मात्रामा खाना खादा पनि तौल बढ्छ र हड्डीमा बढी भार पर्नाले कमजोर हुन थाल्छ । यसकारण खानामा स्वस्थ खानेकुरा समावेश गरी तौल नियन्त्रण गर्न‘होस् ।

– आर्थराइटीस, दम जस्ता रोगीहरुले विभिन्न औषधीहरु लामो समयसम्म सेवन गरी रहनु पर्छ । यसबाट हड्डीलाई नोक्सान हुन्छ । यसकारण डाक्टरलाई नसोधी जुन पायो त्यही औषधी सेवन गर्नबाट बच्नु पर्छ ।

– लामो दुरीमा निरन्तर मोटरसाइकल कुदाई रहदा हड्डीको घनत्व र हड्डीले शरीरको भार नियन्त्रण गर्ने क्षमता कम हुन पुग्छ । वाकिङ्ग, रनिंग, टेनिस, डान्सिङ्ग, स्विमिङ्ग जस्ता कुराहरूले हड्डीलाई फाइदा पु¥याउछ ।

– दिनहँु एउटा कोठामा बसेर काम गर्नाले पनि हड्डीमा प्रभाव पर्छ । सूर्यबाट भिटामीन डी प्राप्त हुन्छ, जुन हड्डीका लागि आवश्यक हुन्छ । यसकारण दिनहुँ १५, २० मिनेट अनिवार्य रूपमा घाम ताप्नुहोस् ।

– धेरै बेर सम्म एकै ठाउँमा बसी रहदा पनि हड्डी कमजोर हुन्छ र शरीरको भार उठाउने बल पनि रहदैन । हिंड डुल गर्दा र व्यायाम गर्दा हड्डी बलियो हुन्छ ।

– कोक, पेप्सी, स्प्राइट जस्ता कोल्ड ड्रिन्क पिउदा यसमा पाइने कार्बोहाइड्रेट कैफीन र फस्फोरसले हड्डीलाई नोक्सान पु¥याउने गर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*