Wednesday, April 14th, 2021
खेलकुद

खेलकुद

– उत्तर कोरिया कोरोना भाइरस संक्रमणको सम्भावना रहेको भन्दै यस वर्ष आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी नहुने भएको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले मंगलबार टोकियो ओलम्पिकमा सहभागी नहुने घोषणा गरेको हो ।

– आहा–रारा गोल्डकप फुटबलमा सोमबार संकटा क्लबले डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गरेको छ । संकटाबाट पहिलो हाफको एक मिनेट बाँकी हुँदा फोफो माले गरेको गोल नै निर्णायक बन्यो । सुवास गुरुङको क्रसमा सेकेन्डबार च्याप्दै फोफोले गरेको प्रहार गोलमा परिणत भयो ।

– ललितपुरे क्लब थ्रीस्टार सिजनको पहिलो नकाउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । मकवानपुरमा सोमबारको चौथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा अफ्रिकी खेलाडी मिलेर बनेको अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन भएको हो ।

– प्रदेश १ ले ललितपुर मेयर महिला च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग पराजित भएको प्रधानमन्त्री कप च्याम्पियन प्रदेश १ ले सोमबार लुम्बिनी प्रदेशलाई सजिलै १० विकेटले पराजित गरेको हो ।

– इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले आइतबार उल्भ्सलाई ३–२ ले हराएर चौथो स्थानमा उक्लेको छ । यो जितपछि वेस्ट ह्यामको ३० खेलबाट ५२ अंक भएको छ ।

– ओसमन डेम्बेलेले खेलको अन्त्यतिर नाटकीय गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल भालाडोलिडलाई १–० ले हराएको छ ।

– कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० प्रतियोगितामा पहिलो जित निकालेको छ ।

– नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा नवौं राष्ट्रिय कायक स्लाम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०७८ बैशाखमा हुने भएको छ । आयोजकले बैशाख ७ देखि ९ गतेसम्म च्याम्पियनसिप हुने जनाएको छ ।

– नेपाल क्रिकेट सङ्घ (क्यान)ले त्रिकोणात्मक श्रृङ्खलाका लागि आजदेखि बन्द प्रशिक्षण थाल्ने भएको छ । नेपाल, मलेसिया र नेदरल्याण्डबीचको त्रिकोणात्मक टी-२० श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*