Wednesday, April 14th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकको कार्यसूचीको अन्तिम टुंगो कार्यव्यवस्था परामर्श समितिले लगाउने छ । यद्यपि बैठकमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले जनाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि बैठक सहजरुपमा बस्न सकेको थिएन । बैठकको मिति तोकिए पनि पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको थियो ।

– नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सहयोगमा रसायनशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले परम्परागत हिसाबले औषधिको रुपमा प्रयोग हुँदै आएका वनस्पतिहरुको औषधीय गुणको वैज्ञानिक अनुसन्धान गर्न लागेको हो ।

– कतारले १० हजार नेपालीलाई प्रहरी सेवामा भर्ना गर्ने प्रक्रिया स्थगित गरेको छ । नेपाल र कतारी अधिकारीबीच भर्ना प्रक्रियाको विषयमा सहमति नजुटेपछि कतारले तत्कालका लागि स्थगित गरेको हो ।

– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चैत १४ मा प्रज्ञा प्रतिष्ठानको डबलीबाट नैतिक रूपमा आफूले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन नसक्ने घोषणा गरेका थिए । यसै साता कपिलवस्तु पुगेका उनले केही दिनभित्रै नयाँ सरकार बन्ने उद्घोष गरे ।

– माओवादी केन्द्रले कांग्रेस र जसपासँग मिलेर आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सुरु भएको एक सातामै प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन् ।

– नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ । निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै सोमबार तालाबन्दी भएको हो ।

– संसदीय समितिमा दुई वर्ष अल्झिएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा फर्किएको छ। राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन सोमबार प्रतिनिधिसभा बैठकमा पेस गरेकी हुन्।

– विपक्षी दल जनता समाजवादी पार्टी ९जसपा०का सांसदहरु विभाजित हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ । ८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा उभिएका हुन् ।

– सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा९१० बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

– सरकारले आगामी जेठ–असारमा कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन गरेको छ । तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए ।

– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीमा समानान्तर गतिविधि गर्ने र समानान्तर कमिटीमा रहनेहरुलाई कारबाही हुने बताएका छन् । जसरी नेतृत्वका केही व्यक्तिलाई कारबाहीको प्रक्रिया अघि बढेको छ । अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्धत हुने र कमिटीमा बस्नेहरु समेतलाई कारबाही गर्ने दिशामा पार्टी अघि बढ्ने उनले बताएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*