Wednesday, April 14th, 2021
विदेशमा आज

विदेशमा आज

– कोरोना महामारीका बाबजुद विश्व अर्थतन्त्रमा व्यापक सुधार आउने अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमफ) ले पूर्वानुमान गरेको छ । कोरोनाले थला परेको बेलायत, अमेरिका र अन्य पश्चिमा मुलुकको अर्थतन्त्र आकलन गरिएभन्दा राम्रो हुने आईएमफको पूर्वानुमान छ ।

– नाइजेरियाको एक जेलमा बन्दुकधारीहरूले आक्रमण गरेपछि १ हजार ८ सयभन्दा बढी कैदीहरू भागेका छन् । दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गरेपछि आक्रमणकारीहरू जेलभित्र पसेका थिए ।

– इन्डोनेसिया र इस्ट टिमोरमा आइतबार गएको भीषण बाढीपहिरोका कारण सय जनाभन्दा बढीको ज्यान गएको छ । कम्तीमा ७० जना बेपत्ता छन् ।

– भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो ।

– बंगलादेशको ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्धको विरोध गर्दै प्रदर्शन भएको छ । सोमबार बंगलादेशको खरिदपुर जिल्लाको साल्थामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ ।

– ब्राजिलमा पछिल्लो २४ घण्टामा चार हजार भन्दा धेरै कोरोना सङ्क्रमितको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण एक दिनमै चार हजार १९५ ले ज्यान गुमाएको र यति धेरैले ज्यान गुमाएको यो पहिलोपटक हो । कोरोनाबाट ब्राजिलमा अहिलेसम्म तीन लाख ३७ हजार बढी नागरिकले ज्यान गुमाइसेका छन् । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो भने लकडाउनको विरोधमा हुनुहुन्छ । उहाँले त्यहाँका केही स्थानीय सरकारले लगाएका लकडाउन तथा प्रतिबन्धलाई पनि खोल्नुभएको छ ।

– दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले जनाएको छ ।

– सन् २०१५ मा विश्वका प्रमुख शक्ति राष्ट्र र इरानसँग भएको परमाणु सम्झौता पुनः कार्यान्वयनमा ल्याउन मंगलबारदेखि अष्ट्रियाको भियनामा वार्ता सुरु हुँदैछ । सन् २०१८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेका थिए । अमेरिकाले प्रतिबन्ध लगाएपछि इरानले पनि सम्झौता उल्लंघन गर्दै युरेनियम संवर्द्धन बढाएको थियो ।

– साउदी अरेबियाले मुसलमान समुदायको हज तथा उमराहको लागि मक्का जान कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनिवार्य गरेको छ । साउदी अरेबियाको हज तथा उमरा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हज तथा उमराको यात्रामा जान चाहनेले कोरोना खोप लगाएको विवरण पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*