Wednesday, April 14th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बलिउडकी चर्चित नायिका कटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका कैफले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै आमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दालगायत बलिउडका ठूला कलाकारहरु कोरोना पोजीटीभ देखिएको छ। उनीहरु आफूलाई आइशोलेसनमा राखेका छन् ।

– गायिका रचना रिमाल र गायक अभिनया निरौलाको स्वर, अभिनयाकै शब्द तथा योगेन्द्र उपाध्यायको संगीतमा समावेश ‘घिर्लिङ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले आकर्षक बनाएका छन् । गीतका शब्द अनुसारका दृश्य उतारेर उनले मोडलद्धय सागर लम्साल र सिम्पल खरेललाई भिडियोमा प्रस्तुत गरेका छन् ।

– गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा एक गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘पल पल’ बोलको गतिमा ताराको शब्द, गैरे सुरेशको संगीत र प्रताप दासको स्वर छ । यो गीतको भिडियोमा तारासँगै नायिका भूवन चन्द र कलाकार शिशिर भण्डारीले अभिनय गरेका छन् । शिव ढकालको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन, सत्यम रानाको भीएफएक्स छ । चन्द्र विनायक फिल्म प्रोडक्शनले यो भिडियो निर्माण गरेको हो ।

– कलाकार नीर शाहले नेपाली चलचित्र क्षेत्र उद्योग र राष्ट्रिय दुबै हुन नसकेको बताएका छन् । उनले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र उद्योगका रुपमा स्थापित हुन नसकेको उनले बताए । उनले देशभरीका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढंगबाट अगाडि बढाउन नसक्दा चलचित्रले राष्ट्रिय स्वरुप हासिल गर्न नसकेको बताए ।

– नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी नायिका वर्षा सिवाकोटी पछिल्लो समय सर्वाधिक व्यस्त छिन् । चलचित्रको सेड्यूल मिलाउन धौ–धौ परेपछि उनले केही चलचित्र छाड्नु पनि परेको छ । उनै, वर्षा आज आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् । मोरङमा जन्मिएर काठमाडौंमा नै हुर्किएकी वर्षाले जन्मदिनको अवसरमा खासै योजना नभएको बताइन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*