Wednesday, April 14th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

– कैलालीको गोदावरी नगरपालिका–२ पानीट्यांकीमा ट्रकमा कार ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ट्रकमा कार सोमबार बेलुका ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार सुर्खेतको भेरीगंगा नगरपालिका–५ कालीदमारकी २७ वर्षीय सुनिता पुन मगरको मृत्यु भएको हो ।

– पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थितभित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ।

– भोजपुरको अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

– पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २४३ जनाको नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ भने अहिलेसम्म २ लाख ७३ हजार ४५५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

– स्याङजाको पुतलीबजार नगरपालिका ६ टक्सार स्थित भित्री सडकमा रोकी राखेको बस जलेर नष्ट भएको छ। गए राती (सोमबार) १० बजे टक्सार—पोखरा भित्री सडक अन्तरगत चल्ने बसमा आगलागी भएको खबर पाएपछि घटनास्थलतर्फ प्रहरीको टोली पुग्दा बस जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

– सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएपछि स्थानीय बासिन्दा खानेपानी माग्दै आन्दोलित भएका छन् । हप्ता दिनदेखि धारामा खानेपानी नआएको भन्दै धरानबासीहरुले रित्तो ग्राग्री बोकेर धरानका जनप्रतिनिधि विरुद्ध विरोध प्रर्दशन गरेका छन् ।

– महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

– मोरङ र तेह्रथुममा भएको आगोलागीबाट २५ लाख बढीको क्षती भएको छ । मङ्गलबार बिहान १० बजे मोरङ पथरी शनिश्चरे १० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जली नष्ट भएको छ । त्यस्तै मङ्गलबार दिउँसो २ बजे तेह्रथुम छथर ५ स्थित डोप्किले देउराली सामुदायिक बनमा लागेको आगो हावाहुरीले उडाइ सोही स्थानका अग्नि नेपालीको घर र गाईगोठमा आगोलागी हुँदा अन्दाजी १० लाख २० हजार बारबरको धनमाल जली नष्ट भएको छ ।

– मोरङको सुन्दरहरैचा गोठगाउँस्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मङ्गलबार दिउँसो १ बजे पश्चिमतर्फ जाँदै गरेको ट्रकलाई मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा ट्रकसँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाइकलको मृत्यु भएको हो । मृत्यु हुनेमा सुन्दरहरैँचा १२ का ३५ बर्षीय महेन्द्र थापा गम्भिर घाइते भएका थिए । उनको सोही दिन बेलुका ५ बजे उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*