Wednesday, April 14th, 2021
खेलकुद

खेलकुद

– लिग चरणको अन्तिम खेलमा एपीएफ क्लबले हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि सोझो सेटको जित हासिल गरेपछि आरबीबी–एनभीए राष्ट्रिय क्लब लिग भलिबलमा पुरुषतर्फ उपाधिका लागि यी दुवै टिम भिड्ने भएका छन् ।

– ठूलो नगद पुरस्कार राशिको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ बिहीबारदेखि ललितपुर चापागाउँमा हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुने प्रतियोगिताको पुरस्कार राशि ९ लाख ५७ हजार रुपैयाँ रहेको छ । राखेपका पूर्वकोषाध्यक्ष तथा प्रतियोगिता संयोजकले करिब ३ सय ५० खेलाडीले भाग लिने जानकारी गराए ।

– विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण बिहीबार सुरु हुँदै छ । विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर–११ र युनाइटेड फुटवल क्लव सिक्किमबीच प्रतिस्पर्धा हुनेछ ।

– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लेगको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई उसकै घरमा ३–२ ले हराएको छ ।

– फिफा वरीयतामा श्रीलंकाभन्दा माथि नेपाल भएकाले त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ छनोटको पहिलो चरणमा घरेलु मैदानमै खेल्ने अवसर पायो । पाँच महिना बढी तयारीले पनि आर्मी उत्साही थियो ।

– इन्टर मिलानले बुधबार इटालीको सिरी ए मा ससुलोलाई २–१ ले हराएर लिग उपाधिको नजिक पुगेको छ । यो जितपछि उसले शीर्ष स्थानमा ११ अंकको ठोस अग्रता लिएको छ ।

– आर्मीले एएफसी कप २०२१ मा बुधबार दशरथ रंगशालामा श्रीलंकाको पुलिस एससीलाई सजिलै ५–१ ले हराएर प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । आर्मीले एक गोलले पछाडि रहेको स्थितिमा आकर्षक जित निकालेको हो र अब दोस्रो चरणमा भारतको इन्डियन सुपर लिग (आईएसएल) टिम बेंगलुरु एफसीको सामना गर्नेछ ।

– पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको बुधबारको सेमिफाइनलमा संकटा क्लब एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । संकटा क्लबसँग २–० गोलको हारसँगै एपिएफ बाहिरिएको हो ।

– इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्स नापोलीलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । बुधबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलले गोल गरेपछि युभेन्ट्सले नापोलीलाई २-१ ले पराजित गरेको हो । घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगको खेलमा लण्डन क्लब चेल्सीले पोर्चुगिज क्लबलाई पोर्टोलाई २-० ले पराजित गरेको छ । कोभिड-१९ को कारण पोर्टोले स्पेनको सेभियललाई घरेलु मैदान बनाएर खेलेको खेलमा चेल्सीका लागि मासोन माउन्ट र बेन चिलवालले एक-एक गोल गरे ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*