Wednesday, April 14th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– श्रमती हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनिया रहेका छन् । बिहीबार बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा गनपतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जनाएको छ।

– उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका-२ का २१ वर्षीय रेशम बनलाई बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।

– धादिङको बैरेनीमा नम्बर नखुलेको गाडीको ठक्करले एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । गल्छी गाउँपालिका-३ का अन्दाजी ६५ वर्षका वुद्धिबहादुर उपरकोटीको मृत्यु भएको हो ।

– कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द ल्यानसेट साइक्याट्रिक जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो ।

– मौसम प्रतिकूल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

– सेन्चुरी मसला उद्योगबाट मसला चोरी गर्ने दुई जनासहित चोरी गरेका मसला खरिद गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिका–३ स्थित उद्योगबाट मसलान चोरी गरी बिक्रीका लागी लादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न बुढिगंगा–६ सखुवाटोकी बस्ने वर्ष २५ का सुरज चौधरी र संखुवासभा धर्मदेवी नगरपलिका–२ तामाफोकका वर्ष ३६ का जितेन बिकलाई पक्राउ गरेको हो ।

– ९ बर्ष अघी जवरजस्ती करणी मुद्धामा २ वर्ष ६ महिना कैदसजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । २०६८ साल मंसिर २६ गते मोरङ जिल्ला अदालतले उक्त सजाय तेकिदिएको विराटनगर महानगरपालिका वडा नम्बर १५ रानी का ४० वर्षिय दिनेश साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

– मोरङ बिराटनगर १६ हुलास चौक नजिकै लागूऔषधसहित ट्याम्फू चालक पत्राउ परेका छन् । आज बिहान साढे ७ बजे अटो चालक धरान १६ का २४ बर्षीय निखिल जोशीले चलाई ल्याएको सो ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*