HAPPY NEW YEAR TO ALL YOPOHO MEDIA HOUSE FAMILY & DEAR CUSTOMERS

Share This:

सफलताको सुत्र

  • यदि तिमी जतिबेला पनि रिसाउंछौ वा गुनासो गछौँ भने, मानिसहरुसग तिम्रो लागि समय हुनेछैन। भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्।
  • यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र जमिन हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।
  • तोरीको दाना सानो हुन्छ, तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ । त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड
  • जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।
  • जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने, ऊ नै असल साथी हो।
  • दुर्जनको कुरा सधै आडम्वरले भरिएको हुन्छ ।
  • जो व्यक्ति बाठो हुन्छ,ऊ शान्त रहन्छ ।जो व्यक्ति बाठो छैन, त्यो व्यक्ति आफूलाई बाठो देखाउने प्रयास गरिरहन्छ ।
  • हामीले आशिर्वादको लागि मात्र भगवानको प्रार्थना गर्नुपर्छ । हाम्रो लागि के राम्रो हुन्छ भन्ने त भगवान स्वयंलाई नै थाहा छ।

Share This:

विश्व समाचार

  • इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् ।
  • युक्रेनको सुरक्षा स्थितिलाई ध्यानमा राखी त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा पुर्याउन सहजीकरण भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
  • दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी ९डीपी० ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ ।

Share This:

आर्थिक समाचार

  • नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
  • बैतडीको पुर्चौडी नगरपालिका वडा नं। १ खडिखेत स्थित जमाडी नदिमा मोटर पुल निर्माण द्रुत गतिमा अघि बढेको छ । ४बर्ष अघि पिल्लर ठड्याएर अलपत्र अवस्थामा अलपत्र रहेको पुल अहिले निर्माण हुन लागेको हो ।
  • वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

Share This:

खेलकुद समाचार

  • घरेलु टोली ओमानले एसीसी प्रिमियर कपमा बहराइनलाई ३ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
  • विश्वकै खेलाडीहरु यतिखेर साढे चार महिनापछि हुने पेरिस ओलम्पिकको अन्तिम तयारीमा छन् । क्युबाका कीर्तिमानी रेस्लर मिजइन लोपेज पनि यस्तै खेलाडी हुन्( जो ओलम्पिकमा पाँचौं स्वर्णपदक जित्ने ध्याउन्नमा छन् ।ओपनर एलिशान शराफु र मध्यक्रमका ब्याटर आसिफ खानको उत्कृष्ट ब्याटिङमा युएईले एसीसी प्रिमियर कपमा कुवेतलाई ७ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

Share This:

(रोचक जानकारी) अफ्रिकाको हिम्बा जनजाति, जो बिहेको दिनमा मात्रै नुहाउँछन्

शहर र गाउँमा बसोबास गर्ने मानिसहरु प्राय उस्तै देखिन थालेका छन् । उनीहरुको जीवनशैली, उनीहरुको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ । तर, जंगलमा बस्ने जनजातिहरू अझै पनि आम मानिसभन्दा बिल्कुलै भिन्न रहने गरेका छन् ।

विभिन्न जनजातिहरू फरक फरक तरिकाले बस्छन्, त्यसैले आज हामी तपाईंलाई एक विशेष जनजातिको बारेमा बताउन गइरहेका छौं, जुन आधुनिकताबाट धेरै टाढा छ र आफ्नो पुरानो परम्पराको आधारमा बाँचिरहेको छ ।

आज नामिबियाको एउटा यस्तो जनजातीको कुरा गर्नेछौं, जो उनीहरूका मौलिक रहनसहनका कारण अद्वितीय रहेका छन् । नामिबिया अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा देश हो, जहाँ आज पनि धेरै जनजातिहरू शताब्दीयौं पहिले जस्तै जंगलमा बस्दै आएका छन् । संसारको सबैभन्दा फरक देखिने हिम्बा जनजाति यहाँ बस्छन् ।

द गार्डियनका अनुसार नामिबियामा हिम्बा जनजातिका मानिसहरू मुख्यतया किसान हुन् । यी मानिसहरू शताब्दीयौंदेखि खेतीपाती गर्दै आएका छन् र पशुपालन गरेर आफ्नो जीवन बिताइ रहेका छन् । विशेषगरी गाई, भेडा र बाख्रा पालेर उनीहरुले आफ्नो जीवन बिताउँछन् । यस जनजातिमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ । वास्तवमा यी हिम्बाहरू बाहिर बस्छन् र शिकार गर्छन् र जनावरहरूको हेरचाह गर्छन् । जहाँ महिलाले घरको हेरचाह गर्ने र खाना र पानीको व्यवस्था गर्ने गर्दछन् ।

हिम्बा जनजातिमा बालिकाको विवाह सानै उमेरमा गरिन्छ । यहाँ एक पुरुषलाई एक पटक भन्दा बढी विवाह गर्न अनुमति दिइएको छ । भनिन्छ, यी महिला विवाहको दिन मात्र पानीले नुहाउने गर्छन्, नत्र उनीहरू जीवनभर बाफले मात्र नुहाउँने गर्छन् तिनीहरूको रातो छालाको रहस्य नामिबियाको रातो माटो हो । वास्तवमा हिम्बा मानिसहरूले यो रातो माटोमा जनावरको बोसो मिसाएर पेस्ट बनाउँछन् र त्यसपछि आफ्नो शरीरमा लगाउँछन्। तिनीहरू प्रत्येक दोस्रो वा तेस्रो दिन यो गर्छन् । यही कारण उनीहरुको पूरै शरीर रातो देखिन्छ । यो पेस्टले आफ्नो छालालाई जोगाउँछ भन्ने हिम्बा समुदायको विश्वास छ । विशेष गरी संक्रमण र चर्को घामबाट जोगाउने उनीहरूको विश्वास रहेको छ ।

Share This:

सकारात्मक ज्ञानमञ्च

  • स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
  • कसैको इष्र्या र डाहा नगर्ने ।
  • आफ्नो काममा नै मस्त हुने ।
  • बढि महत्वकांक्षी नहुने ।
  • आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
  • देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।
  • मनोवैज्ञानिकहरुका अनुसार जब तपाई थाकेको हुनुहुन्छ तब तपाईको दिमागले बढी रचनात्मक तरिकाले काम गर्छ ।
  • विहान घाममा धेरै बेर समग बिताउने व्यक्तिलाई तनाव वा डिप्रेशन कम हुन्छ ।

Share This:

चुट्किला

धुर्मुसले रिसको झोकमा सुन्तलिलाई दुई थप्पड हानेछ र एकछिनमा मायालु पाराले भनेछ ।
मान्छेले त्यस्तो मान्छेलाई मात्र पिट्छ, जसलाई उ सबै भन्दा धेरै माया गर्छ बुझ्यौ सुन्तु
त्यसको बदलामा सुन्तलीले धुर्मुसलाई २ थप्पड, ३ लात्ती र ४ भाटा हानेपछि भनि,
तिमीलाई के लाग्छ धुर्म माया गर्न तिमीलाई मात्र आउछ मेरो प्यारो धुर्मु?

Share This:

बच्चाहरुलाई बुद्धिमान कसरी बनाउने ?

  • स्तनपान गराउनुहोस्
  • किताब पढ्न लगाउनुहोस्
  • दिमागी खेल खेलाउनुहोस्
  • पौष्टिक आहार दिनुहोस्
  • पर्याप्त निन्द्रा

Share This:

मेकअप गर्दा गरिने सामान्य गल्तीहरु

  • धेरै मेकअप गर्नु
  • मोश्चराइजर विना मेकअप गर्नु
  • छालामा रहेको डेड सेल्स नहटाई मेकअप गर्नु
  • फोहोर मेकअफ ब्रसको प्रयोग
  • ब्लश गर्दा ब्लेन्ड नगर्नु
  • मेकअप गर्दा औंलाको प्रयोग गर्नु
  • लिप लाइनर
  • मेकअप हटाउन नभुल्नुहोस्
  • डार्क सर्कल लुकाउन कल्सिलर

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com