सर्घष र सफलता

  • हाम्रो जीवनको उद्देश्य खुसी हुनु हो ।
  • तिमी एकपटक मात्रै बाँच्छौ तर सही सँग बाँचेमा एक पटक नै पर्याप्त हुन्छ ।
  • सबै जीवन एक प्रयोग हो। तपाईंले जति धेरै प्रयोगहरू गर्नुहुन्छ त्यति नै राम्रो हुन्छ ।
  • सफल मानिस त्यो हो जसले अरुले हानेको इँटाले बलियो जग बसाल्छ ।
  • नराम्रोसँग असफल हुने हिम्मत गर्नेहरूले ठूलो उपलब्धि हासिल गर्न सक्छन् ।
  • आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् ।
  • सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् । उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछी हट्दैनन् ।
  • संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो ।
  • अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ ।

Share This:

खेलकुद समाचार

  • वर्ल्ड ट्रायथलनकी अध्यक्ष मारिसोल कासाडो ३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेकी छिन् ।
  • शहीद स्मारक सी डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लब र रानीवन स्पोर्ट्स क्लबले बुधबार १(१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
  • नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।
  • इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।
  • नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ।

Share This:

मनोरञ्जन समाचार

  • केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट प्रदर्शनमा आउँदै छ । फिल्मको नाम सुन्दा ‘हरर’ महसुस भए पनि यो सामाजिक ‘थ्रिलर’ रहेको अभिनेतृ केकी र निर्माण टीमले बताइरहेको छ ।
  • २०७९ र ८० सालको छिन्नलता गीत पुरस्कार घोषणा, गायनतर्फ शिव परियार र मनिला सोताङलाई दिईएको छ ।
  • करिब ६ वर्षअघि झापाको दमकस्थित सडकमा गीत गाएर पैसा माग्दै हिंड्ने अशोक दर्जी चर्चित गायकका रुपमा परिचित छन् । उनै गायक अब भने फिल्मको हिरो बन्ने निश्चित भएको छ ।
  • बाँकेको नेपालगन्जमा सञ्चालित सिनेरोयल सिनेमा थिएटरले सर्वश्रेष्ठ सिनेमा हलको अवार्ड पाएको छ ।

Share This:

बिक्री व्यवसाय बढाउने रणनीति

  • आफ्नो वस्तु तथा सेवाको बारेमा जान्नुहोस् ।
  • आफ्नो सञ्चार कौशलको विकास गर्नोस् ।
  • आफ्ना ग्राहकहरूलाई बुझ्नुहोस् ।
  • सम्बन्ध निर्माणमा फोकस गर्नुहोस
  • निरन्तर सिकाइलाई ध्यान दिनोस् ।
  • सहकर्मीहरूसँग सहकार्य गर्नुहोस् ।

Share This:

स्वस्थ्य समाचार

  • मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् ।
  • कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकमाथि कारबाही गर्ने भएको छ ।
  • मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादनका लागि कोइलाको सट्टा प्लास्टिक जन्य वस्तु चाउचाउ, चक्लेट आदिको खोल इन्धनको रुपमा प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर परेको छ ।
  • सरकारी सेवामा कार्यरत कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कार्यालय समयमा आफ्नो डिउटी छाडेर निजी अस्प्ताल, क्लिनिक तथा नर्सिङ होम तथा मेडिकल हलहरुमा नधाउन पुन निर्देशन दिएको छ ।

Share This:

सकारात्मक ज्ञानमञ्च

  • मनमा नपुगेर दिमागमा मात्र रहेको शिक्षा भनेको शिक्षा नै होइन ।
  • तिमीले पाउने अवसरले होइन, तिमीले लिन निर्णयले तिम्रो गन्तव्य तय गर्छ ।
  • अनुशासनले तिमीलाई स्वतन्त्रता दिन्छ ।
  • तिम्रो दैनिक बानीले तिम्रो परिचय बनाउँछ ।
  • अँध्यारोको समयमा आफृुलाई प्रकाश आएतिर केन्द्रीत गर ।
  • दिमागको शक्तिले नै जीवनको सार बताउँछ ।
  • तिमीले साहस विना संसारको कुनै पनि काम गर्न सक्दैनौं ।
  • धैर्यता निकै नै कठिन हुन्छ । तर, त्यसको फल त्यो भन्दा कयौं गुणा मिठो हुन्छ ।
  • जुन व्यक्तिले आफू भित्रको डरलाई जितेको हुन्छ, त्यो व्यक्ति स्वतन्त्र व्यक्ति हो ।
  • पिडा विना तिमीले केही पनि सिक्दैनौं ।
  • आफूलाई जित्नु भनेको अरुलाई जित्नु भन्दा कठिन काम हो ।
  • साथी बन्न सजिलो हुन्छ । तर, मित्रता निभाउन फल पाक्नु जत्तिकै कठिन हुन्छ ।
  • आशा भनेको हिडिरहने सपना हो ।
  • शिक्षाका जराहरु तिता हुन्छन्, तर, फल मिठा हुन्छन् ।
  • ठूलो सफलताका लागि थोरै पागलपन चाहिन्छ नै ।

Share This:

विश्व समाचार

  • ताइवानामा गएरातिदेखि आज बिहानसम्म निरन्तर भूकम्प गएको छ । राति ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएपछि बिहानसम्म ८० वटा परकम्प महशुस गरिएको छ ।
  • गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गर्दैछ भन्ने कुराको सम्झना गराएको थियो ।
  • सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
  • यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ ।

Share This:

नेताहरु भष्टाचारी छन

एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ
भोली पल्टको पत्रीका मा समाचार छापियो ” हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन

Share This:

जादुई बगैचा

कुनै समयको कुरा हो, एउटा विशाल जङ्गलको बीचमा एउटा जादुई बगैंचा थियो । बगैचा कसले बनायो र कसरी अस्तित्वमा आयो भन्ने कसैलाई थाहा थिएन। तर एउटा कुरा निश्चित थियो, बगैचा जादुई थियो।

बगैचा विभिन्न रंग र आकारका सुन्दर फूलहरूले भरिएको थियो। फूलहरू सूर्यको किरणमा हीरा जस्तै चम्किए र हावा भरिएको मीठो सुगन्ध उत्सर्जन गर्थे। बगैचामा परीहरू, युनिकर्नहरू र कुरा गर्ने जनावरहरू जस्ता धेरै जादुई प्राणीहरूको घर पनि थियो।

एक दिन, लिली नामक केटीले जंगलमा घुम्दै गर्दा बगैंचामा ठक्कर खाइन्। बगैँचाको सौन्दर्य र त्यसमा बस्ने जादुई जीवहरू देखेर उनी छक्क परिन्। उनले बगैचा अन्वेषण गर्ने र प्राणीहरूसँग मित्रता गर्ने निर्णय गरिन्।

बगैँचाको वरिपरि हिंड्दा, उनले एउटा कुरा गर्ने खरायोलाई भेटिन् जसले उनलाई बगैंचा श्रापमा परेको बताए। श्राप एक दुष्ट बोक्सी द्वारा राखिएको थियो जसले बगैंचाको सुन्दरतालाई नष्ट गर्न चाहन्थे। श्रापले फूलहरूलाई ढुङ्गामा परिणत गरेको थियो, र जादुई प्राणीहरूले आफ्नो शक्ति गुमाउँदै थिए।

लिली श्राप तोड्न र बगैचा बचाउन कटिबद्ध थियो। उनले बोक्सीलाई खोजे र नजिकैको गुफामा भेट्टाइन्। बोक्सी एक शक्तिशाली थियो, तर लिली बहादुर र चतुर थियो। उनले बोक्सीलाई पछाडी पारिन् र बोल्ने खरायोले उनलाई दिएको जादुई छडीको सहायताले श्राप तोडिन्।

श्राप तोड्ने बित्तिकै, बगैचा फेरि जीवित भयो। फूलहरू आफ्नो मौलिक रूपमा फर्किए, र जादुई प्राणीहरूले आफ्नो शक्तिहरू पुन: प्राप्त गरे। बगैचा पहिलेको भन्दा धेरै सुन्दर थियो।

लिली जादुई बगैचाको संरक्षक बन्यो र हरेक दिन यसलाई भ्रमण गर्यो। बगैचा उनको मनपर्ने ठाउँ बनिसकेको थियो, र त्यहाँ उनले धेरै नयाँ साथीहरू बनाएकी थिइन्। उसलाई थाहा थियो कि बगैचा एक विशेष ठाउँ हो जसलाई सुरक्षित गर्न आवश्यक छ, र उनले यसलाई सधैंभरि सुरक्षित राख्ने वाचा गरिन्।

त्यस दिनदेखि, बगैचालाई जादुई बगैंचा भनेर चिनिन थाल्यो, र यो जादुई ठाउँ बन्यो जसले यसलाई भ्रमण गर्ने जो कोहीलाई खुशी दिन्छ।

Share This:

आर्थिक समाचार

  • साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक २।१८ अंक बढ्यो ।
  • नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार हुने भएको छ ।
  • कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ ।
  • भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ ।
  • स्पोर्ट्स वेयर जाइन्ट एडिडासले ३० बर्षमा पहिलो पटक घाटा बेहोरेको छ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com