“उनका कथाहरुले हामीलाई नांगो आँखाले संसार हेर्न र निर्भयताका साथ जीउने शिक्षा दिन्छ । साथै अन्यायको विरोध गर्न पनि सिकाउँछ ।”
आज ईसपको कथा संसारका हरेक देशमा पढ्ने र सुन्ने गरिन्छ । संसारका ठूला ठूला लेखकहरु उनको सम्मानमा शीर निहुर्याउँछन् । किनकी उनको कथामा जादु छ । उनका कथाहरुले साना देखि ठूला सबैलाई लोभ्याउँछ । उनका कथाहरु निकै लोकप्रिय छन् किनकी उनका कथाहरु सत्यतामा आधारित हुन्छन् । उनका कथाहरु पाठ्यक्रहरुमा पनि पढाइने गरिन्छ । उनका कथाहरुले हामीलाई नांगो आखाले संसार हेर्ने र निर्भयताका साथ जीउने शिक्षा दिन्छ । साथै अन्यायको विरोध गर्न पनि सिकाउँछ । तर यस्तो कथा रच्ने ईसपको जीवन पनि कुनै कथा निकै नै मार्मिक छ । उनको जन्म लगभग २५ हजार वर्ष पहिले यूनानमा भएको थियो । त्यसबेला यूनानमा दास प्रथा भरम सिमामा थियो । मानिसलाई दास बनाएर बजारमा बेचिन्थ्यो, जसरी गाई बाख्रा बेचिन्छ । धनी मानिसहरुले दासहरु किनेर लैजान्थे र मनपरी काम गर्ने लगाउँथे । उनीहरुलाई निकै यातना दिइन्थ्यो । उनीहरुलाई घोडाले जस्तै गाडी तान्न लगाइन्थ्यो, छिटो हिँड्न नसक्दा ढाडमा कोर्रा बर्साइन्थ्यो ।
यसै गरी बजारमा बिक्ने एक दास हुन् “ईसप” । ईसप त्यसबेला नवयुवक थिए र उनी भित्र स्वाभिमान र स्वतन्त्रताको आँधी चलिरहेको थियो । उनले आफु जीतै जोशीलो र बलियो दासहरु भेला पारे जो गुलामी सहनुलाई घृणा गर्थे । सबैले मिलेर संगठन बनाए र विद्रोह गरे । उनीहरुको विद्रोहले धनीहरुको होस् उड्यो। उनीहरुलाई ईसप त्यस संगठनको नेता हुन् भन्ने थाहा थियो । त्यसपछि सबै धनीहरुले मिलेर ईसपलाई बन्दी बनाए । उनलाई भयानक यातनाहरु दिइयो । तातो फलामले उनको सम्पूर्ण शरीर डामियो तर पनि ईसप शान्त भईरहे । उनको मन भित्र अझै पनि स्वतन्त्र हुने सपना चल्मलाईरहेको थियो ।