Yopoho Search :

Home

User Guide

About Us

Contact Us

Feedback

profession Articles
आर्दश श्रीमान

New Articles
अण्डाबारा
भेज मःम
fdgdf
आर्दश श्रीमान
फेशबुक (सोसल नेटवर्किंग)
चिल्लो खाना र मुटुको स्वास्थ्य
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
बाथरोग
युवावस्थामा हृदयाघात

Other Articles
अण्डाबारा
बाथरोग
फेशबुक (सोसल नेटवर्किंग)
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
आर्दश श्रीमान
भेज मःम
चिल्लो खाना र मुटुको स्वास्थ्य
युवावस्थामा हृदयाघात
fdgdf
युवावस्थामा हृदयाघात

NBC Reporter केही कुरा
सहरीकरणसँगै फेरँिदो जीवनशैली मानव शरीरको दृष्टिले अस्वस्थकर हुँदै गइरहेको छ । दक्षिण एसियामा सन् २०२० सम्ममा मुटुरोग महामारीका रूपमा फैलिने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरसिकेको छ । अहिले नेपालको सहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संख्या ३५ प्रतिशत रहेको चिकित्सकहरूको अनुमान छ । १० वर्षअघिसम्म मात्रै मुटुरोगले आक्रमण गर्ने तल्लो उमेरविन्दु ५० वर्ष थियोे । वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार, दस वर्षयता मुटुरोग पाँच गुणाले बढेको छ । अझ, काठमाडौँ उपत्यकामा सन् '६० देखि '७० बीचको एक दशकमा लगभग १ सय ५० वटा मात्र हृदयाघातका बिरामी देखिएका थिए । अहिले काठमाडौँमा मात्र प्रतिवर्ष एक हजारभन्दा बढी घटना अस्पताल पुगेर हृदयाघात प्रमाणित हुने गर्छन्् । सहिद गंगालाल हृदय केन्द्रको तथ्यांकले सन् २००१ देखि सन् २००८ को अवधिमा हृदयाघातका रोगीहरू प्रतिवर्ष दोब्बरभन्दा धेरै संख्यामा बढिरहेको देखाउँछ । सन् २००१ मा उक्त अस्पतालमा जम्मा ६३ जना हृदयाघातका बिरामी आएका थिए भने सन् २००८ मा ९ सय २३ जना हृदयाघातका बिरामीले उक्त अस्पतालको सेवा लिएका थिए । त्यस अवधिमा त्यहाँ गएकाहरूमध्ये ५ दशमलव ९ प्रतिशत अर्थात् ५५ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । अस्पतालको हृदयरोग पुनःस्थापना तथा स्वास्थ्य प्रवर्द्धन विभागका प्रमुख डा दिवाकर शर्माका अनुसार, हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको अस्पताल नै पुग्न नपाई मृत्यु हुन्छ । हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्छन् भने १० प्रतिशतलाई बचाउन सकिँदैन । लगभग ४० देखि ५० प्रतिशत बिरामी त पहिलो हृदयाघातमै जीवन गुमाउँछन् । हाल कुल मुटुरोगीमध्ये सहरमा ३५ र ग्रामीण क्षेत्रमा १५ प्रतिशत युवा पीडित रहेको अनुमान छ । वरष्िठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार, हाल देशको कुल जनसंख्याको झन्डै २० प्रतिशत अर्थात् ४५ लाख व्यक्ति मुटुरोगबाट पीडित रहेको अनुमान छ । ४० वर्ष आसपासका बिरामीको सर्जरी नै गर्नुपरेका घटना पनि बढिरहेका छन् । गंगालाल हृदय केन्द्रमा २५ वर्षको उमेरका मुटुरोगीको पनि बाइपास सर्जरी गरएिको उदाहरण छ । उक्त अस्पतालमा आएका बिरामीमध्ये औसतमा ३७ वर्षदेखि ५० वर्ष उमेर समूहका ५० देखि ६० प्रतिशत छन् । ५० वर्षमाथिका ४० प्रतिशत मात्र बिरामी रहेको अस्पतालको मुटु शल्यक्रिया विभाग प्रमुख डा ज्योतिन्द्र शर्मा बताउँछन् । ३७-५० वर्ष उमेर समूहका बिरामीहरूमध्ये प्रायः धुम्रपान गर्नेहरू बढी छन् । त्यसपछि उच्च रक्तचाप, मधुमेह र वंशानुगत बिरामी छन् । कोलेस्ट्रोलको मात्रा उच्च भएका बिरामी पनि धेरै छन् । मुटुरोग विशेषज्ञ डा भरत रावतका अनुसार, नर्भिक इन्टरनेसनल अस्पतालमा आउने बिरामीको कुल संख्यामा १० प्रतिशत मुटुरोगी हुन्छन् । ती मुटुरोगीमध्येे एक जनाको सर्जरी गर्नुपर्ने हुन्छ । उक्त अस्पतालमा सन् २००८ सम्ममा करबि तीन हजार मुटुरोगीको मुटु परीक्षण -कोरोनरी एन्जियोग्राफी) गरएिको छ भने अस्पतालमा आएर हृदयाघात भई निधन भएका करबि ७० घटना छन् । यस्तै, सो अस्पतालमा अहिलेसम्म करबि पाँच सयको बाइपास सर्जरी गरएिको छ ।
किन बढ्दैछ हृदयाघात ?
धुम्रपानः सहिद गंगालाल हृदय केन्द्रको बहिरंग विभाग -ओपीडी)मा नियमित परीक्षणमा आएका एक मुटुरोगीलाई चिकित्सक आइन्दा उनको परीक्षण नगर्ने चेतावनी दिँदै थिए । कारण थियो, उनले अझै चुरोट पिउन नछोड्नु । तत्काल चुरोट पिउन नछोडे उनको रोग नियन्त्रणबाहिर जाने चेतावनी चिकित्सकले दिइरहेका थिए । वरष्िठ मुटुरोग विशेषज्ञ डा कोइरालाका अनुसार हृदयाघातबाट जीवन गुमाउने अधिकांश युवा चुरोट र सुर्तिजन्य पदार्थको सेवन गर्थे भने केही उच्च कोलेस्ट्रोलको समस्याबाट ग्रस्त थिए । अर्थात्, चुरोट र सुर्तिजन्य पदार्थको अत्यधिक प्रयोग हृदयाघातको एक मुख्य कारणका रूपमा विकास हुँदैछ । १८ वर्ष उमेर पार नहुँदै चुरोट सेवन गर्ने क्रम पछिल्लो समयमा ह्वात्तै बढेको पनि सर्वेक्षणहरूको संकेत छ । चिकित्सकहरूका अनुसार, चुरोटमा हुने निकोटिनले नसाहरूको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्‍याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरँिदै जान्छ र समयक्रमसँगै मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयाघात हुन्छ । निकोटिनले शरीरभित्र अनेक खालका विकारहरू पनि उत्पन्न गराउँछ । जस्तो, नसा खुम्चिने, सुन्निने र नसाको भित्री भागमा चोट पुग्ने । त्यसरी चोट लागेको ठाउँमा 'प्लाक' -थेग्रो) नामको कोलेस्ट्रोलयुक्त पदार्थ थुपि्रँदै जान्छ । थेग्रो बढ्दै जान्छ र जमेकै ठाउँमा फुटिदिन्छ । त्यसबाट थप 'प्लाक' जम्मा हुन्छ । जब नसा शतप्रतिशत बन्द हुन्छ, त्यसपछि रगत पुग्न नसकेको मुटुको मांसपेशी मर्छ । मुटुरोग विशेषज्ञ दिवाकर शर्माका अनुसार, धेरै अध्ययनहरूले चुरोट र सुर्तिजन्य पदार्थ हृदयाघातको एक प्रमुख कारण भएको देखाइसकेका छन् । नेपालमा मात्र लगभग ४० देखि ५० प्रतिशत वयस्क जनसंख्या धुम्रपानको कुलतमा छ । "सहरी युवामा बढ्दो हृदयाघातको मुख्य कारण पनि त्यही हो," डा रेग्मीका अनुसार हृदयाघातको ३० देखि ४० प्रतिशत कारण धुम्रपान नै हो । धुम्रपानले क्यान्सर लाग्छ भन्ने धेरैलाई थाहा छ तर हृदयाघात हुन्छ भन्ने कुरा कमलाई मात्र थाहा छ । चुरोटको धूवाँ र सुर्तिजन्य पदार्थमा पाइने निकोटिन, कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड र टारलगायतका हानिकारक तत्त्वहरूले मुटुरोग गराउने हुन् । उच्च रक्तचापः धुम्रपानपछि हृदयाघातको अर्को प्रमुख कारण उच्च रक्तचाप हो । समयमा रक्तचापलाई नियन्त्रण गर्न नसक्नेहरूले रक्तचापकै कारण हृदयाघातको सामना गर्नु पररिहेको छ । उच्च रक्तचापले रक्तनलीमा दबाब बढाउँदा त्यो कमजोर हुन्छ र 'थेग्रो' जम्मा गराउन मद्दत पुर्‍याउँछ । त्यो प्रक्रिया एक्कासि नभएर विस्तारै हुँदै जान्छ । चिकित्सकहरूका अनुसार, उच्च रक्तचापको समस्या नेपालको वयस्क जनसंख्यामध्ये सहरमा -१८ वर्षमाथिलाई) ३० देखि ३५ प्रतिशतमा छ । गाउँघरमा उच्च रक्तचाप १८ प्रतिशतजति छ । सामान्यतया स्वस्थ व्यक्तिको रक्तचाप ८० र १ सय २० को बीचमा रहनुपर्छ । त्यसभन्दा बढीको अवस्थालाई उच्च रक्तचापको अवस्था भनिन्छ । शरीरमा नुनको मात्रा बढी हुँदा, मानसिक तनाव बढ्दा, शरीरमा कोस्ट्रोलको मात्रा धेरै हुँदा उच्च रक्तचापको समस्या उत्पन्न हुन्छ । उच्च रक्तचापका अरू धेरै कारण पनि छन् । ती सबै कारणबारे अझै पनि चिकित्सा विज्ञानले समेत थाहा नपाएको चिकित्सकहरू बताउँछन् । उच्च रक्तचाप नियन्त्रणमा राख्न आहारविहार र जीवनशैलीमा परविर्तन आवश्यक हुन्छ । नियमित व्यायाम, सन्तुलित भोजन र नियमित दिनचर्या उच्च रक्तचाप नियन्त्रणका उपाय हुन् । त्यसबाहेक सोडियम क्लोराइड -नुन)को सेवनमा नियन्त्रण र नियमित औषधि सेवनले पनि उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । कोलेस्ट्रोलः रगतमा कोलेस्ट्रोल भन्ने बोसोयुक्त पदार्थ हुन्छ । कोलेस्ट्रोल असल र खराब दुई किसिमको हुन्छ । शरीरमा ती दुई किसिमको मात्रा पनि निश्चित विन्दुभन्दा धेरै हुनु हुँदैन । एचडीएल नामको असल कोलेस्ट्रोल २ सय २० एकाइ -एमजी पर डीएल)सम्मलाई सामान्य मानिन्छ । एलडीएल नामको खराब कोलेस्ट्रोलचाहिँ १ सय ३० एकाइभन्दा तलै हुनुपर्छ । ती दुवैको मात्रा बढी हुँदा नसामा थेग्रो जम्छ र सामान्य रक्तसञ्चार प्रणालीमा गडबडी हुन्छ । मुटुका रक्तनलीमा त्यस्तो थेग्रो जम्न जाँदा हृदयाघात हुन्छ । कोलेस्ट्रोल व्यवस्थापन गर्ने एउटा तरकिा खाना नै हो । बोसो, चिल्लोयुक्त खानेकुरा, मासु कम खाने र सागसब्जी, फलफूल र चिल्लो नभएको खानामा जोड दिने हो भने कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न सकिन्छ । नियमित व्यायाम पनि कोलेस्ट्रोल घटाउने एउटा उपाय हो । मासु, चिल्लो, बोसोयुक्त खानेकुरा र फास्टफुड मुटुका लागि खतरनाक खाद्यवस्तु मानिन्छन् । मःम, आलु चिप्स, पिज्जा, चिल्लोमा तारेको खाद्यपदार्थ, तारेको मासु, बिस्कुट, चाउचाउलगायतका फास्टफुड मुटुरोगका मूल कारक नै मानिन्छन् । फास्टफुडमध्ये आलुचिप्समा 'ट्रान्स फ्याट' नामको मुटुका लागि अत्यन्त हानिकारक चिल्लो पदार्थ हुन्छ । धेरैपटक तताएको तेलमा आलु चिप्स बनाइएको हुन्छ । वरष्िठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीका अनुसार, घिउ र नौनीमा पाइने बोसो -सेचुरेटेड फ्याट) भन्दा पनि हानिकारक हुन्छ, यो । धेरैपटक तताएको तेल र वनस्पति घिउमा यस्तो बोसो पाइन्छ । अझ, तेलमा शतप्रतिशत रगतलाई बाक्लो बनाउने बोसो -ट्राइग्लाइसिराइड) हुन्छ । रगत बाक्लो हुँदा रक्तसञ्चारमा गडबडी मात्रै हुँदैन, रक्तचाप पनि बढ्छ । मधुमेहः हृदयाघातको अर्को कारण मधुमेह पनि हो । शरीरमा चिनी अर्थात् ग्लुकोजको मात्रा आवश्यकताभन्दा धेरै हुन जानु नै मधुमेह अर्थात् चिनीरोग लाग्नु हो । मान्छेको रगतमा ७० देखि १ सय ५० मिलिग्रामभन्दा बढी चिनीको मात्रा हुँदा रगत पातलो हुन गई थेग्रो जम्मा हुन्छ । नजानिँदो ढंगले बढ्ने त्यही थेग्रोले हृदयाघात गराउँछ । नेपालको वयस्क जनसंख्याको १० प्रतिशतमा मधुमेहको समस्या रहेको अनुमान छ । गाउँघरमा मधुमेह वयस्क जनसंख्याको पाँच प्रतिशतलाई छ । कार्बोहाइड्रेड अर्थात् भात, आलु, गुलियो पदार्थ आदिमा पाइने तत्त्व बढ्दा मधुमेह रोगको अवस्था आउँछ । नियमित व्यायाम र कार्बोहा� ��ड्रेडयु� �्त भोजनमा कटौती गरेमा मधुमेह नियन्त्रण गर्न सकिन्छ । तनावः कामको बोझ वा अन्य यस्तै कारणले हुने मानसिक तनाव पनि हृदयाघातको एउटा कारण हो । तनावले शरीरमा हानिकारक रसायनहरू उत्पन्न हुन्छन् । ती रसायनले नसा खुम्चिने, नसामा चोट लाग्ने समस्या उत्पन्न हुन्छ । फलस्वरूप थेग्रो जम्न जान्छ । त्यति मात्रै नभई तनावले रक्तचाप र मुटुको चाल बढाउन मद्दत पुर्‍याउँछ । जसले अन्त्यमा हृदयाघातसम्म गराउँछ । प्रतिस्पर्धात्मक दिनचर्या, बढ्दो आवश्यकतालगायतका कारणले सहरी जनजीवनमा तनाव बढ्दै गइरहेको छ । सहरी युवाको तनावपूर्ण जीवनशैली पनि हृदयाघातको अर्को मुख्य कारणका रूपमा विकास भइरहेको छ । तनावबाट मुक्त हुने कुनै ठोस उपायचाहिँ चिकित्सकहरूसँग पनि छैन । उनीहरू तनाव पैदा हुने खालका क्रियाकलाप नगर्न मात्रै सुझाव दिन्छन् । वास्तवमा आजको समयमा बढ्दो प्रतिस्पर्धा र धपेडीयुक्त दिनचर्यालाई चाहेर पनि नियन्त्रण गर्न नसकिने अवस्थाले पनि मुटुरोग र हृदयाघातलाई मलजल गररिहेको छ । शारीरिक श्रममा कमीः हृदयाघातको अर्को कारण शारीरकि श्रममा कमी हो । व्यायामको कमीले शरीरमा बोसोको मात्रा बढाउँदा नै हृदयाघातको अवस्था तयार हुन्छ । उच्च क्यालोरी -शक्ति) भएको खानपान र उपभोग गरएिको क्यालोरी खर्च नहुँदा रगतमा कोलेस्ट्रोलका विभिन्न किसिमदेखि चिनीसम्मको मात्रा बढ्न जान्छ । फलस्वरूप उच्च रक्तचाप र मधुमेहको समस्या उत्पन्न हुन्छ । चिकित्सकहरू वयस्कहरूलाई दैनिक ४५ मिनेटदेखि एक घन्टासम्मको छिटो-छिटो हिँडाइको सुझाव दिन्छन् । अर्थात्, दैनिक करबि पाँच/छ किलोमिटरको हिँडाइले शरीरलाई हृदयरोगबाट टाढा राख्न मद्दत पुर्‍याउने उनीहरूको सिफारसि छ । नियमित योगले पनि शरीरलाई स्वस्थ बनाउने उनीहरूको सल्लाह छ । तर, दैनिक हिँड्ने, दौडिने, खेल्नेजस्ता क्रियाकलाप सबैभन्दा राम्रो हुने डा दिवाकर शर्मा बताउँछन् । मोटोपनाः नियमित व्यायामको अभाव अर्थात् शारीरकि रूपमा निष्त्रिmय जीवनशैली नै हो, मोटोपनाको कारण । मोटोपना भनेको शरीरमा अनावश्यक बोसो जम्मा हुनु हो । त्यस्तो बोसो शरीरका सबै भागलगायत नसाहरूमा पनि हुन्छ । नसामा बोसो जम्दा रक्तप्रवाहमा अवरोध उत्पन्न हुन गई उच्च रक्तचापको समस्या आउँछ । अतिरत्तिm बोसो हुनु भनेको कोलेस्ट्रोलका सबै प्रकारहरूको मात्रा पनि बढी हुनु हो । मोटोपन विशेष गरी कार्बोहा� ��ड्रेडयु� �्त भोजनको अधिक उपभोगले गर्दा हुने भएकाले रगतमा पनि चिनीको मात्रा सामान्यभन्दा बढी हुन जान्छ । यी सबै कारणले हृदयाघातलाई मद्दत पुर्‍याउँछ । शरीरको उचाइ अनुसारको तौल हुनुपर्ने सल्लाह छ, चिकित्सकहरूको । जसको मापदण्ड मान्छेको उचाइको कुल सेन्टिमिटरमा १ सय ५ या १ सय १० घटाएर आफ्नो शरीरलाई चाहिने तौल निकाल्न सकिन्छ । अझ, पेटमा बोसो जमेर भुँडी बढ्ने कुरालाई चिकित्सकहरूले खतरनाक अवस्थाको रूपमा चित्रित गर्ने गरेका छन् । त्यस्तो मान्छेमा मधुमेह र त्यसपछि हृदयाघातको सम्भावना अत्यधिक हुन्छ । पेटमा लाग्ने बोसो हृदयाघातको सहयोगी भएको अध्ययनबाटै प्रमाणित भएको वरष्िठ मुटुरोग विशेषज्ञ रेग्मी बताउँछन् । पेटमा लाग्ने बोसोले मधुमेहकोे पनि सम्भावना ज्यादा हुन्छ । पुरुषको ३५ इन्च र महिलाको ३० इन्चभन्दा बढी गोलाइको पेट नराम्रो हुने शरीर वैज्ञानिक सलील युसुफले सिफारसि गरेका छन् । पहिले उचाइ अनुसारको तौल भन्ने गरन्िथ्यो, मुटुरोगमा । दक्षिण र दक्षिणपूर्वी एसियामा अहिले पेटको साइजलाई जोड दिएका छन्, युसुफले ।




Please feel free to send comments

Name:
Address:
Contact No.:
E-mail:
Country:
Comments:

Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |