Yopoho Search :

Home

User Guide

About Us

Contact Us

Feedback

tourism Articles
भेज मःम
अण्डाबारा

New Articles
अण्डाबारा
भेज मःम
fdgdf
आर्दश श्रीमान
फेशबुक (सोसल नेटवर्किंग)
चिल्लो खाना र मुटुको स्वास्थ्य
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
बाथरोग
युवावस्थामा हृदयाघात

Other Articles
आर्दश श्रीमान
fdgdf
बाथरोग
भेज मःम
चिल्लो खाना र मुटुको स्वास्थ्य
युवावस्थामा हृदयाघात
अण्डाबारा
फेशबुक (सोसल नेटवर्किंग)
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
बाथरोग

NBC Reporter लक्षण (समस्या)
बाथज्वरो खासगरी ५ वर्षेखि १५ वर्षभत्रका बालबालिकामा बढी देखिने रोग हो । यो रोग २४ वर्षन्दा माथिको उमेरमा ज्यादै कम मात्रामा भएको पाइन्छ । यो रोग पुरुषभन्दा महिलाहरुमा बढी पाइएको छ । बाथज्वरो भएका बिरामीलाई लक्षणहरु देखा पर्न केही दिनअघि घाँटी दुख्ने गर्छ । ज्वरो बढ्दै गई १०३ देखि १०५ डिग्री फरेनहाइटसम्म हुन्छ । ज्वरो ३ हप्तासम्म आउँछ । तर कहिलेकाहीँ ३ महिनासम्म रहन सक्छ । शरीरमा पसिना ज्यादै आउँछ, पसिना आए पनि ज्वरो भने घट्दैन । नाडीको गति ज्यादै हुन्छ । नाडी, कुहिना, घुँडाजस्ता ठूला जोर्नीहरु बढी दुख्ने हुन्छ तर साना जार्नी नदुख्ने हुन्छ । दुख्ने जोर्नीहरु आराम गर्दा वा बेस्सरी चलाउँदा पनि कम हुँदैन । जोर्नीहरु सुन्निने हुन्छ र सरेर एउटाबाट अर्कोमा जान्छ । ज्वरो आउँदा दुखेको वा सुन्निएको पहिलो जोर्नीपछि दोस्रो जोर्नी दुखेमा पहिलो जोर्नीको दुखाइ कम हुन्छ । रोगको अवस्था खराब भएमा शरीरमा डल्ला गाँठाहरु देखिन्छन् । यी गाँठा एक सोन्टिमिटरदेखि डेढ सेन्टिमिटरसम्मका हुन्छन् । छाला मुनिका हाडहरु जस्तै- टाउकोपछाडिको भाग, कुमपछाडि, ढाड, हात, खुट्टाको अघिल्लो भागको हाडमा यस्ता गिर्खा भेटिन्छन् । रोगले ज्यादै खराब अवस्था लिएको खण्डमा यी गाँठाहरु ठूला र धेरै हुन्छन् । यी गाँठाहरुमा दुखाइ हुँदैन । यसलाई र्‍युमाटिक नोडुल भनिन्छ । यस रोगमा अरु समस्या पनि देखिन्छ । कम्मरको छेउको भाग र नितम्बतिर रातो चकाजस्तो देखिन्छ । कहिलेकाहीँ ज्रि्रो, हात, खुट्टाहरु आफैं चलिरहन्छन् । यसलाई र्‍युमाटिक कोरिया भनिन्छ । यो रोग लागेको अवस्थामा फोक्सोको बाहिरी आवरण पिल्युरा सुन्निन गई छाती दुख्न सक्छ । कहिलेकाहीँ पेटको दाहिने भाग पनि दुख्न सक्छ । यसरी दुख्दा ठूलो आन्द्राको छेउमा रहने औंलाजस्तो अंग ऐपिन्डिक्स सुन्निएको भनेर झुक्किन्छ तर एपिन्डिक्समा केही खराबी हुँदैन । बाथज्वरो भएको बेला नाकबाट रगत पनि बग्न सक्छ ।
असर
यो रोगको विशेषता नै मुटुमा असर पार्नु हो । रोग लाग्नेबित्तिकै उपचार नभएको खण्डमा मुटुमा असर पर्न सक्छ । यो रोगले गर्दा मुटुका तीन तहहरु पेरिकार्डियम, मायोकार्डियम र इन्डोकार्डियम सुन्निएर मुटु दुख्ने, मुटुका भल्भहरु खराब गर्ने र मुटुको आकार ठूलो भएर जाने गर्छ ।
सावधानि
वातावरण स्वस्थकर बनाउनुका साथै खासगरी बालबालिकाको लागि पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्छ । घाँटी, दुख्ने, हल्का ज्वरो आउने, जोर्नीहरु दुख्नेजस्ता समस्या आउँदा बेलैमा उपचार गर्नुपर्छ । यति मात्र गर्न सकेमा पनि बालबालिकालाई बाथ-मुटुको रोगबाट धेरै हदसम्म बचाउन सकिन्छ । बाथज्वरो भएको हो वा होइन भनेर थाहा पाउन रगत परीक्षण गर्नुपर्छ । रक्तपरीक्षणमा सेता रक्तकोषहरुको संख्या निकै बढी देखिन्छ । मुटुमा यस रोगले कुनै खराबी गरेको छ वा छैन भनेर थाहा पाउन इलेक्ट्रोग्राफी र इलेक्ट्रोग्राम गर्नुपर्छ । खासगरी बाथज्वरो अति गरिब राष्ट्रहरुमा बढी देखिने रोग हो । अति कम आयस्रोत र अस्वस्थ वातावरणमा बसोबास गर्ने बालबालिकाहरु नै यस रोगबाट बढी पीडित हुन्छन् । यो रोगको उपचार समयमै नभएमा मुटुका भल्भहरु खराब भई मुटु बिग्रिने भएकाले यस रोगबाट बच्न विशेष र्सतर्कता अपनाउनर्ुपर्छ । सूर्यको प्रकाश नछिर्ने, ओसिलो तथा चिसो कोठामा सुत्नुहुँदैन । विशेष गरेर हावाको प्रवाह -क्रस भेन्टिलेसन) भएको, चिसोपन नभएको र सूर्यको प्रकाश लामो समय छिर्ने कोठामा बस्नु स्वस्थकर हुन्छ ।


Please feel free to send comments

Name:
Address:
Contact No.:
E-mail:
Country:
Comments:

Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |