सात महिनामा ८ खर्ब ९७ अर्बकाे वस्तु आयात

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ प्रतिशतले निर्यात घटेको छ ।

विभागका अनुसार सात महिनामा सबैभन्दा बढी कार्पेट र अलैंची निर्यात भएको छ । साउनदेखि माघसम्म ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । अलैंची ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

Share This:

बच्चामा नेतृत्व गुण विकास गर्न सिकाउनुपर्ने ५ कुरा  

बच्चाहरूमा शारीरिक, भावनात्मक, बौद्धिक र मानसिक विकास हुने क्रममा नै नेतृत्व गुणको विकास भयो भने उनीहरूले आफ्नो क्षेत्रमा सफलता हात पार्न सक्छन् ।

बच्चामा नेतृत्व गुण विकास गर्ने सबैभन्दा राम्रो तरिका कुनै कुरा देखाएर नै हो । 

त्यसैले बच्चामा नेतृत्व गुण विकास गर्न शिक्षक र अभिभावकले बच्चालाई मुख्यगरी यी पाँच कुरा सिकाउनुपर्छ ।

सञ्चार सीप

हार स्वीकार्न

सामाजिक कार्यक्रममा सहभागी हुन

खेलकुदमा सहभागी गराउने

आत्मविश्वास बढाउन सहयोग गर्ने

Share This:

अन्तर्राष्ट्रिय फुटबलमा सावित्राको ५० गोल पूरा

 नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन् ।

साउदी अरेबियामा जारी वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत विहीबार इराक विरुद्धको खेलमा ५ गोल गर्दै सावित्राले उक्त कोशेढुंगा पूरा गरेकी हुन् ।

Share This:

नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, करण केसी खेल्दै

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।

दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

Share This:

बालबालिकालाई भावनात्मक रुपमा बलियो बनाउने ६ उपाय

 यदि बच्चा भावनात्मक रूपमा बलियो छ भने उसले हरेक कठिनाइलाई सजिलै पार गर्न सक्छ ।

  • बच्चालाई गाली नगर्ने
  • बच्चाले आफ्नो कुरा खुलेर भन्न सक्ने वातावरण सिर्जना गरिदिने
  • बच्चालाई समयको महत्त्व सिकाउने
  • समस्या समाधान गर्ने सीप सिकाउने
  • सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने
  • परिवारको महत्त्व बुझाउनुहोस्

Share This:

दाँत माझेपछि आधा घण्टासम्म मुख कुल्ला गर्नुहुँदैन

 बिहान र राती खाना खाइसकेपछि ब्रस गर्नुपर्छ ।

त्योभन्दा बाहेक ब्रस गरिसकेपछि मन्जनको जति फिँज आउँछ त्यसलाई थुक्दा हुन्छ तर पानीले आधा घण्टासम्म मुख कुल्ला गर्ने र खानेकुराहरू खाने गर्नुहुँदैन । 

जसरी नुनमा आयोडिन जरुरी हुन्छ त्यसरी नै मन्जनमा फ्लोराइड जरुरी हुन्छ । त्यो फ्लोराइडले हाम्रो दाँतलाई बलियो र स्वास्थ्य बनाउँछ । मुख कुल्ला नगर्दा त्यो फ्लोराइड मुखमा रहिरहन्छ । यतिमात्र नभएर खानपिनमा पनि हामीले उत्तिकै ध्यान दिनुपर्छ ।

Share This:

अभिभावकका ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव

  • बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु
  • बाहिरको रिस बालबालिकामा पोख्ने बानी
  • बच्चालाई आफूमा अत्यधिक निर्भर बनाउँदा
  • अन्य बच्चासँग तुलना गर्ने बानी
  • बच्चासँग कम बोल्ने बानी
  • बच्चाको अगाडि बसेर फोन चलाउने बानी 

Share This:

मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी १०उपाय

१. ब्यक्तिगत सम्बन्ध

२. मनोरञ्जनलाई समय दिनुस्

३. समूहमा सहभागी

४. सामूदायिक क्रियाकलाप  

५. आफ्नो हेरचाह

६. आफैलाई चुनौति

७. तनावको सामना

८. पुनर्ताजकी

९. बर्तामानको महसुस

१०. मद्दत

Share This:

मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी १०उपाय

१. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ ।

२. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ ।

३. समूहमा सहभागी : आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा  सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ ।

४. सामूदायिक क्रियाकलाप : सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् ।

५. आफ्नो हेरचाह : आफनो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ । यसले तपाईको मानसिक स्वस्थ्यमा टेवा पुर्याउँछ ।

६. आफैलाई चुनौति : कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हँुदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ ।

७. तनावको सामना : तपाईलाई कस्तो अवस्था र ब्यबहारले तनावमा ल्याउँछ । र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । र यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ ।

८. पुनर्ताजकी : मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ । नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानीदखिे तपाईँलाई ताजा राख्छ । यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टि भी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ ।

९. बर्तामानको महसुस : धेरे जसो मानिसको मस्तिष्कमा या त पहिलेकै समयमा भएको सफलता असफलताका बारेमा भविष्यको योजना खेलिरहेको हुन्छ । यो गरिरहदा कहिलेकाहि तपाइले वर्तमानलाई भूलेको हुन सक्छ । त्यसैले कहिलेकाहि भूत र भविष्य भूलेर वर्तमानलाई महसुस गरी रमाउन सिक्दछौं र मानसिक रुपमा स्वस्थ रहन सक्छौं ।

१०. मद्दत : अरुलाई मद्दत गर्दा तपाइलाई खुसी त मिल्छ नै तर तपाइ आफै आफनो समस्याको बेला कत्तिको मद्दत माग्नु हुन्छ । कतिपय कामको सिलसिलामा समस्या उतपन्न हुन्छ । र तपाइलाई मद्दतको जरुरी पर्छ । यस्तो अवस्थामा निधक्र्क भएर मद्दत माग्नु उत्तम हुन्छ । यसले आफनो समस्या सेयर हुनुको साथै समाधानको उपाय अथवा मद्दत नै मिल्ने संभावना बढी हुन्छ र तपाइ मानसिक तनावबाट मुक्त रहन सक्नुहुन्छ ।

Share This:

एकैसाथ मिसाएर नखानुहोस् यी खानेकुरा

१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

२. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ ।

३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

४. दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।

५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ ।

८. करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।

१०. बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास गर्छ।


Share This:

PHP Code Snippets Powered By : XYZScripts.com