Tuesday, September 21st, 2021

Author Archives: jeevan_admin

न्यूटनको नियमबाट सफलता प्राप्त गर्नुहोस्

धेरै मानिसहरु आफ्नो परिस्थिति परिवर्तन गर्न चाहन्छन् । तर धेरै प्रयास गर्दा पनि उनीहरुको जीवनमा कुनै सकारात्मक परिवर्तन आउदैन । जिन्दगी त्यही पुरानै तरिकाले चली रहन्छ । यस्तो हुनुको कारण केवल राम्रो सोचेर मात्र हुदैन ,बरु केही राम्रो पाउनका लागि केही राम्रो गर्नु पर्छ र केही राम्रो गर्नका लागि सकारात्मक दबाबको आश्यकता हुन्छ । जसले तपाईलाई राम्रो काम गर्न प्रेरित ... Read More »

आजको दुर्घटना तथा अपराध

– धनुषामा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आमा–छोराको शव फेला परेको छ । जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर निवासी अशोकी सिंहकी २८ वर्षीया पत्नी अर्चना सिंह र चार वर्षीय छोरा कुश कुमार सिंह घर नजिकैको पोखरीमा मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपीले जानकारी दिए । – प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । ... Read More »

राजनीतिमा आज

– लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहने बताएका छन् । आइतबार पकहामैनपुर गाउँपालिकामा शहीद शत्रुधन पटेलको छैठौं स्मृति दिवसमा उनले मधेसमा स्वशासनको अधिकार दिनुपर्ने बताए । – नेकपा एमालेको १० औं महाधिवेशनको विधानमा पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ। आइतबार स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ... Read More »

मनोरञ्जन/फिल्मी खबर

– नेपाली गायन क्षेत्रमा गायक कर्ण दासका गीतहरुले दर्शकको मन जिते । ‘ठूला ठूला महल हैन’ बोलका गीत गायक दासका छोरा मर्कुस दाहाल पनि गायन क्षेत्रमा अगाडि बढिरहेका छन् । मर्कुसले पहिलो म्युजिक भिडियो ‘थाहा छैन’ सार्वजनिक गरेका छन् । यो गीतमा कुशल पोखरेलको शब्द तथा संगीत छ । सार्वजनिक गीत ‘थाहा छैन’को भिडियोलाई मुर्कुस आफैले निर्देशन गरेका छन् । ... Read More »

आर्थिक/बिजनेश

– नेपाल राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ । – नेपाल विद्युत प्राधिकरण ... Read More »

विदेशमा आज

– फिलिपिन्सका बक्सिङ स्टार म्यानी प्याकियोले राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् । सत्तारुढ दल पीडीपी–लाबानको एउटा समूहले उनको नाम राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेको थियो । त्यसलाई स्वीकार गर्दै उनले फिलिपिन्सको राष्ट्रपति पदका लागि गरिएको मनोनयनलाई स्वीकार गर्ने बताएका छन् । – रूसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले बहुमत ल्याउने संकेत देखिएको छ । शुक्रबार, शनिबार र आइतबार भएको ... Read More »

खेलकुद

– बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । – रियल म्याड्रिडले अन्तिम चार मिनेटमा दुई गोल गर्दै स्पेनी ला लिगामा भ्यालेन्सियालाई २–१ ले हराएको छ । जितसँगै रियल अंकतालिकाको ... Read More »

श्रीकृष्णका सफलताका दश टिप्स

भगवान श्रीकृष्णले सिकाएका कुराहरु यस युगका युवाहरुका लागि पनि उतिकै महत्वपूर्ण छ जति अर्जुनका लागि थियो । उनी एक सफल व्यक्तित्व मानिन्छन् । उनको व्यवाहारिक ज्ञानलाई हामी हिन्दु ग्रन्थ भागवत गिताका रुपमा मान्छौ । यसले हरेक व्यक्तिको समस्या निदान गर्ने क्षमता राख्छ । त्यसैले उनले दिएको व्यवाहारिक ज्ञानको सारलाई मनन गरौ, जसले आजको प्रतिस्पर्धात्मक युगमा पनि सफलताको ग्यारेन्टी दिन्छ । ... Read More »

आजको दुर्घटना तथा अपराध

– पछिल्लो २४ घण्टामा सुर्खेतमा प्रहरीले जुवा खेलिरहेको ठाउँबाट एक लाख ७४ हजार नगदसहित १२ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–२, फलाटेबाट ६५ हजार नगदसहित चारजना, वीरेन्द्रनगरकै पवन होटलबाट ३५ हजार सहित ६ जना र न्यूरोडबाट ७४ हजार नगद सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । – विराटनगर आफ्नै घरको ४ तलामाथिबाट हामफाल्दा मोरङको सुन्दरहरैँचामा शनिबार राति ... Read More »

राजनीतिमा आज

– नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा १५-१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । स्थायी कमिटी बैठक भोलि पनि बस्ने तय भएको छ । – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस ... Read More »