Saturday, January 23rd, 2021

Author Archives: jeevan_admin

खेलकुद

– मुख्य प्रशिक्षक डेभ वाट्मोरले नेपालले वान–डे अन्तर्राष्ट्रियको मान्यता कायमै विश्वास व्यक्त गरेका छन् । हालै मात्र नेपालको मुख्य प्रशिक्षक नियुक्त उनले बिहीबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसहित पत्रकारमाझ उपस्थित वाटमोरले नेपाल आउन पाउँदा खुसी लागेको बताए । – पउल पोग्बाको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार फुलहमलाई २–१ ... Read More »

सोच (प्रेरक कथा)

एकपटकको कुरा हो, दुईजना जुम्ल्याहा पोलर बियर थिए । उनीहरु आमाको रेखदेखमा राम्रै सँग र्हुिर्करहेका थिए । एकदिन उनीहरुको आमाले घोषणा गरिन्, ‘आजदेखि तिमीहरुले आफ्नो हेरविचार आफै गर्नुपर्छ, अब म तिमीहरुलाई खानेकुरा खुवाउन सक्दिन र शिकार गर्न पनि अझै सिकाउँदिन । यति भनेर आमा केही नभनीकन घर छोडेर गई । अब दुई दाजुभाइले आफ्नो हेरविचार आफैले गर्नुपर्ने थियो । केहिबेर ... Read More »

मनोरञ्जन/फिल्मी खबर

– गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज गरिएको छ । चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानलमा रिलिज गरेको हो । चलचित्रको पाइरेसी भएपछि यसलाई हतारमा युटुबमा रिलिज गरिएको छ । निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमले चलचित्रको पाइरेसी कपी युटुबमा छ्याप्तछ्याप्ती भेटिन थालेपछि यसको निर्माणपक्षले हतारमा चलचित्र रिलिज गरेको ... Read More »

आर्थिक/बिजनेश

– नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । – कोभिड—१९ का कारण सन् २०२० को अन्त्यसम्म विश्वभरको उड्डयन क्षेत्रले ३ सय ७० अर्ब अमेरिकन डलरभन्दा बढीको क्षति व्यहोर्नु पर्यो। यस्तै उक्त अवधिमा ... Read More »

विदेशमा आज

– चिनियाँ अर्बपति ज्याक मा करिब तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । चिनियाँ सञ्चारमाध्यमका माले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको उल्लेख गरेका छन् । – रुसले विपक्षी नेता नाभाल्नीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रह अस्वीकार गरेको छ । मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने बताएको हो ... Read More »

खेलकुद

– महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । – लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फेरि उक्लन सफल भएको छ । यसका लागि उसले चेल्सीमाथि मंगलबार २–० ... Read More »

उधारो लालटीन (प्रेरक कथा)

जापानमा धेरै समय अघि बाँस र कागजबाट बनेको लालटीन, (जस भित्र मोमबत्ती हुन्थ्यो) उपयोग गरिन्थ्यो । एक पटक रातको समयमा एउटा अन्धो व्यक्ति आफ्नो साथीलाई भेट्न गयो । जब उ घर फर्किदै थियो, तब उसको साथीले उसलाई लालटीन दिदै भन्यो, ‘लेउ यो बोकेर जाउ ।’ अन्धोले भन्यो, ‘अन्धकार वा प्रकाश मेरा लागि सबै एक समान हो । मलाई लालटीनको कुनै ... Read More »

खेलकुद

– भारतले अस्ट्रेलियाविरुद्धको चौथो, अन्तिम तथा निर्णायक टेस्ट मंगलबार तीन विकेटले जितेको छ । भारतले जितका लागि ३ सय २८ रनको लक्ष्य पाएको थियो र त्यसलाई ऐतिहासिक रूपमा पछ्याउन सफल रह्यो । यससँगै पाहुना टिमले अपूर्व जित निकाल्न सकेको हो । – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा वाग्मती प्रदेश फुटबल संघको तदर्थ कमिटी गठन, आन्तरिक लेखापरीक्षणको ... Read More »

हिम्मत (प्रेरक कथा)

चाल्र्स डिकस अंगे्रजी साहित्यका नामी लखेक थिए तर लेखक हुनुभन्दा अघि उनि एउटा गोदाममा मजदूर थिए । लेख्नु उनको शौख थियो । यसैले बेला बेला समय निकालेर लेखहरु लेख्थे र प्रकाशित गराउन पठाउँथे तर उनको सबै रचनाहरु फिर्ता आउँथ्यो यसबाट उनले हार मान्न थाले, उनको धैर्यताको सिमा रहेन । एक दिन एउटा अंग्रेजी पत्रिकाको सम्पादकको पत्र उनले पाए । त्यसमा ... Read More »

जडिबुटी (प्रेरक कथा)

धेरै समय पहिला एउटा वृद्ध सन्यासी हिमाली क्षेत्रमा बस्ने गर्थे उनी निकै ज्ञानी थिए, उनको ख्याति टाढा टाढा सम्म फैलिएको थियो । एक दिन एउटी महिला ति वृद्ध निर आई र रुदै भनी ‘हे महात्मा मेरा श्रीमान् मलाई निकै माया गर्थे तर जब देखि उनी युद्धबाट घर फर्के उनी मसँग राम्ररी बोल्दा पनि बोल्दैनन् ।’ सन्यासीले भने ‘युद्धले मानिसको मन ... Read More »