- पानी धेरै पिउनुहोस्
- सनस्क्रिन अनिवार्य प्रयोग गर्नुहोस्
- मोइस्चराइज गर्नुहोस्
- अनुहारमा लगाइने मास्क प्रयोग गर्नुहोस्
- सही क्लिन्जर प्रयोग गर्नुहोस्
- एसपीएफ संग मेकअप प्रयोग गर्नुहोस्
- बिहान र बेलुका सफा गर्नुहोस्
- सधै खुसी हुनुहोस्
Author: jeevan_admin
प्रेरक कथा (डोरीको गाँठो र जीवनका समस्या)
एकदिन भगवान बुद्ध आफ्नो सभामा पुगे । त्यसबेला उनको हातमा डोरी थियो । बुद्धले आसन ग्रहण गरे र केहि नभनी डोरी गाँठो पार्न थाले ।
त्यहाँ उनका शिष्यहरु थिए । गौतम बुद्धले डोरीलाई गाँठो पारिरहेको देखेपछि उनीहरुमा जिज्ञासा उठ्यो, अब के गर्ने होला ?
तब बुद्धले सबैलाई एक प्रश्न गरे, ‘मैले यस डोरीको तीन गाँठो बनाए । अब म यो जान्न चाहन्छु कि, यो त्यही डोरी हो, जो गाँठो पार्नुअघि थियो ?’
एक शिष्यले उत्तर दिए, ‘गुरुजी यसको उत्तर दिनु थोरै कठिन छ । वास्तवमा यो हाम्रो हेराइमा निर्भर गर्छ । एक दृष्टिकोणबाट हेर्दा, डोरी त्यही हो, यसमा कुनै परिवर्तन छैन । अर्को कोणबाट हेर्दा, यसमा तीन गाँठो देखिन्छ, जो पहिला थिएन ।’
‘साँचो हो’ बुद्धले भने, ‘अब म यस गाँठोलाई खोल्नेछु ।’ यति भनेर बुद्धले डोरीको दुबै छेउमा समातेर जोडले तान्न लागे । उनले सोधे, ‘तिमीहरुलाई के लाग्छ, यस प्रकार डोरीलाई दुईतर्फबाट तान्दा गाँठो फुत्किएला ?’
‘होइन, होइन । त्यसो गर्नुभयो भने त त्यो गाँठो थप कसिलो बन्छ । र, यसलाई खोल्न मुश्किल पर्छ’ एक शिष्यले जवाफ दिए ।
बुद्धले भने, ‘ठिक छ, अब एक अन्तिम प्रश्न । भन, यस गाँठोलाई खोल्नका लागि हामीले के गर्नुपर्ला ?’
एक शिष्यले उत्तर दिए, ‘गुरुजी, यसका लागि हामीले हेर्नुपर्छ कि कसरी गाँठो परेको छ ।’
‘म यहि सुन्न चाहन्थें । मूल प्रश्न यही हो कि, जुन समस्यामा तिमी फेसका छौ, वास्तवमा त्यसको कारण के हो ? कारण नै पत्तो नपाई त्यसको समाधान संभव छैन ।’
उनी भन्दै गए, ‘मैलें देखेको छु कि, धेरैजसो मान्छे कुनैपनि समस्याको कारण नै नबुझी त्यसको समाधान खोजिरहेका हुन्छन् । कतिले मलाई सोध्छन् कि, मलाई किन रिस उठ्छ ? मानिसहरु सोध्छन् कि, म आफ्नो रिसलाई कसरी काबुमा राखौं ? कोहि यस्तो पनि सोध्छन् कि, मभित्रको अहंकारको कसरी उब्जियो ?
पि्रय शिष्य, जसरी डोरीमा गाँठो पारेर त्यसको प्रकृति बदलिदैन । त्यही प्रकार मनुष्यमा पनि केहि विकार आउँछ, तर ऊ भित्रको तत्व उहि हुन्छ । आवश्यक्ता के छ भने, कुनैपनि समस्याको कारण राम्ररी जान्नुपर्छ । जब कारण फेला पर्छ, त्यसको निवारण सहज हुन्छ ।’
जीवनी (गौतम बुद्ध)
बौद्ध धर्मका प्रवर्तक गौतम बुद्द हुन् । बाल्यकाल गौतम बुद्धको नाम सिद्धार्थ गौतम हो । गौतम बुद्धको जन्म इ. पु. ५६३मा भएको थियो । गौतमको मृत्यु इ पु ४८३ मा ८० वर्षको उमेरमा भएको थियो । गौतम बुद्ध शाक्य वंशका थिए । जन्म भएको जन्मजयन्ती वैैशाख शुक्ल पक्षको पुर्णिामाको दिन शुक्रबार भएको थियो । भगवान बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको तिलौराकोट बाट देवदह जादा बिचमा पर्ने लुम्बिनी भन्ने वनमा भएको थियो ।
गौतम बुद्धको माता मायादेवी र पिता शुद्दोदनको काखबाट जन्म भएको थियो । बुद्धको मावली रामग्राममा पर्दछ । सानिमा अर्थात् सौतेनी आमा प्रजापती हुन। प्रजापती मायादेवीकि बहिनी हुन् । गौतम बुद्धको पालानपोषण गर्ने काम प्रजापतिले गरेकी हुन् । गौतम बुद्धकी पत्नीको नाम यशोधरा हो । उनी कोलिय राज्यकी राजा दण्डपानीकि छोरी थिइन् । यसोधराको वास्तविक नाम गोपा थियो । यशोधरालाई बाल्यकालमा गाृपा नामले नै चिनिन्थ्यो । यशोधरालाइ बौद्ध धर्ममा धनकी देवि मानिन्छ ।
सिद्धार्थ गौतमका छोराको नाम राहुल हो ।सिद्धार्थकी दिदीको नाम नन्दाकुमारी हो । दाजु को नाम नन्दकुमार हो । सारथिको नाम छन्दक हो । सिद्धार्थ गौतमको घोडाको नाम कन्थक हो । गौतम बुद्धलाई मार्न खोज्ने व्यक्ति देवदत हुन् । बुद्दका शत्रु र राक्षस कृष्ण हुन् । सिद्धार्थ गौतमले गृह त्याग २९ वर्षको उमेरमा गरेका थिए । गौतम बुद्धले ३५वर्षको उमेरमा ज्ञान प्राप्त गरेका थिए ।
ज्ञान प्राप्त गरेको ठाउँ भारतको बोधगया हो । सिद्धार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरेको दिन बैशाख शुक्ल पुर्णिामाको दिन हो । भगवान गौतम बुद्धको मृत्यु भारतको कुशिनगर भन्ने ठाउँमा भएको थियो ।बुद्धको मृत्युलाई महापरीनिर्माण भनिन्छ । बुद्धलाई दागबत्ती दिने व्यक्ति महाकश्यप हुन् । बुद्धले सर्वप्रथम उपदेश दिएको ठाउँ सारनाथ हो । गौतम बुद्धले सर्वप्रथम उपदेश दिएको भाषा पालि भाषा हो ।
सकरात्मक ज्ञानमञ्च
- यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर ।
- कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ।
- जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।
- जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकी जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन ।
- अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो ।
- त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ।पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन।
- क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
- स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।
- आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् ।
- ६ प्रकारका व्यक्ति सधै दुस्खी हुन्छन्,इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने।
- एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई मनबाटै र जोडदार प्रयासका साथ गर ।
चुट्किला
एउटा बूढीको ज्वाई निकै काले थियो । उ ससुराली गयो ।
बूढी ः ज्वाई अब एक महिना यही बसेर जानुस् है । दुध दही बेस्सरी खानुस् अनि अलि मोटाएर जानुस्
ज्वाई ः किन र आमा तपाईले त मलाई निकै माया गर्नु हुँदो रैछ ।
बूढी ः के हुनु नि बाब्, हाम्रो भैंसीको पाडो मर्यो । तपाईलाई भैंसीले पाडो सम्झेर दुध दिदैछ, त्यही भएर नि ।
रुघा लाग्दा किन आफूखुसी साइनेक्स जस्ता औषधि खान हुँदैन ?
मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोको प्रकोप बढ्छ । यस्तो अवस्थामा आफूखुसी रुघाखोकीको औषधि किनेर खाइहाल्ने प्रवृत्ति व्यापक छ ।
रुघाखोकीको औषधिको प्रयोग पिनास, नाकबाट पातलो सिंगान बग्ने, नाक चिलाउने, हाच्छ्यूँ आउने आदि समस्यामा बढी गरिन्छ । तर यस्ता औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन ।
रुघा लागेको बेला श्वासप्रश्वास प्रणालीको प्रवेशबिन्दु नाकभित्रको सतही कोष सुजन हुने अवस्थालाई ‘राइनाइटिस’ भनिन्छ । नाकमा एलर्जी र संक्रमण भएपछि नाकको सतही कोषहरु सुन्निन्छ र रुघाका रुपमा पातलो सिंगान बग्न थाल्छ । राइनाइटिस पनि विभिन्न प्रकारको हुन्छ । एलर्जिक राइनाइटिस, एक्युट राइनाइटिस (एक्कासी हुने), क्रोनिक राइनाइटिस (जीर्ण खालको), फंगल राइनाइटिस लगायत विभिन्न प्रकारको राइनाइटिस हुन्छ ।
बिरामीहरूले माथि उल्लेखित लक्षणको आधारमा रुघा लाग्यो भन्छन्, तर यी विभिन्न प्रकारको राइनाइटिसको औषधि उपचार एकै प्रकारको हुँदैन ।
एलर्जीको कारण रुघा लागेको छ भने रुघाखोकीको औषधि खाएर मात्र त समस्या समाधान हुँदैन । एलर्जी के कारणले भएको हो त्यसबाट बच्नुपर्छ । एलर्जी हुनाको कारण पत्ता नलगाएर रुघाखोकीको औषधिको सेवन मात्र गरियो भने समस्या झन् बढ्न सक्छ ।
त्यसैले नाक बन्द भएमा वा रुघा लागेमा के कारणले भएको हो त्यो बुझ्न जरुरी हुन्छ । सोहीअनुसार औषधि उपचार गर्नुपर्छ । रुघा लाग्ने बित्तिकै रुघाखोकीको औषधि खाइहाल्नुहुँदैन ।
आफूखुसी रुघाखोकीको औषधि खाँदा के हुन्छ ?
रुघाखोकीको औषधि खानै नहुने औषधि भने होइन । बिरामीको अवस्था हेरेर चिकित्सकहरूले पनि यो औषधि सिफारिस गर्छन् । त्यसैले बिरामीलाई कुन अवस्थामा यो औषधि खाने भन्ने कुरा थाहा हुनु जरुरी हुन्छ । यो कुरा थाहा नभई आफूखुसी औषधि खाइयो भने विभिन्न साइड-इफेक्ट पनि देखिन थाल्छ ।
हुन त हरेक औषधिको केही न केही साइड-इफेक्ट हुन्छ । तर जब औषधिहरू आफूखुसी मात्रा नमिलाई खाइन्छ, त्यसले थप साइड-इफेक्ट निम्तिन सक्छ ।
रुघाखोकीको औषधिले नाकको सतही कोषहरु सुन्निएको समस्यालाई कम गर्छ । रुघा मात्र हो भने त यसको सेवनले समस्या काम गर्ला । तर रुघासँगै टाउको दुख्ने, श्वासप्रश्वास समस्या छ भने यसले समस्या समाधान हुँदैन । लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि मात्रै खाइरह्यो भने नाकभित्र मासु पलाउन सक्छ ।
रुघाखोकीको औषधिमा रुघाविरुद्धको औषधिसँगै सिटामोल पनि मिसिएको हुन्छ । त्यसैले लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि सेवन गरियो भने कलेजो र मिर्गौलामा असर गर्न सक्छ ।
ध्यान दिनुपर्ने कुरा
रुघाखोकी लागेको पाँचदेखि सात दिनसम्म पनि आफैं निको नभएमा, खोकी निरन्तर लागेमा, ज्वरो बढ्दै गएमा, खकार र सिंगान पहेंलो भएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकलाई जाँच गराएर मात्र औषधि सेवन गर्नुपर्छ ।
पछिल्लो समय सिजनल फ्लु र कोभिड पनि फैलिरहेको छ । त्यसैले लामो समयसम्म रुघाखोकी ज्वरो लगायतका समस्या देखा परेको छ भने कोभिड पनि हुनसक्छ । त्यसैले सबैभन्दा पहिले त यो सिजनल फ्लु हो या कोभिड भन्ने कुरा छुट्याउनुपर्छ ।
आत्मविश्वास बढाउनको लागि केही सुझाबहरु
- आफु प्रति नम्र हुनु होस्
- तपाईंको डरहरूको सामना गर्नुहोस्
- आफैलाई चुनौती दिनुहोस्
- साना लक्ष्यहरू सेट गर्नुहोस् र प्राप्त गर्नुहोस्
- आफूलाई अरूसँग तुलना गर्न छोड्नुहोस्
The F keys windows 11
- F2: Rename a selected item.
- F3: Quickly search for files in File Explorer.
- F4: Highlight the address bar in File Explorer.
- F5: Refresh your active window.
- F6: Cycle through elements (tab, buttons, search bar, etc.) in a window or your desktop.
- Alt + F8: Show login password on the start screen.
- F10: Activate the menu bar in the active window.
विश्व समाचार
- सुडानको राजधानी खार्तुमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
- विवाहसम्बन्धी कानुन परिवर्तन नगरिए भविष्यमा जापानका सबै व्यक्तिको थर एउटै हुन सक्ने एक अध्ययनले देखाएको छ ।
- जलवायु परिवर्तनले अहिले विश्वमै व्यापक असर परिसकेको छ । पछिल्लो अध्ययनले एउटा नयाँ र आश्चर्यजनक सम्भावना औँल्याएको छ । सो अध्ययनका अनुसार जलवायु परिवर्तनले पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गतिलाई समेत असर गर्नेछ । यसले अहिलेको समयलाई समेत प्रभाव पार्नेछ ।
आर्थिक समाचार
- धनगढी उपमहानगरपालिका(३ विशालनगरमा रहेको कृष्ण(मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ ।
- प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ ।
- विदेशी लगानीकर्ताले नेपालबाट लैजाने लाभांश खुम्चिएको छ । चालू वर्षको ८ महिनाको तथ्याङ्कले विदेशी लगानीकर्ताले लैजाने लाभांश उल्लेख्य मात्रामा खुम्चिएको देखिएको हो ।
- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्ये पाँचजना ‘सर्ट लिस्ट’मा छनोट भएका छन् ।