Saturday, January 23rd, 2021

Author Archives: jeevan_admin

चारवटा मैनबत्ती (प्रेरक कथा)

रातको समय थियो, चारैतिर सुनसान थियो । एउटा कोठामा भने चारवटा मैनबत्ती बलीरहेको थियो । एकान्त भएका कारण उनीहरु एक अर्का सँग कुरा गरिरहेका थिए । पहिलो मैनबत्तीले भन्यो ‘म शान्ति हुँ तर मलाई लाग्छ अब यो संसारमा मेरो कुनै आवश्यकता छैन । चारैतिर हत्या, हिंसा र झगडा फैली रहेको छ, म अब यहाँ बस्न सक्दिन ।’ यसो भन्दै केहि ... Read More »

मनोरञ्जन/फिल्मी खबर

– मिस युनिभर्स नेपाल, २०२० को विजेता विराटनगरकी अंशिका शर्मा बनेकी छन्। विजेतासँगै अंशिकाले १० लाख नगद र विशेष डिजाइनले बनेको १५ लाखबराबरको क्राउन प्राप्त गरिन्। उनलाई मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठले ताज पहिर्याएकी थिइन्। ब्रेभ बोल्ड ब्युटिफुल प्रालिको आयोजनामा सञ्चालन भएको मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले बुधबार सम्पन्न भएको हो। होटल म्यारियट लाजिम्पाटमा सम्पन्न भएको फिनाले ... Read More »

आर्थिक/बिजनेश

– मल नल्याउने ठेकदार कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालतका मुख्य न्यायाधीश डा। कुमार चुडा र न्यायाधीश रेखा थापा पाण्डेको संयुक्त इजलाशले अन्तरिम आदेश खारेजको निर्णय गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । – विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) सँग १८ अर्ब २५ करोड ... Read More »

विदेशमा आज

– केही दिनदेखि सिड्नीमा कोरोना भाइरसको नयाँ संक्रमण देखिएपछि अधिकांश राज्यले सिड्नीसँगको सीमाना बन्द गरेका छन् । हरेक नयाँ वर्षको दिन हार्बर ब्रिजमा आयोजना गरिने आतिसबाजीसमेत आंशिक रुपमा मात्र गरिने भएको छ । – भारतको दिल्ली सरकारले कोरोना संक्रमणको अत्याधिक जोखिम रहने भन्दै बिहीबार र शुक्रबार राति कर्फ्यु लगाउने निर्णय गरेको छ । नयाँ वर्ष मनाउन मानिसहरुले विशेषगरी रातिको समयमा ... Read More »

खेलकुद

– लुइस स्वारेजेले हेडबाट गरेको एक मात्र गोलमा एटलेटिको म्याड्रिडले बुधबार गेटाफेलाई १–० ले हरायो र स्पेनी ला लिगाको शीर्ष स्थानमा कायम रह्यो । एट्लेटिकोले दुई खेल कम खेलेर पनि शीर्ष स्थानमा दुई अंकको अग्रता कायम राखेको हो । यो प्रशिक्षक डिएगो सिमोनीका लागि क्बलको पाँच सयौं खेल पनि रह्यो । – प्रभावशाली हुन नसकेको लिभरपुल इंग्लिस प्रिमियर लिगमा बुधबार ... Read More »

ठूलो सोच प्रेरक कथा)

एउटा एकदमै गरीब परिवारको बेरोजगार युवक जागीर खोज्ने क्रममा एउटा शहरबाट अर्को शहरमा रेल चढेर जाँदै थियो । उसको घरमा तरकारी कहिलेकाही मात्र पाक्थ्यो । त्यसैले उसले बाटोमा खान भनेर रोटी मात्र टिफिनमा बोकेको थियो । आधी बाटोमा पुगेपछि उसलाई भोक लाग्न थाल्यो र उसले टिफिनबाट रोटीहरु निकालेर खान थाल्यो । उसले रोटी खाने तरिका एकदमै अनौठो थियो । उसले ... Read More »

विनम्रताको परिचय (प्रेरक कथा)

लोकतन्त्रका महान् समर्थक अब्राहम लिंकन एक पटक आफ्नो गाउँको नजिकै एउटा जनसभालाई सम्बोधित गरिरहेका थिए । भाषणको बिच मै एउटी महिलाले उभिएर भनिन् ‘अरे यो राष्ट्रपति हो ? यो त हाम्रो गाउँको मोचीको छोरो हो ।’ आफू प्रति यस्तो अपमानजनक शब्द सुनेर पनि लिंकनले विनम्रताको साथ ती महिला सँग भने ‘म्याडम तपाईँले धेरै राम्रो गर्नु भयो कि यहाँ उपस्थित जनता ... Read More »

आर्थिक/बिजनेश

– कोभिड–१९ ले समग्र अर्थतन्त्रलाई धराशायी बनाइरहँदा नेपाल आयल निगमले भने ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानी, ढुवानीका क्रममा भएको बचत र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि निगम नाफामा गएको हो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६र७७ मा १२ अर्ब ८७ करोड नाफा भएको छ । जब कि आर्थिक वर्ष २०७५र७६ मा ८ अर्ब ... Read More »

विदेशमा आज

– केही समय पहिले बेलायतमा देखिएको कोभिड-१९ को नयाँ प्रकार दक्षिण कोरियामा पनि देखिएको छ । कोभिड-१८ विरुद्धको खोप लगाउने कार्यलाई तिव्रता दिइएकै समयमा कोरोनाको नयाँ प्रकारको केस देखिएको त्यहाँका संचारमाध्यमले उल्लेख गरेका छन् । डिसेम्बर २२ मा लण्डनबाट कोरिया आएका एक व्यक्तिमा कोरोनाको नयाँ प्रकार देखिएको हो । – तालिवान र अफगान सरकारबीच अर्को चरणको वार्ता आगामी महिना हुने ... Read More »

खेलकुद

– पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जिते । उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पारे । – बार्सिलोनाका कप्तान लिओनल मेस्सीले जारी सिजनको अन्त्यसम्म अन्य कुनै पनि क्लबमा कुरा नगर्ने बताएका छन् । क्याटलान क्लबसँग मेसीको ... Read More »