Thursday, June 4th, 2020
दानी (प्रेरक कथा)

दानी (प्रेरक कथा)

एउटा जंगलमा आँपको रुख थियो । त्यस रुखमा थुप्रै चराचुरुङ्गीले गुँड बनाएका थिए । त्यस रुखले हरेक मौसममा चराचुरुङ्गीहरुको रक्षा गरेको थियो । सबै चराचुरुङ्गीहरु आँपको रुख प्रति कृतज्ञ थिए । त्यसको केहि पर एउटा सिमलको सुकेको रुख थियो । जुन आधी लडिसकेको थियो । त्यसमा हाँगा र केही काँडा थियो । आँपको रुखको एउटा नियम थियो । कुनै जनावर खाना खाने समयमा त्यहाँ आउँथ्यो भने आँप फलेको बेला उसले आँप झार्ने गथ्र्यो । जनावरहरु मध्ये एउटा लङ्गडो खरायो पनि थियो । उ जहिले पनि आँपको रुख निर आउँदा आँपको रुखले आँप झारीदिने गथ्र्यो । आँपको रुखको क्रियाकलाप देखेर सिमलको रुखले एक दिन सोध्यो, ‘तिमी किन जहिल्यै त्यो खरायोलाई आँप दिन्छौ ? आँपको रुखले भन्यो ‘म दानी हुँ । दानीले जीवनभरि केहि न केहि दिन्छ । कसैबाट केहि पाउने अपेक्षा गर्दैन । ‘दानी’… सिमलको रुख हाँस्यो । जबसम्म तिमीमा फल छ, तब सम्म मात्र यो कुरा सुहाउँछ । फल नभएको बेला के गर्छौ ? । आँपको रुखले भन्यो, ‘फल नभएको बेला पनि म शितल छायाँ दिनेछु । सिमलको रुखले भन्यो‘ यदि म जस्तै सुक्यौ भने ? ‘काठ र दाउरा दिनेछु’ आँपको रुखले भन्यो । त्यसरी त तिमी जीवित रहन सक्दैनौ । सिमलको रुखले छक्क पद्र्रै भन्यो । आँपको रुखले वरिपरि उम्रेका साना आँपको बोटलाई देखाउँदै भन्यो । ‘दानी कहिल्यै मर्दैन र दान लिने पनि कहिल्यै मर्दैनन् । म भइन भने यि साना बोटहरुले दान दिनेछन् । सृष्टिको यो चक्र यसरी नै चलिरहनेछ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com