Thursday, June 4th, 2020
खेलकुद

खेलकुद

– चिनियाँ फुटबलर वी लिलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । २८ वर्षका ली स्पेनिस क्लब स्पानियोलबाट व्यवसायिक फुटबल खेलिरहेकी छन् । उनी युरोपको शीर्ष पाँच लिग खेल्ने एक्ला चिनियाँ फुटबलर हुन् ।

– विश्वभर फैलिएको कोरोना भाइरस डिजेज (कोभिड १९)को प्रभाव अहिले सबैतिर छ । लगभग सबै खेल गतिविधि नै अहिले कोभिड १९ का कारण स्थगित छ । यसै वर्ष जापानमा टोकियो ओलम्पिक २०२० हुँदैछ । तर कोरोनाले गर्दा ओलम्पिक हुन्छ कि हुँदैन वा सर्छ भन्ने कौतुहलता धेरैमा छ । यसै अन्योलका बीच पनि ओलम्पिक टर्च भने जापान पुगेको छ । युरोपियन राष्ट्र ग्रीसबाट उक्त टर्च शुक्रबार जापान पुर्याइएको छ ।

– क्रिकेटर पारस खड्काले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान सबैलाई अपिल गरेका छन् । नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तान खड्काले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट टिम र आफ्नो व्यक्तिगततर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

– फुटबलर माराउने फेइलानीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर रहेका फेलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन् । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका थिए ।

– कोरोना भाइरसको कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । सबै खाले खेलकुद गतविधि रोकिएका छन्, खेलकुद ठप्प छ । आगामी जुलाई अगष्टमा जापानमा हुने टोकियो ओलम्पिक पनि कोरोना भाइरसका कारण अन्योलमा छ । जापानले ओलम्पिकका लागि तयार रहेको बताइरहँदा अन्य देशहरुले भने ओलम्पिक सार्ने विकल्प अगाडि सारेका छन् । बेलायत र अमेरिकाले पनि ओलम्पिक सार्न प्रस्ताव गरेको छ । शनिबार अमेरिकाको पौडी संघ र बेलायतको एथ्लेटिक्स संघले पनि यो प्रस्ताव राखेका छन् । दुवै संघले कोरोना महामारीको कारण ओलम्पिक क्यालेन्डर सार्न भनेका हुन् ।

– विश्वकै सर्वाधिक उचाइमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि कोरोना भाइरसले गर्दा पछि सरेको छ । विश्वभर फैलिएको कोरोनाले गर्दा आयोजक हिमालय एक्सपीडीसन्सले १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको हो । यसअघि मे २९ मा हुँदै आएको म्याराथन यस वर्ष सेप्टेम्बरमा हुने भएको छ । आयोजकले सामाजिक संजाल फेसबुकमार्फत यस वर्षको म्याराथन आगामी सेप्टेम्बर २४ सम्मको लागि सार्ने तयारी भइरहेको जनाएको छ ।

– क्रिकेट खेलाडी संघ (सीप्यान) ले अस्वस्थ रहेका त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कार्यरत जयबहादुर तामाङलाई आर्थिक सहयोग हस्तान्रतण गरेको छ । कीर्तिपुर मैदानमा कर्मचारीको रूपमा १५ वर्ष बिताइसकेका तामाङ मिर्गौलामा समस्या आएपछि वीर अस्पतालमा उपचाररत छन् । उनको दुवै मिर्गौला सुरुआती चरणमा खराब देखिएको छ ।

– प्रदेश १ को सार्वजनिक लेखा समितिले मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता आयोजक समितिलाई शुक्रबार सफाइ दिएको छ । प्रतियोगितामा अनियमितता भएको भन्दै सांसदहरूले प्रदेशसभामा आवाज उठाएपछि लेखा समितिले छानबिन थालेको थियो । प्रतियोगिता असार १६ देखि ३१ सम्म भएको थियो ।

– कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मंगलबार अस्पताल भर्ना भएका उनको शनिबार राती मृत्यु भएको हो। मिर्गौला रोगी समेत रहेका सान्जको मृत्यु भएको पुष्टि उनका छोराले गरेका छन्।

– इटालियन सिरि ‘ए’ क्लब नापोलीले आफ्नो तयारी बुधबारबाट सुरु गर्ने जनाएको छ । कोरोना भाइरसको महामारीले अहिले सबैभन्दा बढी प्रभाव इटालीमा पारेको छ । इटालीका खेलकुदलगायत सबै गतिविधि ठप्प भएको छ । सरकारले इटालीलाई सम्पूर्ण हिसाबले नाकाबन्दी गरे पनि नापोली प्रशिक्षणका लागि हतारमा देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यद्यपि नापोलीले भने कोरोनाबाट जोगिएर तयारी र प्रशिक्षण सुरु गर्ने जनाएको छ । नापोलीले आफ्नै फुटबल टेक्निकल सेन्टरमा तयारी गर्न लागेको हो।

– विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण नेपाली फुटबल गतिविधि ठप्प भएपछि नेपाली राष्ट्रिय टोलीका विदेशी प्रशिक्षक योहान कालिन शनिबार स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय टोलीको विश्वकप छनोट खेल रोकिएपछि कालिन शनिबार आफ्नै देश स्विडेन फर्किएका हुन् । कोरोनाको सन्त्रास रोकिएपछि कालिन नेपाल फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

– कोरोना भाइरसको त्रासका कारण अहिले इटालियन सिरिए क्लबका अधिकांश खेलाडी क्वारेन्टनाइनमा छन्। इटालियन क्लबका केही खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पूर्वसावधानी अपनाउँदै अन्य खेलाडीलाई पनि क्वारेन्टाइनमा राखिएको हो। तर, युभेन्ट्सका चर्चित अर्जेन्टिनी खेलाडी गोन्जालो हिग्वेनलाई भने स्वदेश फर्कने अनुमति प्रदान गरिएको छ। आमा सिकिस्त बिरामी भएका कारण ३२ वर्षीय हिग्वेनलाई अर्जेन्टिना फर्कने अनुमति दिइएको युभेन्ट्सले जनाएको छ।

– कोरोना भाइरसको त्रासका कारण इङ्लिस प्रिमियर लिग फुटबलको स्थगन अवधि बढाइएको छ। इङ्ल्यान्ड फुटबल संघ (एफए) ले गरेको पछिल्लो निर्णयअनुसार अप्रिल ३० तारिखसम्म प्रिमियर लिग स्थगित गरिएको हो। प्रिमियर लिगसँगै अप्रिल ३० तारिखसम्म इङ्ल्यान्डमा फुटबलका कुनै पनि गतिविधि हुने छैनन्।

– इङ्लिस फुटबल क्लब कार्डिफ सिटीका पूर्वखेलाडी पिटर विटिङ्घमको बिहीबार राति निधन भएको छ। मार्च ७ तारिखमा वेल्सस्थित एक बारमा दुर्घटनामा परी ३५ वर्षीय विटिङ्घम गम्भीर रूपमा घाइते भएका थिए। दुर्घटनामा परी उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि वेल्सकै युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार राति उनको निधन भएको छ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com