Thursday, June 4th, 2020
विदेशमा आज

विदेशमा आज

– भारतको बिहार राज्यको राजधानी पटनामा एक जना व्यक्तिको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । एम्स अस्पताल, पटनामा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको थियो । शनिबार नै मृत्यु भए पनि उनको परिक्षण रिपोर्ट आज आउँदा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । कतारबाट फर्किएका ३८ वर्षीय ती व्यक्तिसँगै एम्समा उपचाररत अर्को एक महिलामा पनि संक्रमण रहेको पुष्टि भएको छ ।

– अष्ट्रेलियामा कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रैको यात्रा र घुमफिरलाई पनि रोक्न आग्रह गरेका छन् । अष्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले आइतबार घोषणा गरेअनुसार ६६ अर्ब समेत कूल १ अर्ब ८९ अर्ब अष्ट्रेलियन डलर मुलुकको अर्थव्यवस्था सुधारका लागि खर्च गर्ने बताए ।

– कोरोना भाइरस(कोभिड–१९) को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली र स्पेनमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । कोभिड–१९ संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । शनिबार मात्रै इटालीमा ७ सय ९३ जनाको मृत्यु भएको छ। इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ जना कोरोनाबाट संक्रमित भएका छन् भने ४ हजार ८ सय २५ जनाकोमृत्यु भइसकेको छ।

– उत्तर कोरियाले शनिबार बिहानै छोटा दूरीका दुइटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाली सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो ।

– कोरोना भाइरस (कोभिड–१९)को त्रास बढने क्रमसँगै दिल्ली सरकारले शनिबारदेखि थप कडा कदमहरु उठाएको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल शनिबार आयोजित पहिलो डिजिटल पत्रकार सम्मेलनमार्फत ती निर्णयहरु सार्वजनिक गरेका हुन् । नयाँ निर्णयअनुसार दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन रोक लागेको छ । यसअघि बढीमा बीस जनामात्र भेला हुन पाउने व्यवस्था थियो । दिल्लीमा हालसम्म २० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

– फ्रान्स सरकारले तोकेको १५ दिनको क्वारेन्टाइनको समय लम्बिने भएको छ । राष्ट्रपति एमानुयल म्याक्रोद्वारा घोषणा गरिएको १५ दिनको समय लम्ब्याएर कम्तिमा एक महिनादेखि ६ हप्तासम्म पुर्याइने राष्ट्रपतिका विज्ञान सम्बन्धी सल्लाहकार तथा पेरिसको बिसे अस्पतालका संक्रामक रोग विशेषज्ञ प्राध्यापक यच्दान पानाहले सार्वजनिक गरेका हुन् ।

– विश्वभर कोभिड–१९ को त्रास फैलिरहँदा संयुक्त राष्ट्र संघका विज्ञहरूले शुक्रबार फिनल्यान्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र घोषणा गरेका छन् ।‘वर्ल्ड ह्यापिनेस रिपोर्ट’ का लागि अनुसन्धानकर्ताहरूले १ सय ५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मूल्यांकनमा फिनल्यान्डलाई विश्वको सबैभन्दा खुसी मुलुक घोषणा गरिएको राष्ट्र संघले जनाएको छ ।

– कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युएईमा दुई जनाको मृत्यु भएको छ । युएईको स्वास्थ्य मन्त्रालयले शनिबार बिहान दिएको जानकारीअनुसार शुक्रबार २ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हो ।

– पछिल्लो २४ घण्टाभित्र चीनमा विश्व महामारी कोरोना भाइरस ९कोभिड–१९० का ४६ नयाँ संक्रमित देखिएका छन्। जसमध्ये ४५ अन्य देशबाट आएका यात्रुमा संक्रमण पुष्टि भएको हो। शनिबार मध्यरातीसम्ममा भाइरसबाट थप ६ जनाको ज्यान गएको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेको छ। यससँगै चीनमा भाइरस संक्रमणबाट मर्नेको संख्या ३ हजार २६१ पुगेको छ। यसैगरी ८१ हजार ५४ मा संक्रमण पुष्टि भएको छ।

– पाकिस्तानले पनि कोरोना संक्रमणबाट सुरक्षित हुन अन्तर्राष्ट्रिय विमान आवागमनमा प्रतिबन्ध लगाएको छ । दुई साताका लागि आउने र जाने उडान रोक्ने घोषणा गरिएको हो । प्रधानमन्त्रीका विशेष सहयोगी मोइद युसुफले शनिबार राति ८ बजेदेखि अन्तर्राष्ट्रिय उडान रोकिएको जानकारी दिएका हुन् ।

– अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले चीन, रुस र इरानलाई कोरोना भाइरसबारे ‘गलत सूचना’ फैलाएको आरोप लगाएका छन् । कोरोना भाइरस विरुद्ध अमेरिकाले चालेको प्रयासलाई यस्तो ‘अफवाह’ले असर पारेको पोम्प्योको दावी छ । शुक्रबार ह्वाइट हाउसमा माइक पोम्प्योले यस्ता सूचना नपत्याउन पनि अमेरिकी नागरिकलाई आग्रह गरेका छन् । साथै विश्वसनीय स्रोतबाट मात्रै यसबारे सूचना ग्रहण गर्न उनको आग्रह थियो ।

– अमेरिकी उपराष्ट्रपति माइक पेन्सको कार्यालयका कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । ह्वाइट हाउसका प्रवक्ताले शुक्रबार मिडियालाई यस्तो जानकारी दिएका हुन् । तर ती संक्रमित व्यक्तिसँग राष्ट्रपति र उपराष्ट्रपति दुबै नजिक छैनन् ।

– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कागजात विनाका आप्रवासीहरुलाई प्रवेश गर्न नदिने बताएका छन् । ट्रम्पले उत्तरी वा दक्षिणी दुबै सीमाबाट प्रवेश गर्नेहरुलाई प्रतिबन्ध लगाएका हुन् । कोरोना भाइरसको संक्रमण बढ्नसक्ने खतरा रोक्न ट्रम्पले यस्तो निर्णय गरेको बताइएको छ ।

– भारतको राजधानी नयाँदिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले यहाँ रहेका वृद्धवृद्धा, विधवा, अपांगता भएका लगायत समुदायलाई दिँदैआएको भत्ता दोब्बर बनाउने बताएका छन् । डिजिटल पत्रकार सम्मेलन गरी केजरीवालले यस्तो घोषणा गरेका हुन् । तर तत्कालै लकडाउन गर्ने निर्णय गरेका छैनन् । आवस्यक परेमा लकडाउन गर्ने पनि उनको भनाइ थियो ।

– बेलायती अर्थमन्त्री ऋषि सुनकले कोरोना भाइरसको संक्रमणका कारण कामबाट बिदा दिइएका कर्मचारीहरुलाई ८० प्रतिशत ज्याला दिने बताएका छन् । सरकारले मासिक रुपमा २ हजार ५ सयसम्म ज्याला कामदारहरुलाई दिने अर्थमन्त्री सुनकले घोषणा गरेका हुन् ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com