Thursday, June 4th, 2020
खेलकुद

खेलकुद

– विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण हेटौंडा–६, गौरीटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानमा भौतिक पूर्वाधार निर्माणको काम प्रभावित भएको छ । वाग्मती प्रदेश सरकारको लगानीमा हाल गौरीटारमा फिल्ड एन्ड ट्र्याकसहित अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान निर्माण कार्य रोकिएको छ ।

– विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण क्यानडा र अस्ट्रलियाले जापानमा हुने ओलम्पिकमा आफ्नो खेलाडी नपठाउने भएका छन् । कोरोना महामारीका कारण क्यानडाले जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक स्थगित गर्नुपर्ने मागसमेत गरेको छ । ओलम्पिक स्थगित नभएमा खेलाडी नपठाउने निर्णय क्यानडाले गरेको छ।

– अर्जेन्टिना र युभेन्टसका स्ट्राइकर पाउलो डिवाला र इटलीका पूर्वकप्तान पाउलो माल्दिनीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत डिवालाले उनी र उनकी प्रेमिकालाई कोरोना संक्रमण भएको छ र दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । यस्तै एसी मिलानका टेक्निकल डाइरेक्टर माल्दिनी र उनका छोरा ड्यानियलमा पनि कोरोना संक्रमण देखिएको छ। क्लबले जारी गरेको वक्तब्यमा दुवैको अवस्था सामान्य रहेको उल्लेख छ।

– अखिल नेपाल फुटबल संघ (एन्फा) कोरोना भाइरसको महामारीबाट बच्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो भौतिक संरचना प्रयोग गर्न दिने जनाएको छ । एन्फाले विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल संघको भौतिक संरचनाहरू ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमी होस्टल, रौतहटको महिला फुटबल एकेडेमीको होस्टल, अस्थायी क्वारेन्टाइन र आइसोलेसनको लागि आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपयोग गर्नसक्ने बताएको छ ।

– रोमाका मिडफिल्डर ज्याभिएर पास्टोरले इटालियन सिरी ए को सिजन सकाउन असम्भव भएको बताएका छन् । अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणले इटली धेरै प्रभावित बनेको छ । त्यसले खेलकुदमा पनि असर पारेको छ । त्यसैले रोमाका पास्टवरले सिरी ए सकाउन कठिन रहेको बताएका हुन् ।

– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बेच्न तयार भएसँगै ब्राजिलका स्टार नेमार आफ्नो पूर्वक्लब बार्सिलोना फर्कने तयारीमा छन्। नेमारलाई बार्सिलोना फर्काउने विषयमा उनका प्रतिनिधि र बार्सिलोनाका पदाधिकारीबीच छलफलसमेत सुरु भएको छ। पीएसजीले हालै नेमारलाई बेच्न तयार रहेको बताएपछि उनको बार्सिलोना मोहले सार्थकता पाउने बाटो खुलेको हो।

– विश्वरभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व खेलकुद नै प्रभावित बनिरहेका बेला जापानमा हुने टोकियो ओलम्पिक सर्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले आगामी जुलाई र अगष्टमा हुने ओलम्पिकबारे के गर्ने भनेर आइतबार छलफल गरेको थियो । आईसीसीले पनि ओलम्पिक स्थगित हुनसक्ने ग्रिन सिग्नल दिएको छ । तर तत्कालै के गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

– चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम स्थगित भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले रामपुरमा निर्माण गरिरहेको रङ्गशालाको काम अहिलेलाई रोकिएको हो । सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि अवस्था सामान्य नहुँदासम्मलाई रङ्गशालाको काम स्थगित गरिएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com