Friday, July 10th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– निजी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्ना १३ जहाजमध्ये ६ वटा जहाज बन्द गर्ने भएको छ । आफ्ना कर्मचारी र यात्रुको हितलाई ध्यानमा राख्दै आफ्ना ६ वटा वटा जहाज बन्द गरी जगेडामा राख्न लागेको कम्पनीले जानाकरी दिएको छ । कोरोनाको संक्रमणबाट बच्न पहिलो ६ जहाज र क्रमशः अन्य जहाजसमेत कम गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

– वायु सेवा सञ्चालकले सरकारले स्वीकृत गरेको भाडादरमा २० देखि ३६ प्रतिशतसम्म छुट दिने प्रतिबद्धता गरेका छन्। सरकारको निर्णयअनुसार अत्यावश्यक सेवाका रूपमा सञ्चालन भइरहेको आन्तरिक हवाई सेवामा भाडा वृद्धि भएको गुनासो आइरहेको भन्दै संघले भाडा सरकारले तोकेको सीमाभित्रै रहेको बताएको छ।

– ऊर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँकी काम निर्धारित मितिमै सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन्। आयोजनाको बाँध, सुरुङ र पावर हाउसको आइतबार निरीक्षणपछि मन्त्रीले भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाई भए पनि अब भने समयमै काम सक्नुपर्ने उनको भनाइ थियो। काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार रहेको भन्दै उनले तोकिएकै समयमा सम्पन्न गर्न जोड दिए।

– सरकारले गरेको कानुन परिमार्जनपछि धराशयी बनेका मदिरा उद्योगले नयाँ अवसर जुटाएका छन्। विश्वमा कोरोनाको त्रास बढिरहेको बेला औषधिका रूपमा प्रयोग हुने स्यानिटाइजरको माग बढेपछि त्यसको उत्पादनमा मदिराको कच्चा पदार्थ ९इथानल०को बिक्री बढेको छ। आर्थिक वर्षको सुरुदेखि मन्दी आएको मदिराको कारोबार फागुनमा बढेको हो।

– कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रूपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् ।

– इन्टरनेट सेवा प्रदायकहरूले पछिल्लो दिनमा नेटवर्कले धान्नै नसक्ने गरी इन्टरनेटको माग भएको भन्दै बढी ब्यान्डविथ खपत नगर्न प्रयोगकर्तालाई आग्रह गरेका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल ९आइस्पान० ले आइतबार सार्वजनिक सूचनामा इन्टरनेट ब्यान्डविथको माग अत्यधिक बढेकाले मनोञ्जनात्मकभन्दा पनि सूचनामूलक सामग्रीमा जोड दिन भनिएको छ ।

– नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको राष्ट्र बैंकले सीमा पनि बढाएको हो । अब मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न सकिनेछ । मासिक सीमा १० लाख छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिक रूपमा ३० लाखसम्मको कारोबार गर्न सकिन्छ ।

– कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएपछि विभिन्न सामग्रीको आयात बढेको छ । माघको तुलनामा फागुनमा करिब १२ अर्ब रुपैयाँ बढीका सामग्री आयात भएको भन्सार विभागको तथ्यांक छ ।

– विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन एक करोड रुपैयाँ रकम प्रदान गर्ने भएको छ ।

– सरकारले घोषणा गरेको कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन् । चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने बताएका छन् ।

– नेपाल धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई सेयर बजार बन्द गर्न निर्देशन दिएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिले निर्णय गरि विशेष अधिकार गर्दै ५ दिनका लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो ।

– सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत महसुल भुक्तानी गर्न ग्राहकहरुलाई अपिल गरेको छ । महसुल काउन्टरहरुमा हुने भीडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com