Thursday, June 4th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– सरकारले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्ने एक मन्त्रीले बताए।

– सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा। युवराज खतिवडाले बताए। उनका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ।

– गृह मन्त्रालयले विदेशबाट आउने सबैलाई स्वारेन्टाइनमा राख्ने प्रवद्ध गर्न निर्देशन दिएको छ। आइतबार गृहमन्त्रालयले विदेशबाट नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

– नेपाली कांग्रेसका नेता तथा प्रतिनिभिसभा सांसद गगन थापाले सरकारको कोरोना कोषमा सबै सांसदले एक महिनाको तलब जम्मा गर्ने सुझाव दिएका छन् । सोमबार बिहान ट्विटरमार्फत थापाले सरकारलाई सबैले सक्दो सहयोग आह्वान गरेका छन् ।

– पर्साको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सुपौलीमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवा प्रवाह दुई महिनादेखि ठप्प छ। शाखा अधिकृत नहुँदा कार्यालयमा आउने सेवाग्राही फर्किन बाध्य छन्। जिल्लाका जीराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गरि ४ गाँउपालिका कार्यक्षेत्र तोकेर सुपौलीमा एक वर्षअघि इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो। तर, कार्यालयमा गत पुष मसान्तदेखि नै शाखा अधिकृत नहुँदा चार गाँउपालिकाका स्थानीयले सेवा पाएका छैनन्।

– विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन हुने भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी दिए ।

– विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूहले आफ्ना कारबाहीहरु बन्द गरेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दै ‘आक्रामक कारबाही’ बन्द गरिएको जनाएका हुन् ।

– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी सम्बन्धी राय सुझावका लागि समिति गठन गरेको छ । प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयले जानकारी दिएको छ । समितिले पहिलो बैठक बसेको एक महिनाभित्र मन्त्रालयमा सुझाव पेश गर्नुपर्नेछ ।

– सरकारले खडा गरको केन्द्रीय राहत कोषका लागि प्रधानमन्त्रीको सचिवालयका सदस्यले आधा महिनादेखि एक महिनासम्मको पारिश्रमिक सहयोग घोषणा गरेका छन् । कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न खडा गरिएको कोषका लागि मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको तलब उपलब्ध गराउने
भएका हुन् ।

– चीनका लागि नेपाली राजदूतमा सिफारिस महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । सोमबार सुनुवाई समितिको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

– कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरेका छन् ।

– नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिहरुलाई आग्रह गरेको छ । संघका अध्यक्षले वक्तव्य जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपिल गरेका हुन् ।

– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् । कोरोना संक्रमणको जोखिमबाट बच्न अत्यावश्यक बाहेकका भेटघाट सोमबारदेखि बन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए ।

– देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्र पनि कोरोना भाइरसको सम्भावित संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड स्थापना गरिएको छ । संघीय संसद सचिवालयका चिकित्सक पुष्पराज रिजालका अनुसार आइसोलेसन वार्डका लागि एउटा कोठा छुट्याइएको छ ।

– पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद प्रदिप यादवले आफ्नो एक महिनाको तलव कोरोनाविरुद्धको केन्द्रीय राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com