Thursday, August 6th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्याको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । अभिनेता अभिषेक बच्चनले ट्विट गर्दै श्रीमती ऐश्वर्या र छोरी आरध्या अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् ।

– नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा विभिन्न प्रश्नहरु उब्जिएका छन् । सुशान्तलाई बलिउडकर्मीहरुले वेवास्ता गरेका कारण पनि उनले आत्महत्या गरेको खबरहरु सार्वजनिक भैरहेका छन् । अहिले मुम्बई प्रहरीले यो बिषयमा अनुसन्धान गरिरहेको छ । यसैविच, मुम्बई प्रहरीले निर्देशक महेश भट्टसँग सोमबार २ घन्टा भन्दा लामो समय बयान लिएको छ । महेश र सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको प्रेम सम्बन्ध, सडक २ मा सुशान्तलाई नखेलाएको बिषयमा मुम्बई प्रहरीले बयान लिएको हो । जवाफमा महेशले ‘सडक २’मा सुशान्तलाई अफर नगरेको बयान दिएका थिए । भारतीय मिडियाका अनुसार, प्रहरीसँगको बयानमा महेशले सुशान्तसँग बान्द्रा अपार्टमेन्टमा भेट्दा किताब, सुशान्तको युटुब च्यानल र अन्य बिषयमा कुरा गरेको बताएका छन् । उनले, सुशान्सँग चलचित्रको बिषयमा कुरै नभएको जिकिर पनि गरेका छन् ।

– हलिउडमा केही समयदेखि आफ्नो वर्चश्व कायम गरेकी अभिनेत्रीलाई पछि पार्ने अर्की प्रतिस्पर्धी देखिएकी छैनन्। अमेरिकाकी प्रख्यात पत्रिका फोर्ब्सकोे शोधमा एक नम्बर देखिएकी जोली अहिले पनि यथास्थानमा छिन्। हलिउडकी सर्वाधिक पारिश्रमिक पाउने अभिनेत्रीको सूचीमा उनी अग्रस्थानमा छिन्। यसमा सदाबहार अभिनेत्री एन्जेलिना र सराह जेसिका पार्कर टपमा छन्। यी दुवैको वार्षिक आम्दानी एक सय ३५ करोड छ।

– नायिका कंगना रनौटले चलचित्र ‘गली ब्वाई’लाई वाहियात भनेकी थिइन् । ‘गली ब्वाई’ जस्ता चलचित्रले अवार्ड पाउँदा ‘छिछोरो’ले नपाएको भन्दै उनले आक्रोश व्यक्त गरिन् । कंगनाले ‘गली ब्वाई’लाई वाहियात भनेपछि यसकी निर्देशक जोया अख्तरले जवाफ फर्काएकी छिन् । जोयाले कंगना रनौटले सबै अवार्ड कार्यक्रम बहिष्कार गरिसकेकी छिन्, तर उनी अझै पनि अवार्डको बिषयमा बोलिरहेकी बताएकी छिन् । ‘गली ब्वाई’लाई वाहियात भनेको बिषयमा जोयाले मिडियासँग‘हामी प्रजातान्त्रिक देशमा छौं, यसैले सबैले आफ्नो भनाई राख्न पाइन्छ । मलाई मेरो कामको बिषयमा मानिसहरुले दिएको प्रतिक्रियामा कुनै आपत्ती नभएको बताएकी छिन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com