Thursday, August 6th, 2020
खेलकुद

खेलकुद

– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बिहीवार वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल टी–२० खेल्नका लागि सन्दीप जुलाई ३० तारिखमा त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । सन्दीपले सीपीएलमा यस सिजन जमाइका तल्लाहवाजबाट खेल्नेछन् ।

– राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवले बुधबार पद तथा गोपनीयताको सपथ लिँदैछन् । दुई दिनअघि सोमबारको मन्त्रिपरिषद बैठकले राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो । दुवै जनाले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सपथ लिने मन्त्रालयले जनाएको छ ।

– श्रीलंकाले माथिल्लो स्तरको नयाँ लंकन प्रिमियर लिग क्रिकेट (एलपीएल) अर्को महिना फेरि सुरु गर्ने भएको छ । श्रीलंकाली क्रिकेट बोर्डका अनुसार त्यस ट्वान्टी–२० प्रतियोगितामा ७० भन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीको सहभागिता हुनेछ ।

– इटालीको सिरी ‘ए’ मा मंगलबार इन्टर मिलानले नेपोलीलाई २–० ले हराएको छ । यो जितसँगै इन्टर दोस्रो स्थानमा कायमै रहेको छ । बेन्चबाट मैदान छिरेका लउटारो मार्टिनेजले गरेको उत्कृष्ट गोलले इन्टरको जित निश्चित भएको हो ।

– इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेस्ट मंगलबार २ सय ६९ रनले जितेको छ । यो सफलतासँगै इंग्ल्यान्डले तीन टेस्टको सिरिज २–१ ले जितेको छ ।

– इंग्ल्यान्डका स्टुवार्ट ब्रोड टेस्ट क्रिकेटमा ५ सय विकेट लिने सूचीमा समावेश भएका छन् । ३४ वर्षे तीव्र गतिका बलर ब्रोडले मंगलबार वेस्ट इन्डिजका ओपनर क्रेग ब्रेथवेटलाई ओल्ड ट्राफोर्डमा तेस्रो तथा अन्तिम टेस्टको पाँचौं तथा अन्तिम दिनको खेलमा १९ रनमा एलबीडब्लू आउट गर्दै ५ सय विकेटको कोसेढुंगामा पुगेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com