Thursday, August 6th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न उद्योग विभागले आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ । यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ ।

– नेपाली बजारमा सुनको भाउ बुधबार पनि बढेको छ । बुधबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

– लघुवित्त वित्तीय संस्थाले हकप्रद सयेर जारी गर्न नपाउने भएका छन् । मौद्रिक नीतिमा घोषित व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा यस्तो व्यवस्था छ । मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गरिरहे पनि लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयरमार्फत पुँजी वृद्धि गरेको भेटिएपछि बन्देज गरिएको राष्ट्र बैंकले बताएको छ ।

– स्थानीय तहमा देखिएको आर्थिक अनुशासनहीनताको विषयमा खोजी गर्ने र सम्बन्धित पदाधिकारीलाई जवाफदेही बनाउने उद्देश्यले नयाँ संरचना बनाउने तयारी गरिएको छ । स्थानीय तहको हकमा महालेखा परीक्षकले उठाएका सवाल, बेरुजुलगायत विषयमा छलफल गर्ने, निर्देशन दिने स्वतन्त्र संयन्त्र छैन ।

– लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी केकति गर्ने भन्ने विषयको समस्या समाधान हुने भएको छ । रोजगारदाता र संयुक्त ट्रेड युनियन महासंघबीच द्विपक्षीय सहमति भएसँगै यो समस्या समाधान हुने भएको हो । अब रोजगारदाता र संयुक्त ट्रेड युनियनले श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा नेपाल सरकार समक्ष सिफारिश गर्नेछन् । सोही अनुसार सरकारले निर्णय गर्नेछ । सहमती अनुसार उद्योग प्रतिष्ठानले २०७६ चैत्र महिनाको पारिश्रमिक भुक्तानीको हकमा लकडाउन अवधि समेतका लागि साविक वमोजिम पूरा पारिश्रमिक भुक्तानी गरिने भएको छ ।

– अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिम कार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ मा संसद्मा प्रस्तुत गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिम कार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने व्यवस्था थियो । नयाँ आर्थिक वर्ष सुरु हुने दिन साउन १ देखि टेलिकम सेवा प्रदायकले यसको कार्यान्वयन सुरु गरेका हुन् ।

– आकासिदो आयातले व्यापार घाटा चुलिइरहँदा नेपाली कफीको बजार भने विश्वभर फैलिरहेको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय व्यापारमा कमी आए पनि आर्थिक वर्ष २०७६/०७७ मा नेपालले ४५ हजार ८१४ किलो तयारी र कच्चा कफी निर्यात गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com