Thursday, August 6th, 2020
निर्णय (प्रेरक कथा)

निर्णय (प्रेरक कथा)

एउटा गरिब परिवारमा जन्मिएका हेनरीको आर्थिक अवस्था दुई छाक खान पनि धौ धौ पथ्र्यो । उनको लुगा ठाउँ ठाउँमा फाटेको हुन्थ्यो । एक पटक क्रिसमसमा उनी सँग लगाउने नयाँ लुगा थिएन । त्यसबेला उनलाई सा¥है चित दुख्यो र उनले मनमा निश्चय गरे कि उनी धेरै पैसा कमाउँने छन् र धनी बन्नेछन् । निर्णय गरिसकेपछि हेनरीले आफ्नो एक साथीसँग पाँच डलर सापट मागे र बाटोको फुटपाथमा बसेर साइकलको पम्चर बनाउने काम शुरु गरे । उनले धेरै कडा मेहनत गरे र साथीको ऋण पन्ध्र दिनमा नै चुक्ता गरे । त्यसपछि उनले दुईवटा मोटरसाइकल किने र भाडामा दिन थाले । त्यस बाट कमाएको पैसाले उनले साइकल पसल किने र साइकल बेच्न थाले ।

केहि समय पछि उनले एउटा पुरानो गाडी किने र त्यसको काम सिकेर त्यसको मर्मत कार्य गर्न थाले । यो काम गर्दागर्दै उनले गाडी बनाउने कारखाना खोले र संसारकै सबैभन्दा ठूलो गाडी बनाउने कंपनी ‘फोर्ड’को स्थापना गरे । यसरी निर्णय शक्तिको आधारमा हेनरीले निर्धनता माथि विजय मात्र पाएनन् ,फोर्ड कम्पनी मार्फत संसारभरि प्रसिद्ध पनि भए ।

शिक्षाः मानिस जे हुन्छ, आफ्नै निर्णयको भरमा हुन्छ । त्यसैले सही निर्णय लिनुहोस् र जीवनमा सफलता प्राप्त गर्नुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com