Thursday, August 6th, 2020
खेलकुद

खेलकुद

– क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने तयारीमा रहेका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आफूमा कोरोना संक्रमण भएको वा नभएको जाँच्न नमुना दिएका छन् । सन्दीपले मंगलबार ललितपुर सानेपाको स्टार हस्पिटलमा स्वाब दिएका उनका व्यवस्थापक रमन शिवाकोटीले बताए । उनको रिपोर्ट बुधबारसम्म आउनेछ ।

– देवीनगर ब्याडमिन्टन क्लब, बानेश्वरमा ‘ब्याडमिन्टन क्याम्प’ बिहीबारदेखि हुने भएको छ । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा माइस इभेन्ट्सले सञ्चालन गर्न लागेको क्याम्प दुई साता चल्नेछ ।

– इटालीको ‘सिरी ए’ मा सिजनको सर्वाधिक गोलकर्ता हुने अवसरले क्रिस्टियानो रोनाल्डो गुमाएका छन् । कागलिरीविरुद्धको बुधबारको खेलमा युभेन्टस २–० ले पराजित रह्यो र रोनाल्डो आफ्नो गोल संख्या बढाउन चुके ।

– काभ्रेको पनौती नगरपालिका–७ स्थित सिरानचौरमा क्षेत्रिय रंगशाला निर्माणको अवरुद्ध हटेको छ । जग्गा विवादकै कारण क्षेत्रीय रंगशाला निर्माण रोकिएको थियो । रंगशालाका लागि छुट्टाइएको ४२ रोपनीमध्ये १७ रोपनी १४ आना २ पैसा जग्गा आफ्नो भएको दाबी स्थानीय कँडेल परिवारले गरेपछि विवाद उत्पन्न भएको थियो ।

– राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार मन्त्रिपरिषद बैठकबाट नियुक्त भएका उनीहरुले बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री जगतबहादुर सुनार विश्वकर्मासँग सपथ लिएका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com